सबैभन्दा बढी लाभांश घोषणा गरेको नबिल बैंकले डाक्यो साधारणसभा, मर्जर प्राप्तिको प्रस्ताव पनि समावेश

नबिल बैंकले साधारणसभा आह्वान गरेको छ । बैंकले पुस ३० गते शुक्रबार दरबारमार्ग स्थित आफ्नै केन्द्रिय कार्यालयमा सभा आह्वान गरेको हो। सभामा  लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट ३३.६० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ४.४० प्रतिशत नगद गरि कुल ३८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । नबिलले वाणिज्य बैंकहरु मध्ये कै उच्च लाभांश प्रस्ताव गरेको हो  । बैंकले साधारणसभा प्रयोजनको लागि पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश [पाउन सक्ने छन् ।यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु; (क) सामान्य प्रस्ताव१सञ्चालक समितिको प्रतिवेदन २०७७/७८ पारित गर्ने, २. लेखा परीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा सोही मितिमा समाप्त आ.व. २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू स्वीकृत गर्ने, ३. यस बैंकको सहायक कम्पनी “नबिल ईन्भेष्टमेण्ट बैंकिङ्ग लि.' को आ.व. २०७७/७८ को वित्तीय विवरण सहितको एकीकत (Consolidated) वित्तीय विवरण स्वीकृत गर्ने, ४. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम प्रति शेयर रू. ४.४० (अर्थात् ४.४०% का दरले। नगद लाभांश स्वीकृत गर्ने, ५. आ.व. २०७८/७९ (२०२१/२२) को लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, र ६. संस्थापक शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद २ (दुई को निर्वाचन गर्ने ।विशेष प्रस्ताव १. बैंकको अधिकृत पूँजी वृद्धि गरी रू. १९,००,००,००,०००/- (रू. उन्नाइस अर्ब) पुऱ्याउने, २. वि.सं. २०७८ आषाढ मसान्तमा समाप्त आर्थिक वर्षको मुनाफाबाट प्रत्येक १०० शेयर बराबर ३३.६० शेयर वा प्रत्येक शेयरको ३३.६०% को अनुपातमा बोनस शेयर जारी गरी बैंकको जारी तथा चुक्ता पूँजी रू. १८,४९,६१,८६,७४५/- पुयाउने, ३. बैंकको प्रबन्धपत्रको दफा ५(१), ५२) र ५(३) को संशोधन स्वीकृत गर्ने तथा प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट फेरबदलको सुझाव प्राप्त भएमा आवश्यक समायोजन गर्न सञ्चालक समिति (वा समितिले तोकेको व्यक्ति लाई अख्तियारी दिने, ४. आ.व. २०७७/७८ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको वित्तीय विवरणको अनुसूची ४.३७ मा उल्लिखित खर्च रू. ३,४४,२०,५७७/- कम्पनी ऐन, २०६३ को दफा १०५।१(ग) को प्रयोजनका लागि अनुमोदन गर्ने, र ५. नबिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू) एक आपसमा गाभ्न गाभिन (मर्जर गर्न वा प्राप्ति (एक्विजिसन) गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्यांकनका लागि मूल्यांकनकर्ता नियुक्त गर्न, गाभ्ने / गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्झौता गर्न, वैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

