दोधाराचाँदनीमा सुक्खा बन्दरगाह छिटै बन्छ : मन्त्री बडू

कञ्चनपुर :  उद्योग‚ वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले दोधाराचाँदनीमा सुक्खा बन्दरगाह निर्माणको काम चाँडै अगाडि बढाइने बताएका छन्।कञ्चनपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहणमा बुधबार मन्त्री बडूले सुक्खा बन्दरगाह निर्माण भएपछि सुदूरपश्चिम क्षेत्रको विकासमा टेवा पुग्ने बताए।भारतीय पक्षले बन्दरगाह निर्माणका लागि पत्राचार गरेको उल्लेख गर्दै उनले निर्माण अगाडि बढ्ने बताए। मन्त्री बडूले मझगाउँ विमानस्थल निर्माण र दैजी छेला औद्योगिक

सम्बन्धित सामग्री

भन्सारले सामान रोक्नुको कुनै अर्थ छैन : मन्त्री बडू

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले वीरगञ्ज भन्सारको राजस्व लक्ष्य पूरा गर्न चोभार सुक्खा बन्दरगाह आउने कन्टेनरहरु वीरगञ्जमा रोक्न नमिल्ने बताएका छन् ।बिहीबार मन्त्रालयमा चोभार सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने सम्बन्धमा सरोकारवालासँगको छलफलमा मन्त्री बडूले राजस्व संकलनको लक्ष्य पूरा गर्नकै लागि वीरगञ्जमा सामान ब्लक गर्दा ब्लकको ब्लक रहने र नाकाको लोड नहट्ने हो […]

राजस्व लक्ष्य पूरा गर्न भन्सारले सामान रोक्नुको कुनै अर्थ छैनः मन्त्री बडू

काठमाडौँ – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले वीरगञ्ज भन्सारको राजस्व लक्ष्य पूरा गर्न चोभार सुक्खा बन्दरगाह आउने कन्टेनर वीरगञ्जमा रोक्न नमिल्ने बताएका छन्। मन्त्रालयमा बिहीबार चोभार सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने सम्बन्धमा सरोकारवाला निकायसँगको छलफल कार्यक्रममा मन्त्री बडूले राजस्व संकलनको लक्ष्य पूरा गर्न वीरगञ्जमा सामान ब्लक गर्दा ब्लकको ब्लक रहने र नाकाको लोड […]

सुक्खा बन्दरगाह र औद्योगिक क्षेत्र प्राथमिकतामा : मन्त्री बडू

कञ्चनपुर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सुक्खा बन्दरगाह र औद्योगिक क्षेत्रको निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमवार कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बडूले यस्तो बताएका हुन् । कञ्चनपुरमा प्रस्तावित दोधारा चादँनी सुक्खा बन्दरगाह र दैजी छेला औद्योगिक क्षेत्रको निर्माण अघि बढाउन पहल गरिरहेको मन्त्री बडूले बताए । ‘लामो समयदेखि प्रस्ताव र शिलान्यास गरिए पनि बजेटको व्यवस्थापन अहिलेसम्म रहेनछ,’ उनले भने, ‘आगामी आर्थिक वर्षको बजेटमार्फत यी दुई आयोजनालाई समेटिनेछ ।’ दोधारा चाँदनीको सुक्खा बन्दरगाह र दैजी छेला औद्योगिक क्षेत्रको मन्त्री बडूसँगै पूर्वमन्त्रीद्वय रमेश लेखक, नारायणप्रकाश साउद र उद्योग सचिव गणेशप्रसाद पाण्डेयले स्थलगत अनुगमन समेत गरेका थिए । मन्त्री बडूले सुक्खा बन्दरगाह निर्माण भारतको समेत प्राथमिकतामा रहेको बताए । ‘यो नेपाल–भारत र चीनको त्रिदेशीय व्यापारिक महŒवसँग जोडिएको योजना पनि हो,’ उनले भने, ‘योजना सम्पन्न भए औद्योगिक क्षेत्रमा मुलुकले फड्को मार्नेछ ।’ दैजी छेला औद्योगिक क्षेत्रको निर्माण भइसकेपछि २२ हजार नागरिकले रोजगारी पाउने उनको भनाइ थियो । ‘औद्योगिक क्षेत्र निर्माणको मोडालिटीबारे मन्त्रालय चाँडै टुंगोमा पुग्नेछ,’ उनले भने, ‘औद्योगिक क्षेत्रको निर्माण अब दु्रतगतिमा अगाडि बढ्छ ।’ उद्योग मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मीले सुक्खा बन्दरगाहको निर्माणका लागि पहिलो चरणमा ७ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको बताए । ‘वातावरणीय प्रभाव मूल्यांकन र जग्गा भोगाधिकारको विषय टुंगो लाग्ने चरणमा छ,’ उनले भने, ‘प्रक्रियामा रहेका विषय र नयाँ बजेटमा सुक्खा बन्दरगाहलाई सम्बोधन गर्ने विषय एकसाथ टुंगोमा पुग्न सक्छ ।’ रासस