जलविद्युत् कम्पनीको शेयरमा जोखीम

लगानीकर्ताले केही नाफा होला कि भनेर शेयर बजारमा लगानी गर्छन् । अहिले शेयर बजारमा जलविद्युत् कम्पनीको शेयरहरूको बाढी नै छ भन्दा हुन्छ । नयाँ नयाँ कम्पनीका शेयरहरू आइरहेका छन् । तर, हरेक वर्ष आउने बाढीले कहिले कुनै आयोजनामा त कहिले कुनै आयोजनमा क्षति पुर्‍याएको समाचार आइरहेको पाइन्छ । गत वर्ष निर्माणाधीन आयोजनामा क्षति पुर्‍याएको थियो । यसपालि सञ्चालनमा आएका जलविद्युत् आयोजनामै क्षति पुगेको छ । यस्तो क्षति हुँदा सर्वसाधारण शेयरधनीमा त्रास उत्पन्न भएको पाइन्छ । हुन त आयोजनाहरूको बीमा गरिएको हुन्छ । त्यसो हुँदा कतिपय क्षतिमा बीमाबाट क्षतिपूर्ति होला तर त्यो अंश पर्याप्त हुँदैन । यस्तोमा विद्युत् उत्पादकहरूले सरकारसँग क्षतिपूर्तिको माग गरेका छन् । यस्तो क्षतिपूर्ति सरकारले दिन सक्ने भने देखिँदैन किनभने सरकारको भण्डार रित्तै छ ।  वर्षेनि जलविद्युत् आयोजनाहरूमा बाढी तथा पहिरोका कारण क्षति पुग्दै आएको छ । यस्तो क्षतिमा ऊर्जा उत्पादकहरूले सरकारसँग सहुलियतका लागि माग गर्दै आएका छन् । पाँच वर्षका लागि पुनर्कर्जा माग गरेका छन् । त्यस्तै बैंकको ऋण तिर्ने अवधि पनि बढाउन माग गरेका छन् । आयोजना मर्मतसम्भारका लागि आवश्यक पार्टपूर्जा आयात गर्दा भन्सार छुट हुनुपर्ने माग पनि गरिएको छ । यस्तो माग भने सरकारले सुन्नु आवश्यक छ ।  सरकारले क्षतिपूर्ति देला नदेला त्यो अर्को विषय हो । तर जलविद्युत् आयोजनामा लगानी गरेर मुनाफा कमाउन सकिन्छ भन्नेमा चाहिँ यसले प्रश्न उठाएको छ । नेपालको भौगोलिक बनोट नै यस्तो छ जसले गर्दा यहाँ हरेक वर्षामा बाढी र पहिरोको चिन्ता हुन्छ । बाढी र पहिरोले क्षति नपुर्‍याएको शायद कुनै वर्ष नै छैन । भौगोलिक अध्ययन र बाढी पहिरोको सम्भावना हेरेर त्यसबाट क्षति नहुने गरी आयोजनाहरू बनाइनुपर्छ । सरकारले त्यसैअनुसार नीति पनि बनाउनु पर्छ । अन्यथा ठूलो लगानी जोखीममा पर्छ । यसले शेयर बजारका लगानीकर्ता मारमा पर्छन् । केही लाभ होला भनेर लगानी गर्‍यो तर मुनाफा केही पनि पाउन सकिएन भने यसमा लगानी किन गर्ने भन्ने प्रश्न उठ्छ । यस्तोमा जलविद्युत् आयोजनाका शेयर नबिक्ने अवस्थासमेत नआउला भन्न सकिन्न ।  मोतीप्रसाद आचार्य गोंगबु, काठमाडौं 

सम्बन्धित सामग्री

त्रिशूली जलविद्युत् कम्पनीको सेयर नेप्सेमा सूचीकृत, कतिमा हुँदैछ पहिलो कारोबार ?

१२ मंसिर, काठमाडौं । त्रिशूली जलविद्युत् कम्पनीको साधारण सेयर दोस्रो बजार नेप्सेमा सूचीकृत भएको छ । नेप्से र जलविद्युत् कम्पनीबीच सेयर सूचीकरण सम्बन्धी सम्झौता भएको हो । अंकित मूल्य १ सयका दरले कम्पनीको १ करोड ८५ लाख क्त्रिा साधारण सेयार सूचीकृत भएको नेप्सेले जनाएको छ । जसमध्ये सर्वसाधारण लगानीकर्ताको ३७ लाख ५ हजार कित्ता (२० […]

आइपिओ र हकप्रदको अनुमति रोकिएकोप्रति जलविद्युत् उद्यमी असन्तुष्ट

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले जलविद्युत् कम्पनीको साधारण सेयर (आइपिओ) र हकप्रद सेयर निष्कासन रोकेको विषयलाई लिएर जलविद्युत् उद्यमीले सरकारको ध्यानाकर्षण गराउने तयारी गरेका छन् । बोर्डले आइपिओ र हकप्रद सेयर निष्कासनका...

