काभ्रे : जिल्लाको बनेपा नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले सपथ ग्रहण कार्यक्रम बहिष्कार गरेसँगै नवनिर्वाचित मेयर शान्तिरत्न शाक्यको पहिलो गाँसमै ढुङ्गा परेको छ।आइतबार एमालेबाट निर्वाचित जनप्रतिनिधिले बनेपा नगरपालिकाको सभा हलमा आयोजित नवनिर्वाचित जनप्रतिनिधिहरूको सपथ ग्रहण बहिष्कार गरेका हुन्। एमालेबाट बनेपाको उपमेयरमा निर्वाचित भएकी विमला सापकोटा दाहालले नगरको ठूलो दलको रुपमा आफूहरूसँग सल्लाह नगरीकन कार्यक्रम गरिएकाले बहिष्कार गरेको बताईन्।तर एमालेबाटै निर्वाचित एक जनप्रतिनि