आजभोलि अगुवा किसान हरिशरण अर्याललाई ड्रागन फल टिप्न भ्याइनभ्याइ छ । ड्रागन फलबारे बुझ्न, चाख्न र हेर्न आउनेलाई सम्झाइबुझाइ गर्दैमा उहाँको दिन जान्छ ।
व्यावसायिक कृषि फार्म प्रालि र जागरुक कृषक समूहले १८ महिनाअघि मकवानपुरको मनहरी गाउँपालिका–७, रमौलीमा ड्रागन फलको व्यावसायिक खेती सुरु गरेको थियो । बिरुवा रोपेको तीन वर्षमा फल्ने लक्ष्यसाथ सुरु भएको ड्रागन फलले सात महिनामै फल दिन थालेपछि उत्साहित हुनुभएका व्यावसायिक कृषि फार्म प्रालिका सञ्चालक एवं अगुवा कृषक अर्याल भन्नुहुन्छ, “अहिले १८ महिने बिरुवाले दैनिक १५÷२० किलो उत्पादन