लाभांश नै नदिएका जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीमा सबैभन्दा बढी संख्या जलविद्युत् कम्पनीको छ । हाल नेप्सेमा ६३ जलविद्युत् कम्पनी सूचीकृत छन् । आगामी दिनमा धितोपत्र बजारमा भित्रिन लागेका कम्पनीको संख्या हेर्दा पनि जलविद्युत् क्षेत्रकै वर्चस्व देखिन्छ । पछिल्ला वर्षहरूमा धितोपत्रको दोस्रो बजारमा भएको कारोबारको अवस्था हेर्दा लगानीकर्ताको आकर्षण जलविद्युुत् क्षेत्रका कम्पनीकै शेयरमा देखिन्छ । तर, यस क्षेत्रका कम्पनीको लाभांश वितरण स्थिति हेर्दा सूचीकृत ६३ कम्पनीमध्ये १८ ओटाले मात्रै गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गरेका छन् । हालसम्म सूचीकृत ४६ जलविद्युत् कम्पनीले लाभांश दिएका छैनन् । वित्तीय अवस्था पनि सन्तोषजनक नभएका र लाभांशसमेत वितरण नगरेका जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ता किन बढी आकर्षित भए ? आम चासोको विषय बनेको छ । राम्रा वित्तीय अवस्था भएका र निरन्तर लाभांश वितरण गर्ने जुनसुकै क्षेत्रका कम्पनीको शेयरमा लगानी गर्नु सुरक्षित मानिन्छ । तर, खुद नोक्सानीमा रहेका, अझै केही वर्ष लाभांश वितरण गर्न नसक्ने अवस्थामा रहेका कम्पनीको शेयर किन्नु कत्तिको सुरक्षित हुन्छ त ? पछिल्लो समय दीर्घकालीनभन्दा पनि अल्पकालीन रूपमा लगानी गर्ने लगानीकर्ताको संख्या बढेकाले जलविद्युत् क्षेत्रका कम्पनीको शेयरमा बढी आकर्षण देखिएको नेपाल पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेल बताउँछिन् । लगानीकर्ताले कम्पनीको आधारभूत पक्ष लाभांशभन्दा बढी बजारको ट्रेन्ड हेरर लगानी गर्ने भएकाले जलविद्युत् क्षेत्रका कम्पनीको शेयरमा उनीहरूको आकर्षण बढी देखिएको पोखरेलको भनाइ छ । यसका साथै थोरै कित्ता शेयर भएका कम्पनीमा ठूला लगानीकर्ताले लगानी बढाउँदा पनि यसको सकारात्मक असर जलविद्युत् कम्पनीको शेयरमा देखिएको हो । नेपाल इन्भेस्टर्स फोरमका महासचिव दुर्गा तिवारी कुनै समय अंकित मूल्यभन्दा तल रहेको जलविद्युत् कम्पनीको शेयर मूल्य पछिल्लो समय निकै माथि पुगेको बताउँछिन् । ‘लगानीकर्ताले क्षेत्र परिवर्तन गरी लगानी गर्न रुचाउने हुँदा पछिल्ला वर्षहरूमा जलविद्युत् समूहप्रति बढी आकर्षित भएका हुन्,’ उनी भन्छिन्, ‘पहिला यो क्षेत्रमा सीमित कम्पनी थिए, अहिले आएर यो क्षेत्रका कम्पनीको वर्चस्व भइसक्यो ।’ बजारको अवस्था हेर्दा पछिल्ला केही वर्ष जलविद्युत् समूहले नै बजारलाई डोर्‍याएको तिवारीको बुझाइ छ । यसका साथै पछिल्लो समय जलविद्युत् कम्पनीहरूले कर्जा तिर्नकै लागि हकप्रद शेयर जारी गर्न सक्ने व्यवस्थाले पनि लगानीकर्ता बढी आकर्षित बनेको तिवारीको भनाइ छ । अर्को कारण कम पूँजी भएका र प्रोमोटर शेयर पब्लिकमा परिणत नभएका कम्पनीका शेयर मूल्य बढेको तिवारी बताउँछिन् । लगानीकर्ताले कम्पनीको वित्तीय विवरणलगायत लाभांशलाई राम्रोसँग केलाएर लगानी गर्न नसके दुःखले आर्जन गरेको रकम गुमाउन सक्ने भएकाले धेरै कुरा विचार गरेर मात्रै लगानी गर्नुपर्ने विश्लेषक बताउँछन् । शेयरबजार सधैं बढ्ने वा घट्ने हुँदैन । यी दुई ट्रेन्डलार्ई राम्रोसँग नियालेर लगानी गर्न सके लगानी सुरक्षित हुने सम्भावना बलियो हुने विश्लेषहरूको भनाइ छ । १८ कम्पनीको मात्रै लाभांश नेप्सेमा सूचीकृत ६३ जलविद्युत् कम्पनीमध्ये १८ कम्पनीले मात्रै लाभांश दिने निर्णय गरेका छन् । लाभांश वितरणको निर्णय गरेका कम्पनीमध्ये युनाइटेड मोदी र ङादी ग्रूप पावरबाहेक सबैले वार्षिक साधारणसभामार्फत पारित गरिसकेका छन् ।

