मन्त्रालयको नाम परिवर्तन

विराटनगर । कोशी प्रदेशको सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको नाम परिवर्तन भई भौतिक पूर्वाधार विकास मन्त्रालय कायम भएको छ । मन्त्रालयको संख्या थपघट हुँदा उक्त मन्त्रालयको नाम लामो र अप्ठ्यारो भएको भन्दै पहिलेकै नाम कायम गर्न मन्त्री दुर्गाप्रसाद चापागाईंद्वारा स्वीकृत गरी प्रदेश सरकार कार्यसम्पादन नियमावलीबमोजिम मुख्यमन्त्री कार्यालयमा पत्राचार गरिएको थियो । उक्त प्रस्ताव मुख्यमन्त्री कार्यालयमा पेश गर्न गत फागुन १६ गते मन्त्री चापागाईंले स्वीकृति दिएका थिए । सोहीअनुसार ‘सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय’को सट्टा ‘भौतिक पूर्वाधार विकास मन्त्रालय’ नाम कायम गर्न सचिव मोहनराज चापागाईंले फागुन १७ गते मुख्यमन्त्री कार्यालयमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा मुख्यमन्त्री कार्यालयले प्रस्तावमा लेखिएबमोजिम मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको नाम परिवर्तन गर्ने निर्णय गरेको हो ।   प्रदेश सरकार (मन्त्रिपरिषद्) को २०७८ माघ २३ गतेको निर्णयबमोजिम तत्कालीन प्रदेश नम्बर १ को मन्त्रालय संख्या पनि विस्तार भएको थियो । त्यसैबेला साविकको भौतिक पूर्वाधार विकास मन्त्रालय, सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालय र यातायात तथा सञ्चार मन्त्रालय गरी तीनओटामा विभाजित गरिएको थियो । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार बनेपछि विभाजन गरिएका कतिपय मन्त्रालयहरू पूर्वाधार मन्त्रालयमै कायम भएर सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय नाम राखिएको थियो । त्यसरी नाम राख्दा साविकको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रहेर बनाइएका ऐन, (प्रदेश भवन ऐन, प्रदेश सार्वजनिक सडक ऐन साथै बृहत् विराट विकास क्षेत्रसम्बन्धी ऐन आदि), कार्यविधि तथा निर्देशिकाको कार्यान्वयनमा प्रशासनिक कठिनाइ आएको थियो । यस्तै राष्ट्रिय किताबखाना (निजामती) मा समेत यस मन्त्रालयको नाम दर्ता नहुँदा त्यहाँबाट प्राप्त हुने सुविधा प्राप्तिमा समेत जटिलता भएकोले पुरानै मन्त्रालयको नाम कायम गर्नुपर्ने मन्त्रालयको तर्क थियो ।

सम्बन्धित सामग्री

मधेश सरकारले गर्‍यो मन्त्रालयहरुको नाम हेरफेर

१४ चैत, जनकपुरधाम। मधेस प्रदेश सरकारले मन्त्रालयहरूको नाम परिवर्तन गरेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्लगायत मन्त्रालयको संख्या ११ नै यथावत् राख्ने गरी मन्त्रालयहरूको नाम समायोजन गरेको हो। मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव नुरहरि ख तिवडाले नाम हेरफेर तथा समायोजन भएपनि प्रमाणीकरण हुन भने बाँकी रहेको बताए । अब यो प्रदेशमा मुख्यमन्त्री […]

लुम्बिनी मन्त्रिपरिषद् बैठक : मन्त्रालयको नाम परिवर्तन (निर्णयसहित)

काठमाडौँ । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा निर्णयहरू गरेको छ । असार ३१ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं आन्तरिक मामिला मन्त्री तिलकराम शर्माले मन्त्रालयको नाम परिवर्तन गर्नेदेखि सवारी चालकको दरबन्दी थप्नेसम्मको निर्णय भएको बताए । मन्त्रिपरिषद् बैठकबाट प्रदेश प्रशिक्षण प्रतिष्ठान (स्थापना तथा कार्य सञ्चालन) आदेश २०७८ खारेज गरिएको जानकारी […]

