कृषिमा डेढ खर्ब सहुलियत कर्जा लगानी

स्थानीय स्तरमा उत्पादन गर्न सकिने खाद्यान्न पनि आयात गर्न थालिएपछि केही वर्षयता कृषि र पशुपालनमा जोड दिन सहुलियतपूर्ण कृषि कर्जाको व्यवस्था गरिएको हो।...

सम्बन्धित सामग्री

सहुलियत कर्जा : प्राथमिकता क्षेत्रमै कमजोर

काठमाडौं (अस) । सरकारको ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने सहुलियत कर्जा प्रवाह प्राथमिकता दिइएको क्षेत्रमै कमजोर पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आव) को फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाले करीब डेढ लाख ऋणीलाई २ खर्ब १५ अर्ब रुपैयाँ सहुलियत कर्जा लगानी गरेका छन् । तर, सरकारले बजेटमार्फत प्राथमिकता दिँदै आएको शैक्षिक प्रमाणपत्र धितोमा युवालाई दिने ऋण भने नगन्य छ । फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाबाट १ सय ५३ जना युवाले मात्र शैक्षिक प्रमाणपत्र धितोमा ऋण लिएका छन् । उनीहरूलाई ५ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले आव २०७५/७६ को बजेटमा शैक्षिक प्रमाणपत्र धितोमा ७ लाख रुपैयाँसम्म सहुलियत कर्जा दिने घोषणा गरे । त्यसलाई अर्थमन्त्री विष्णु पौडेलले २०७८/७९ को बजेटमा २५ लाख पुर्‍याउने घोषणा गरे पनि हालसम्म सहुलियत कर्जासम्बन्धी एकीकृत ब्याज अनुदान कार्यविधिमा ऋणको सीमा वृद्धि गरिएको छैन । कार्यविधिमा शिक्षित युवा स्वरोजगार कर्जाअन्तर्गत स्नातक तह उत्तीर्ण तथा ४० वर्ष ननाघेको युवालाई सक्कल प्रणापत्र धितो राखेर कर्जा उपलब्ध गराउने व्यवस्था छ । यसैगरी सरकारले प्राथमिकता दिएको सीटीईभीटीबाट प्राविधिक तालीमप्राप्त युवालाई दिने कर्जा र युवा स्वरोजगार कर्जा प्रवाह पनि नगन्य छ । फागुनसम्ममा प्राविधिक तालीमप्राप्त युवा शीर्षकमा २ जनाले ३ लाख र युवा स्वरोजगार शीर्षकमा २५ जनाले ८० लाख रुपैयाँ कर्जा उपभोग गरेका छन् । ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधिअनुसार बैंकहरूले १० ओटा क्षेत्रमा ऋण प्रवाह गर्छन् । यसमध्ये सबैभन्दा बढी महिला उद्यमशीलता कर्जा ८२ हजार १९७ ऋणीले उपभोग गरेका छन् । उनीहरूलाई ७४ अर्ब १७ करोड रुपैयाँ ऋण प्रवाह भएको राष्ट्र बैंकको भनाइ छ । यसैगरी सहुलियत कृषि कर्जा ५९ हजार ५६० जनाले १ खर्ब ३७ अर्ब रुपैयाँ उपभोग गरेका छन् । सहुलियत कर्जा कार्यक्रममध्ये सबैभन्दा बढी आकर्षण महिला उद्यमशीलता कर्जामा छ । महिलाका नाममा सञ्चालन भएका व्यवसायलाई यो कर्जा दिइन्छ । सहुलियत कर्जामा बैंकहरूले आधार दरमा २ प्रतिशतमात्र प्रिमियम जोडेर ब्याज तय गर्न पाउँछन् । उक्त ब्याजमा सरकारले महिला उद्यमी कर्जामा ६ र अन्य कर्जामा ५ प्रतिशत अनुदान दिने व्यवस्था छ ।

सिन्धु विकास बैंक र कोषबीच कर्जा लगानी सम्झौता

काठमाडौं (अस) । सिन्धु विकास बैंक र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबीच कर्जा लगानी सम्झौता भएको छ । सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीले हस्ताक्षर गरेका छन् । बिहीवार सम्पन्न उक्त सम्झौता अनुसार बैंकले आफ्नो कार्यक्षेत्रमा रहेका १८ देखि ६० वर्ष उमेर समूहका बेरोजगार व्यक्तिलाई  व्यापार व्यवसाय गर्न व्यक्तिगत २ लाख तथा समूहगत ३० लाख रुपैयाँसम्म सहुलियत कर्जा उपलब्ध गराउनेछ । बैंकले बेरोजगार युवालाई वार्षिक ८ प्रतिशतका दरले ३ वर्ष ६ महीनाका लागि कर्जा उपलब्ध गराउनेछ । कोषले युवा स्वरोजगार कर्जा उपभोग गर्ने ऋणी तथा परियोजना दुवैको बीमा समेत गरिदिने व्यवस्था छ । साथै कर्जाको साँवा तथा ब्याज समयमै तिर्ने असल ऋणीलाई तिरेको ब्याजको ६० प्रतिशतसम्म अनुदान फिर्ता समेत गरिदिनेछ ।