त्रिशूली जलविद्युत् कम्पनीको शेयरबापतको बाँकी रकम चुक्ता गर्न ७८ हजारको आवेदन

काठमाण्डाै - त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले नागरिकलाई निष्कासन गरेको शेयरबापतको बाँकी रकम चुक्ता गर्न झण्डै ७८ हजार शेयरधनीले आवेदन दिएका छन् । कम्पनीले शेयरबापतको रकम बुझाउन गएकाे ४ असोजदेखि आवेदन माग गरेको थियो । कम्पनीको शेयर बाँडफाँटमा शेयर पाइ प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा १ लाख ५४ हजार ५ सय ५९ जना नागरिक शेयरधनीमध्ये झण्डै ७८ हजारले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाएका हुन् । यसबाट १६ करोड १० लाख रुपैयाँ सङ्कलन भएको छ । साविकका शेयरधनी नागरिकबाट अङ्कित मूल्यको ९० प्रतिशतल...

बुढीगण्डकी जलविद्युत् आयोजना बनाउन कम्पनी दर्ता

काठमाडौँ । सरकारले एक हजार दुई सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना बनाउन कम्पनी स्थापना गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरण, विद्युत् उत्पादन कम्पनीको सेयर स्वामित्व हुने गरी बुढीगण्डकी जलविद्युत् कम्पनी लिमेटेड नामक पब्लिक कम्पनी स्थापना गरिएको हो । कम्पनीको अधिकृत चुक्ता पुँजी २० अर्ब रुपैयाँ राखिएको छ । त्यसमा संस्थापक […]

एक दर्जन जलविद्युत् कम्पनीको सेयर आउँदै

निकट भविष्यमै डेढ दर्जन जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन् । ती कम्पनीले सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति दिइसकेका छन् ।

जलविद्युत् कम्पनीको शेयर किन्दा सजग रहन आग्रह

काठमाण्डाै – जलविद्युत् कम्पनीको शेयरमा अस्वाभाविक मूल्य वृद्धि गराइएको हुन सक्ने भन्दै विद्युत् नियमन आयोगले सजग रहन लगानीकर्तालाई आग्रह गरेको छ । गलत क्रियाकलाप भएकै कारण जलविद्युत् समूहको शेयरमा अस्वाभाविक मूल्य वृद्धि भइरहेको भन्ने गुनासा र सूचनाप्रति ध्यानाकर्षण भएको भन्दै आयोगले शेयरमा लगानी गर्नुअघि कम्पनीको विस्तृत विवरण हेर्न र खतराको विश्लेषण गर्न पनि अनुरोध गरेको छ । सूचीकृत कम्पनीले जानकारी र विवरण सार्वजनिक गर्दा सत्य र र निष्पक्ष जानकारी सार्वजनिक गर्नुपर्ने र जानाजान लगानीकर्तालाई झुक्याउने, बहकाउने र ...

जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा सामान्य सुधार भए पनि जलविद्युत् समूहको शेयरमा आज उछाल देखिएको छ । कारोबार रकम रु १४ अर्बको हाराहारीमा रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा १.५४ बिन्दुको सुधार आई तीन हजार १०९.६६ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.०५ ले ओरालो […]

आधा दर्जन जलविद्युत् कम्पनीको आईपीओ आउँदै

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट आधा दर्जन जलविद्युत् कम्पनीले आईपीओ (प्राथमिक सेयर) निष्कासनको अनुमति पाएका छन् । यी कम्पनीको पब्लिक र प्रमोटर गरेर ७ करोड ८० लाख कित्ता सेयर निष्कासनका लागि बोर्डले अनुमति दिएको हो । सामलिङ पावर कम्पनीले ५ लाख कित्ता स्थानीयका लागि र १२ लाख ३० हजार सर्वसाधारणका लागि, तेह्रथुम पावर कम्पनीले ४ […] The post आधा दर्जन जलविद्युत् कम्पनीको आईपीओ आउँदै appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

साञ्जेन जलविद्युत् कम्पनीको सीईओमा ढुंगेल

साञ्जेन जलविद्युत् कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सुनीलकुमार ढुंगेल नियुक्त भएका छन् । कम्पनीको जेठ २७ गतेको सञ्चालक समितिको बैठकले ढुंगेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । यसअघिका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राजीनामा दिएसँगै रिक्त पदमा खुला प्रतिस्पर्धाबाट ढुंगेल नियुक्त भएका हुन् । ढुंगेल नेपाल विद्युत् प्राधिकरणको उपकार्यकारी निर्देशकबाट अवकाश प्राप्त कर्मचारीसमेत हुन् । […]