लुम्बिनी मन्त्रिपरिषद् बैठक : मन्त्रालयको नाम परिवर्तन, सवारी चालकको दरबन्दी थप

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्  बैठकले  विभिन्न ६ वटा निर्णयहरू गरेको छ । असार ३१ गते बसेको मन्त्री परिषद्को निर्णय सार्वजनिक गर्दै  सरकारका प्रवक्ता एवं आन्तरिक मामिला मन्त्री  तिलकराम शर्माले  मन्त्रालयको नाम परिवर्तन गर्नेदेखि सवारी चालकको दरबन्दी थप्नेसम्मको निर्णय भएको बताए । मन्त्रिपरिषद् बैठकबाट प्रदेश प्रशिक्षण प्रतिष्ठान (स्थापना तथा कार्य सञ्चालन) आदेश २०७८ खारेज गरिएको जानकारी दिए । त्यस्तै प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०७८ को अनुसूचीम

प्रदेशमा आन्तरिक मामिला मन्त्रालयको नाम फेरेर गृह राखौं : मुख्यमन्त्री राउत

२३ असार, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आन्तरिक मामिला तथा कानून मन्त्रालयको नाम परिवर्तन गरी गृह मन्त्रालय राख्न सातै प्रदेशका मन्त्रीसँग आग्रह गरेका छन् । शान्ति सुरक्षा तथा विपद व्यवस्थापनसम्बन्धी सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरुको जनकपुरधाममा आयोजित भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले उक्त आग्रह गरेका हुन् । उनले संघमा गृह मन्त्रालय […]

मधेशको आन्तरिक मन्त्रालयको नाम तेस्रो पटक परिवर्तन, अब गृह तथा सञ्चार

१४ जेठ, जनकपुरधाम । मधेश प्रदेशको आन्तरिक मामिला मन्त्रालयको नाम तेस्रो पटक परिवर्तन गरिएको छ । प्रदेश स्थापना हुँदा आन्तरिक मामिला तथा कानुन नाम रहेको मन्त्रालयको एक बर्षअघि आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय बनाइएको थियो । यो मन्त्रालयको नाम तेस्रो पटक परिवर्तन गरेर गृह तथा सञ्चार मन्त्रालय राखिएको छ । मन्त्री भरत साहले ६ जेठमा […]

मधेस प्रदेशः आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन

मधेस प्रदेश सरकारले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन गरेको छ।

मधेस प्रदेश : आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन

मधेस प्रदेश सरकारले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन गरेको छ । आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले मन्त्रालयको नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय राखिएको जानकारी दिए । यही जेठ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय राख्ने निर्णय गरेको मन्त्री साहले जनाए ।मन्त्री साहले केन्द्र सरकारसँग लड्दै अब मन्त्रालयको अधिकार लिन नाम परिवर्तनबाट सुरु गरिएको बताए । मन्त्रालयको नाम कानुनबमोजिम परिवर्तन गरी राजपत्रमा प्रकाशित

तेस्रो पटक फेरियो मधेस सरकारको मन्त्रालयको नाम

जनकपुरधाम – मधेस प्रदेशमा एक मन्त्रालयको नाम तेस्रो पटक फेरिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय भएको मन्त्रालयको नाम पुनः फेरिएको हो। अब यस मन्त्रालयको नाम गृह तथा सञ्चार मन्त्रालय गरिएको हो। मन्त्रालयका मन्त्री भरतप्रसाद साहले मन्त्रिपरिषद्को निर्णयअनुसार मन्त्रालयको नाम परिवर्तन गरी काम अनुसारकै मन्त्रालयको नाम गृह तथा सञ्चार मन्त्रालय […]