काठमाण्डाै – प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा आज बिहीवार भएकाे खेलमा नेपाल पुलिस क्बल र मधेस प्रदेश विजयी भएका छन् ।
लगातार तेस्रो जित निकाल्ने क्रममा पुलिसले लुम्बिनी प्रदेशलाई ६ विकेटले हरायो । कीर्तिपुर मैदानमा लुम्बिनीले दिएको एक सय ८९ रनको लक्ष्य पुलिसले ३७ ओभर १ बलमा मात्र चार विकेट गुमाएर भेटायो । पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले नटआउट ४३ रन बनाए । यस्तै सुनिल धमलाले ३६, आरिफ शेखले ३५ र कुशल भुर्तेलले ३२ रन बनाए । लुम्बिनीका अनिल खरेलले दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गर...