नबिल बैंकले घोषणा गर्यो बैंकहरुमै धेरै लाभांश, नगद र बोनस कति ?

नबिल बैंकले बैंकहरुमै अहिलेसम्मकै बढी लाभांश दिने भएको छ। बैंकको आज मंगलबार बसेको संचालक समितिले गत आर्थिक बर्षको कमाईबाट ३८ प्रतिशत लाभांश दिने भएको हो। बैंकले प्रस्ताव गरेको लाभांशमा ३३।६ प्रतिशत बोनस सेयर र ४।४ प्रतिशत नगद लाभांश रहेको छ। बैंकले घोषणा गरेको यो लाभांश पछिल्लो चार बर्ष यताकै उच्च हो। बैंकले अहिले कायम चुक्तापुंजीको ३८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। अहिले बैंकको चुक्ता पुंजी १३ अर्ब ८४ करोड रहेको छ। बोनस सेयर बितरण पश्चात बैंकको चुक्ता पुंजी करिब १८ अर्ब पुग्नेछ।  बैंकले गत आर्थिक बर्ष ४ अर्ब १४ करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको थियो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले र बैंकको आगामी बार्षिक साधारणसभाले पारित गरे पश्चात सेयरधनिहरुमा लाभांश वितरण हुनेछ। 

सम्बन्धित सामग्री

नबिल बैंकको ३८ प्रतिशत लाभांश पारित

नबिल बैंकले सेयरधनीलाई मुनाफाबाट ३८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको ३७औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट ३३.६० प्रतिशत बोनस सेयर र ४.४० प्रतिशत नगद लाभांश गरी ३८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।आव २०७७÷०७८ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा ४ अर्ब ५३ करोड हासिल गर्न सफल […]

लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा

नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्न घोषणा गरेको लाभांश पारित गर्न ३० पुसमा साधारणसभा बोलाएको छ । बैंकले ३७ औँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।सभामा बैंकले हाल कायम चुक्ता पुँजीको ३३ दशमलव ६० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनसहित ४.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, अधिकृत पुँजी १० अर्ब पुर्‍याउने लगायतका एजेण्डा छ

वाणिज्य बैंकले गरे लाभांश घोषणा - नबिलले ३८ प्रतिशत दिँदा सिभिलले ५ प्रतिशत दिने

काठमाण्डाै – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत सबै वाणिज्य बैंकले गएकाे आर्थिक वर्षकाे नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् । देशका २७ वाणिज्य बैंकमध्ये नेप्सेमा सूचीकृत २६ वटाले आर्थिक वर्ष २०७७/०७८ को वितरणयोग्य नाफाबाट नगद तथा बोनस शेयरसमेत दिने गरी लाभांश घोषणा गरेका हुन् । घोषणा भएका लाभांशमध्ये केही बैंकले साधारण सभा सम्पन्न गरी वितरणको निर्णयसमेत पारित गराइसकेको तथा केही चाहिँ साधारण सभाको तयारीमा छन् । सार्वजनिक पछिल्लो तथ्याङ्कअनुसार नबिल बैंकले सबैभन्दा धेरै लाभांश वितरण गर्...

१५ वाणिज्य बैंकको लाभांश घोषणा : सर्वाधिक लाभांश दिनेमा नबिल बैंक अगाडि

अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १५ वाणिज्य बैंकहरूले बोनस सेयर र नगद लाभांश घोषणा गरेका छन् । हालसम्म नबिल बैंकले सर्वाधिक बोनस तथा नगद लाभांश प्रस्ताव गरेको हो । बै‌ंकले अघिल्लो...

नबिल बैंकले गर्याे ३८ प्रतिशत लाभांश वितरणको घोषणा

नबिल बैंकले अधिकतम ३८ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट सेयरधनीलाई ३३ दशमलव ६ प्रतिशत बोनस सेयर र ४ दशमलव ४ प्रतिशत नगद लाभांश दिने भएको हो ।मंगलबार बसेको बैक संचालक समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको हो । यद्यपि, लाभांश भने नेपाल राष्ट्र बैंकबाट  स्वीकृति प्रदान भएपछि साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरूमा वितरण हुनेछ ।

नबिलले ३८ प्रतिशत लाभांश दिने

नबिल बैंकले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट सेयरधनीलाई ३८ प्रतिशत लाभांश दिने भएको छ । बैंकले ३३ दशमलव ६ प्रतिशत बोनस सेयर र ४ दशमलव ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव...