गोरखा जिल्ला अदालतका कर्मचारी १५ हजार घुससहित पक्राउ

१८ असार, गोरखा । गोरखा जिल्ला अदालतका कर्मचारी (तहसिलदार) रामचन्द्र केसी १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले उनलाई बिहीबार राति पक्राउ गरेको हो । काम मिलाइदिन्छु भन्दै सेवाग्राहीसँग घुस लिंदै गर्दा गोरखा सदरमुकामको एक होटलबाट उनलाई पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी देवी प्रसाद थपलियाले बताए […]

सम्बन्धित सामग्री

१५ हजार घुससहित अदालतका कर्मचारी रंगेहात पक्राउ

काठमाडौं । गोरखा जिल्ला अदालतका एक कर्मचारी (तहसिलदार) १५ हजार घुससहित पक्राउ परेका छन् । तहसिलदार रामचन्द्र केसीलाई बिहीबार गोरखा अदालत नजिकै एक होटलबाट पक्राउ गरेकाे अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयले बताएको छ।काम मिलाइदिने भन्दै सेवाग्राहीसँग केसीले घुस लिएको र उनलाई रंगेहात पक्राउ गरिएको दाबी अख्तियारको छ।

https://www.onlinekhabar.com/2020/03/843703

२९ फागुन, बुटवल । कपिलवस्तु जिल्ला अदालतका कर्मचारी दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अदालतमा दोभाषे कर्मचारीका रुपमा करारमा कार्यरत विश्वनाथ कुर्मी सेवाग्राहीसंग घुस लिदै गर्दा पक्राउ परेका हुन् । ठगी मुद्दा मिलाइदिने भन्दै घुस …

भ्रष्टाचारकाे जालाे : अख्तियारको फन्दामा अदालतका कर्मचारी

काठमाडाैं – पछिल्लाे समय विभिन्न कार्यालयका कर्मचारी घुससहित पक्राउ परिरहेका बेला अदालतका कर्मचारी पनि घुससहित पक्राउ परेका छन्। फैसला भएको मुद्दाको कागज उपलब्ध गराउन ६० हजार घुस माग्ने जिल्ला अदालतका रुकुमका ...