ओखलढुंगाकाे डाँडागाउँका स्थानीयलाई पहिरोको चिन्ता

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-७ डाँडागाउँका स्थानीय बासीन्दालाई वर्षा सुरु भएसँगै पहिरोको चिन्ता लाग्न थालेकाे छ । २०३६ सालदेखि सुरु भएको पहिरो अझै नियन्त्रण नहुँदा यहाँका स्थानीय त्रासमा बस्न बाध्य भएका छन् । लिपेखोला कटानका कारण झरेको पहिरोले डाँडागाउँका एक दर्जन बढी घर जोखिममा पारेको छ । पहिरोले पटक-पटक स्थानीयलाई विस्थापित गर्दै आएको छ । […]

सम्बन्धित सामग्री

जलविद्युत् कम्पनीको शेयरमा जोखीम

लगानीकर्ताले केही नाफा होला कि भनेर शेयर बजारमा लगानी गर्छन् । अहिले शेयर बजारमा जलविद्युत् कम्पनीको शेयरहरूको बाढी नै छ भन्दा हुन्छ । नयाँ नयाँ कम्पनीका शेयरहरू आइरहेका छन् । तर, हरेक वर्ष आउने बाढीले कहिले कुनै आयोजनामा त कहिले कुनै आयोजनमा क्षति पुर्‍याएको समाचार आइरहेको पाइन्छ । गत वर्ष निर्माणाधीन आयोजनामा क्षति पुर्‍याएको थियो । यसपालि सञ्चालनमा आएका जलविद्युत् आयोजनामै क्षति पुगेको छ । यस्तो क्षति हुँदा सर्वसाधारण शेयरधनीमा त्रास उत्पन्न भएको पाइन्छ । हुन त आयोजनाहरूको बीमा गरिएको हुन्छ । त्यसो हुँदा कतिपय क्षतिमा बीमाबाट क्षतिपूर्ति होला तर त्यो अंश पर्याप्त हुँदैन । यस्तोमा विद्युत् उत्पादकहरूले सरकारसँग क्षतिपूर्तिको माग गरेका छन् । यस्तो क्षतिपूर्ति सरकारले दिन सक्ने भने देखिँदैन किनभने सरकारको भण्डार रित्तै छ ।  वर्षेनि जलविद्युत् आयोजनाहरूमा बाढी तथा पहिरोका कारण क्षति पुग्दै आएको छ । यस्तो क्षतिमा ऊर्जा उत्पादकहरूले सरकारसँग सहुलियतका लागि माग गर्दै आएका छन् । पाँच वर्षका लागि पुनर्कर्जा माग गरेका छन् । त्यस्तै बैंकको ऋण तिर्ने अवधि पनि बढाउन माग गरेका छन् । आयोजना मर्मतसम्भारका लागि आवश्यक पार्टपूर्जा आयात गर्दा भन्सार छुट हुनुपर्ने माग पनि गरिएको छ । यस्तो माग भने सरकारले सुन्नु आवश्यक छ ।  सरकारले क्षतिपूर्ति देला नदेला त्यो अर्को विषय हो । तर जलविद्युत् आयोजनामा लगानी गरेर मुनाफा कमाउन सकिन्छ भन्नेमा चाहिँ यसले प्रश्न उठाएको छ । नेपालको भौगोलिक बनोट नै यस्तो छ जसले गर्दा यहाँ हरेक वर्षामा बाढी र पहिरोको चिन्ता हुन्छ । बाढी र पहिरोले क्षति नपुर्‍याएको शायद कुनै वर्ष नै छैन । भौगोलिक अध्ययन र बाढी पहिरोको सम्भावना हेरेर त्यसबाट क्षति नहुने गरी आयोजनाहरू बनाइनुपर्छ । सरकारले त्यसैअनुसार नीति पनि बनाउनु पर्छ । अन्यथा ठूलो लगानी जोखीममा पर्छ । यसले शेयर बजारका लगानीकर्ता मारमा पर्छन् । केही लाभ होला भनेर लगानी गर्‍यो तर मुनाफा केही पनि पाउन सकिएन भने यसमा लगानी किन गर्ने भन्ने प्रश्न उठ्छ । यस्तोमा जलविद्युत् आयोजनाका शेयर नबिक्ने अवस्थासमेत नआउला भन्न सकिन्न ।  मोतीप्रसाद आचार्य गोंगबु, काठमाडौं