सम्बन्धित सामग्री

१२ वाणिज्य बैंकले गरे लाभांश घोषणा, पाँच ओटाले नदिने

काठमाडौं । २० वाणिज्य बैंकमध्ये हालसम्ममा १२ बैंकले गत आर्थिक वर्ष (आव) २०७९/८० सम्मको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, स्ट्याण्डर्ड चार्टड बैंक, नबिल बैंक, सिटीजन्स इन्टरनेशनल बैंक, राष्ट्रिय बाणिज्य बैंक र सिद्धार्थ बैंकले गत आवको मुनाफाबाट लाभांश घोषणा गरेका हुन्।  गत वर्षको तुलनामा यस वर्ष केही बैंकले बोनस शेयरभन्दा नगद लाभांशमा जोड दिएका छन् । नबिल बैंकले गत वर्ष १८ दशमलव ५ प्रतिशत बोनस शेयर र ११ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेकोमा यस वर्ष ११ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको हो । यस वर्ष सिद्धार्थ बैंकले ४ दशमलव २१ प्रतिशत, सिटीजन्स बैंकले ५ दशलमव ७९ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश मात्रै दिने भएको छ । त्यसैगरी ग्लोबल आइएमई बैंकले १ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश दिने भएको छ ।  त्यस्तै नेपाल एसबिआई बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ६ दशमलव ८० प्रतिशत नगद लाभांश करसहित र ३ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।   लक्ष्मी सनराइज बैंकले ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी राष्ट्रिय बाणिज्य बैंकले भने ५ दशमलव ५ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ ।  लाभांश घोषणा गरेका कम्पनीहरूमध्ये सबैभन्दा बढी लाभांश एनआईसी एशिया बैंकको छ । बैंकले कुल ३० दशमलव ५३ प्रतिशत लाभांश दिने भएको छ । सर्वाधिक लाभांश दिने बैंकको सूचीमा दोस्रोमा एनआईसी एशिया बैंक छ । बैंकले कुल २० दशमलव ५३ प्रतिशत लाभांश दिने भएको छ ।   लाभांश घोषणा गरेका १२ बैंकमध्ये एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, सिटीजन्स बैंक, सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले साधारण सभा गरिसकेका छन् भने बाँकीले पुस मसान्तभित्रै साधारण सभा गर्ने भएका छन् । साधारण सभा गरेका केही बैंकले सम्बन्धित शेयरधनीको बैंक खातामा नगद लाभांश पठाइसकेका छन् ।  पाँच बैंकले लाभांश नदिने पाँच वाणिज्य बैंकले भने गत आवको मुनाफाबाट लाभांश वितरण नगर्ने जानकारी दिएका छन् । हिमालयन बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक र नेपाल बैंकले कुनै पनि लाभांश नदिने निर्णय गरेका हुन् । यी पाँचओटै बैंकले पुस मसान्तभित्रै साधारण सभा बोलाएका छन् । तीन बैंकले भने हालसम्ममा लाभांश घोषणा गरेका छैनन् । नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक र कृषि विकास बैंकले भने हालसम्ममा लाभांश घोषणा नगरेका हुन् ।