उद्यमीका लागि सहुलियतपूर्ण कर्जा

उद्यमशील महिला र युवाका लागि विभिन्न कर्मिशियल बैंकले 'सहुलियतपूर्ण कर्जा' लगानी गर्दै आएका छन् । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त 'क', 'ख', 'ग' र 'घ' बर्गका बैंक तथा वित्तीय संस्थाले सहुलियत कर्जा दिने व्यवस्था कार्यविधिले किटान गरेको छ ।

उद्यमीका लागि सहुलियतपूर्ण कर्जा

उद्यमशील महिला र युवाका लागि विभिन्न कर्मिशियल बैंकले 'सहुलियतपूर्ण कर्जा' लगानी गर्दै आएका छन् । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त 'क', 'ख', 'ग' र 'घ' बर्गका बैंक तथा वित्तीय संस्थाले सहुलियत कर्जा दिने व्यवस्था कार्यविधिले किटान गरेको छ ।

सहुलियतपूर्ण कर्जा लिने बढ्दै : हालसम्म ६१ हजारले लिए

ब्याजमा पाँच प्रतिशत अनुदान पाइने सहुलियतपूर्ण कर्जा लिनेको संख्या निरन्तर बढ्दो छ । सहुलियत कर्जामा आकर्षण बढ्दा पछिल्लो तीन वर्षमा बैंक, वित्तीय संस्थाबाट ६० हजार ८ सय ७९ जनाले यस्तो सुविधा लिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।उद्यमशीलताको विकास गरी उत्पादन वृद्धि र रोजगारी सिर्जजना गर्ने उद्देश्यले सहुलियत कर्जा वितरण गर्ने नीति ल्याइएको हो । राष्ट्र बैंकका अनुसार गत पुस मसान्तसम्म बैंक, वित्तीय संस्थाले एक खर्ब ३७ करोड रुपैयाँ ब्याजको कर्जा लगानी गरेका छन् ।विभिन्न बैंक तथा वित्तीय संस

एक खर्ब सहुलियत कर्जा प्रवाह

काठमाडौं, (नेस) । उद्यमशीलताको विकास, उत्पादन अभिवृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यले चालू आर्थिक वर्षमा परिमार्जनसहित कार्यान्वयनमा ल्याइएको सहुलियतपूर्ण कर्जा कार्यक्रमबाट पुस मसान्तसम्ममा ६० हजार ८ सय ७९ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भएको केन्द्रीय बैंकले जनाएको छ । पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको एक खर्ब ३७ करोड यस्तो कर्जा लगानी गरेका छन् । यसमध्ये […]

टाटाको गाडि किन्ने उद्यमीलाई रावा बैंकको सहुलियत कर्जा

१३ पुस, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्गबीच सहुलियतपूर्ण तथा सवारी कर्जा लगानी गर्ने सम्बन्धमा दुईवटा अलग–अलग सम्झौता सोमबार काठमाडौंमा सम्पन्न भएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ …

बैङ्कका सबै शाखाले सहुलियत कर्जा लगानी गर्नैपर्ने

२ साउन, काठमाडौं । बैङ्कका सबै शाखा कार्यालयहरूले सहुलियत कर्जा अनिवार्य लगानी गर्नुपर्ने भएको छ । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले बैङ्कका सबै शाखाले सहुलियत कर्जा लगानी गर्नैपर्ने बाध्यकारी व्यवस्था गरेको हो । सरकारले चालु …

बैंकका शाखाहरूले पनि सहुलियतको कर्जा लगानी गर्नैपर्ने

काठमाडौं : सरकारले आर्थिक वर्ष २०७७/ ७८ को लागि प्रस्तुत गरेको बजेटमा बैंकहरूका सबै शाखा कार्यालयहरूले सहुलियत कर्जा अनिवार्य लगानी गर्नुपर्ने जनाएको छ।  अर्थमन्त्री डा युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै वाणिज्य बैंकको एउटा शाखाले कम्तीमा १० जनालाई सहुलियत कर्जा लगानी गर्नैपर्ने बताए। विकास बैंकक...

https://www.onlinekhabar.com/2020/05/868442

१५ जेठ, काठमाडौं । बैंकहरूका सबै शाखा कार्यालयहरूले सहुलियत कर्जा अनिवार्य लगानी गर्नुपर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा बैंकका सबै सबै शाखाले सहुलियत कर्जा लगानी गर्नै पर्ने बाध्यकारी व्यवस्था गरिने घोषणा गरेको …