सिन्धु विकास बैंक र कोषबीच कर्जा लगानी सम्झौता

काठमाडौं (अस) । सिन्धु विकास बैंक र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबीच कर्जा लगानी सम्झौता भएको छ । सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीले हस्ताक्षर गरेका छन् । बिहीवार सम्पन्न उक्त सम्झौता अनुसार बैंकले आफ्नो कार्यक्षेत्रमा रहेका १८ देखि ६० वर्ष उमेर समूहका बेरोजगार व्यक्तिलाई  व्यापार व्यवसाय गर्न व्यक्तिगत २ लाख तथा समूहगत ३० लाख रुपैयाँसम्म सहुलियत कर्जा उपलब्ध गराउनेछ । बैंकले बेरोजगार युवालाई वार्षिक ८ प्रतिशतका दरले ३ वर्ष ६ महीनाका लागि कर्जा उपलब्ध गराउनेछ । कोषले युवा स्वरोजगार कर्जा उपभोग गर्ने ऋणी तथा परियोजना दुवैको बीमा समेत गरिदिने व्यवस्था छ । साथै कर्जाको साँवा तथा ब्याज समयमै तिर्ने असल ऋणीलाई तिरेको ब्याजको ६० प्रतिशतसम्म अनुदान फिर्ता समेत गरिदिनेछ ।

सम्बन्धित सामग्री

सिन्धु विकास बैंक र युवा स्वरोजगार कोषबीच सम्झौता

सिन्धु विकास बैंक र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबीच कर्जा लगानी सम्झौता भएको छ ।सम्झौतामा कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीले हस्ताक्षर गरेका छन् । सम्झौताअन्र्तगत बैंकले आफ्नो कार्यक्षेत्रमा रहेका १८ देखि ६० वर्ष उमेर समूहका वेरोजगार व्यक्तिलाई लक्षित गर्दै उनीहरुको क्षमता तथा व्यापार व्यवसाय वृद्धि गर्न प्रति […]