लाभांश सार्वजनिक गरेका २१ वाणिज्य बैंकहरुमध्ये १० ओटा बैंकको लाभांश बढ्यो

कात्तिक २७, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत २६ ओटा वाणिज्य बैंकहरुमध्ये शुक्रवारसम्म २१ बैंकहरुले गत आर्थिक वर्ष ०७७/७८ को लाभांश प्रस्ताव सार्वजनिक गरेका छन् । अझै ५ ओटा बैंकहरु कृषि विकास बैंक, एनसीसी बैंक, नेपाल एसबिआई बैंक, सिभिल बैंक र सेञ्चुरी कमर्सियल बैंकले गत वर्षको लाभांश घोषणा गर्न बाँकी रहेको छ । लाभांश सार्वजनिक गरेका २१ ओटा बैंकहरुमध्ये पनि सानिमा बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, कुमारी बैंक र माछापुच्छ्रे बैंकले वार्षिक साधारण सभामार्फत लाभांश पारित गरिसकेका छन् । नेपाल बंगलादेश बैंकले मंसिर २ गते र नेपाल इन्भेष्टमेण्ट बैंकले मंसिर १७ गतेसाधारण सभाको मिति तय गरेको छन् । हालसम्म सार्वजनिक भएका बैंकहरुको लाभांशमध्ये नबिल बैंकको सर्वाधिक रहेको छ भने दोस्रोमा हिमालयन बैंकको रहेको छ । नबिल बैंकले यस वर्ष ३३ दशमलव ६० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ दशमलव ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको कात्तिक १६ गतेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको यो लाभांश पारित हुन भने बाँकी रहेको छ । त्यस्तै, दोस्रोमा सर्वाधिक लाभांश प्रस्ताव गरेको हिमालयन बैंकले पनि हालसम्म साधारण सभाको मिति तय गरेको छैन । बैंकको असोज २० गतेको सञ्चालक समितिको बैठकले २१ दशमलव ३८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ दशमलव ६२ प्रतिशत नगद लाभांश वितरणको प्रसताव गरेको हो । हालसम्म सार्वजनिक बैंकहरुमध्ये १० ओटा बैंकहरुले अघिल्लो वर्षको भन्दा गत वर्ष बढाएर लाभांश प्रस्ताव गरेका छन् । नबिल बैंकले २ दशमलव ७४ प्रतिशत, हिमालयन बैंकले ६ प्रतिशत, सानिमा बैंकले ४ दशमलव २९ प्रतिशत, नेपाल बैंकले १ प्रतिशत, प्राइम कमर्सियल बैंकले १ दशमलव ६३ प्रतिशत, सिटिजन्स बैंकले ५ प्रतिशत, नेपाल बंगलादेश बैंकले ७ दशमलव शून्य ८ प्रतिशत, माछापुच्छ्रे बैंकले ३ दशमलव ६ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ दशमलव २२ प्रतिशत र प्रभु बैंकले २ दशमलव १ प्रतिशत बढी गत वर्षभन्दा यस वर्ष लाभांश वितरण गर्न लागेका हुन् । यस वर्ष लक्ष्मी बैंक र सिद्धार्थ बैंकले गत वर्षकै अनुपातमा लाभांश प्रस्ताव गरेका छन् । लक्ष्मी बैंकले ११ दशमलव ५ प्रतिशत र सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांश प्रस्ताव गरेका हुन् । गत वर्षभन्दा यस वर्ष नेपाल इन्भेष्टमेण्ट बैंकले २ दशमलव ५ प्रतिशत, एनआईसी एशिया बैंकले ४ दशमलव २१ प्रतिशत, एनएमबि बैंकले शून्य दशमलव ४ प्रतिशत, बैंक अफ काठमाण्डूले २ प्रतिशत, ग्लोबल आइएमई बैंकले २ दशमलव ५ प्रतिशत, मेगा बैंकले शून्य दशमलव ९८ प्रतिशत, एभरेष्ट बैंकले शून्य दशमलव २१ प्रतिशत, कुमारी बैंकले ५ दशमलव ३३ प्रतिशत र सनराइज बैंकले १ दशमलव २८ प्रतिशत कम लाभांश प्रस्ताव गरेका हुन् ।                                                            स्रोतः बैंकहरुद्वारा जारी सूचनामा आधारित

१५ वाणिज्य बैंकको लाभांश घोषणा : सर्वाधिक लाभांश दिनेमा नबिल बैंक अगाडि

अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १५ वाणिज्य बैंकहरूले बोनस सेयर र नगद लाभांश घोषणा गरेका छन् । हालसम्म नबिल बैंकले सर्वाधिक बोनस तथा नगद लाभांश प्रस्ताव गरेको हो । बै‌ंकले अघिल्लो...

नविल बैंकले घोषणा गर्यो ३८ प्रतिशत लाभांश

काठमाडौं ।बाणिज्य बैंकहरु मध्ये नबिल बैंकले सबैभन्दा धेरै लाभांश घोषणा गरेको छ । यस बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ३८ प्रतिशत लाभांश दिने जनाएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठ्कले गत आर्थिक वर्षको मुनाफाबाट ३३.६ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ४.४ प्रशित नगद लाभांश दिने प्रस्ताव गरेको हो । सञ्चालक […]