काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले नागरिकता नहुनेहरूलाई पनि मतदानमा सहभागी गराउनुपर्ने बताएका छन्। आइतबार फेसबुकमा लेख्दै लाखौँ मधेशी नागरिकको नागरिकता नभएकाले सबैलाई मतदाता प्रक्रियामा सहभागी गराउन माग गरेका हुन्। अध्यक्ष यादवले लेखेका छन्, ‘निर्वाचन प्रक्रियामा भाग लिन पाउनु प्रत्येक नागरिकको नैसर्गिक अधिकार हो। नागरिकता प्रमाणपत्र बनाउनु र नागरिक हुनु दुवै फरक विषय हुन्। नागरिकता प्रमाणपत्र नभएको अथवा राज्यले दिन नसकेको कारणले मात्र कुनै पनि