बर्खा नलाग्दै पहिरोको चिन्ता

बाग्लुङ – आठ महिना पहिले गाउँमाथिबाट आएको पहिरोले चर्किएका घरमा लिपपोतसमेत गरिएको छैन । पहिरोको त्रासले पीडित परिवारमा चर्केका घरमा बस्ने मनस्थिति नै छैन । छाडेर जाउँ अन्यत्र कतै ठाउँ छैन । घर वरपरको जमिन चर्केको छ, घर छेउको बारीमा चिरा परेको छ । हिउँदको महिना पहिरो बढ्ला कि भन्ने त्रास भएन । बाग्लुङ नगरपालिका–११ रायडाँडाको तल्लो रामतोला बस्तीमा पहिरोले फेरो हालेका घरमै बसेका सर्वसाधारणलाई बर्खा लाग्ने बेलामा भने बिस्तारै चिन्ताले पिरोल्न थालेको छ । गएको भदौ २१ गतेदेखि सुरु भएको पहिरो असोजको अन्त...

पहिरोले कालिकोटका ५१ बस्ती जोखिममा, राहत माग्दै ६ हजारभन्दा बढी निवेदन

देशभर निर्वाचनको माहोल सुरु हुँदा कालिकोटमा भने पहिरोको चिन्ता सकिएको छैन । वर्षा रोकिए पनि कालिकोटका थुप्रै बस्तीहरू पहिरोको जोखिममा रहेका छन् । चाडवाडका बीच कतिपय गाउँका बासिन्दाहरू सार्वजनिक भवन र खुला चौरमा रात कटाइरहेका छन् । दसैंपछि मात्रै ६ हजारभन्दा धेरै पीडितहरूले राहतको माग गरिरहेका छन् ।

हुल्दीवासीलाई पहिरोको चिन्ता

बर्खा लाग्यो की हुल्दीवासीको मनमा चिसो पस्छ। गाउँको चारैतिर ठूलाठूला चिरा परेको पहिरोको बीचमा रहेको छ हुल्दी गाउँ। बागलुङको निसीखोला गाउँपालिका–१ मा पर्ने हुल्दी गाउँ वर्षौदेखि पहिरोको चपेटामा पर्दै आएकाले उनीहरुलाई बर्खा लागेपछि पहिरोले पिरोल्ने गरेको हो...

बाढी र पहिरोको उच्च जोखिममा डोटीका ग्रामीण बस्ती

डोटी । जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश बासिन्दालाई हिजोआज बाढी र पहिरोको चिन्ता बढ्न थालेको छ । वर्षा यामसँगै ग्रामीण बस्तीमा...

नारायणगढ–मुग्लिन सडकखण्ड : यसरी गरिंदैछ पहिरो नियन्त्रण (तस्विर सहित)

चितवन - नारायणगढ मुग्लिन सडकखण्ड निर्माणको काम सकिए पनि पहिरोको चिन्ता कायमै छ । ३३ दशमलव २ किलोमिटर लामो सडकखण्डमध्ये १७ दशमलव १ किलोमिटर सडक विस्तारका लागि पहाड काटिएको थियो । काटिएको पहाडबाट पहिरो झर्ने जोखिम रहेकाले पहिरो नियन्त्रणको काम भइरहेको सडक विस्तार आयोजनाले जनाएको छ ।  सडकखण्डको १८ ठाउ...

कसैलाई पहिरोको चिन्ता : कसैलाई पहिरो नै मज्जा ! - Naya Patrika

‘हामी पहिरो हेर्छौं, तिमिहरु छिटो छिटो हिँड, हामीले आँयो भनेपछि अझै छिटो हिँड्नु’ सेर्तुङका दिलिप घलेले सँगैका साथीहरुलाई यसो भनिरहँदा माथिबाट ढुंगा झरिरहेको थियो । ढुंगा झरेर लाग्ला भन्दै यात्रुहरु...पूरा पढ्नुहोस् »