जसपा उपेन्द्र यादव पक्षको कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं।जसपाको उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ।बिहान ११ बजेपछि बस्ने बैठकमा महन्थ ठाकुर,राजेन्द्र महतोसहितका नेतामाथि बहुमतले गरेको कारबाही अमान्य हुने निर्वाचन आयोगको निर्णयबारे छलफल हुने बताइएको छ। यसअघि नै उपेन्द्र यादव पक्षले आयोगको निर्णयप्रति आपत्ति जनाइसकेको छ। कारबाही अस्वीकार गर्ने आयोगको निर्णयलगत्तै एकतर्फी रूपमा कार्यकारिणी सदस्य थप गरेका ठाकुरले भने बैठकमा नजान कार्यकारिणी सदस्यहरुलाई आग्रह गरेका थिए।

सम्बन्धित सामग्री

जसपा बाबुराम र उपेन्द्र पक्षको छुट्टाछुट्टै केन्द्रीय बिस्तारित बैठक बस्दै

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय बिस्तारित बैठक बुधबार बस्दैछ। केन्द्रीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षको बैठक काठमाडौँमा बस्दैछ भने कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव पक्षको बैठक वीरगञ्जमा बस्दैछ। पछिल्लो समय द्वय अध्यक्षबीच पार्टीमा खटपट सुरु भएको छ। मंगलवारको बैठकमा अध्यक्ष भट्टराईले अर्का अध्यक्ष उपेन्द्र यादवले पदको लोभ गरेको अन्य कम्युनिष्ट र कांग्रेस पार्टी […]

सत्ता गठबन्धन दलको बैठक बस्दै

काठमाडौं : सत्ता गठबन्धन दलको बैठक आज पनि बस्दैछ। बिहान ८:३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जसपा संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत सहभागी हुनेछन्। त्यसैगरी…

जसपा कार्यकारिणी समितिको बैठक बस्दै, सरकारमा जाने विषयमा छलफल हुने

जनता समाजवादी पार्टी (जसपा)ले आज केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक दिउँसो २ बजे बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बस्ने कार्यकारिणी सदस्य तथा सांसद रेणु यादवले जानकारी दिइन् । सोमवार उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता पाएसँगै आज कार्यकारिणी समितिको बैठक बोलाइएको हो ।  सरकारमा सहभागी हुने, संसदीय दलको नेता चयन गर्ने र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने सांसद यादवले बताइन् ।

जसपा आधिकारिकता विवादको टुंगो आज

जनता समाजवादी पार्टी (जसपा) आधिकारिताबारे निर्वाचन आयोगले आज (सोमबार) निर्णय गर्दै छ । आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर समूह छुट्टाछुट्टै बैठक बस्दै अगामी रणनीति तय गर्नमा जुटेका छन् ।यादव पक्षले आफूनिकट कार्यकारिणी समितिका सदस्य तथा सांसदलाई गोदावरी भिलेज रिसोर्टमा राखेर आइतबार प्रशिक्षण दिएको छ । संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष यादव र वरिष्ठ नेताा अशोक राईले प्रशिक्षण दिएका छन् । उनीहरूलाई आइतबार राति रिसोर्टमै राख्ने र सोमबार बि

जसपा आधिकारिकता विवादको टुंगो आज

जनता समाजवादी पार्टी (जसपा) आधिकारिताबारे निर्वाचन आयोगले आज (सोमबार) निर्णय गर्दै छ । आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर समूह छुट्टाछुट्टै बैठक बस्दै अगामी रणनीति तय गर्नमा जुटेका छन् । यादव पक्षले आफूनिकट कार्यकारिणी समितिका सदस्य तथा सांसदलाई गोदावरी भिलेज रिसोर्टमा राखेर आइतबार प्रशिक्षण दिएको छ । संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष यादव र वरिष्ठ नेताा अशोक राईले प्रशिक्षण दिएका छन् । उनीहरूलाई आइतबार राति रिसोर्टमै राख्ने र सोमबार बिहानको चिया तथा खाना खा...

जसपा विवाद : दुवै पक्षको छुट्टाछुट्टै बैठक बस्दै

जनता समाजवादी पार्टी नेपालको दुवै समूहको छुट्टा छुट्टै कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर समूहको बैठक बबरमहलस्थित पार्टी कार्यालयमा १ बजे बस्नेछ भने अर्का अध्यक्ष उपेन्द्र यादव समूहको बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा १२ बजे बस्ने बताइएको छ ।निर्वाचन आयोगले हेड काउन्टरका लागि दुवै पक्षका आयोगमा उपस्थित हुन भनेपछि त्यसको तयारीका लागि दुवै समूहको बैठक छुट्टा छुट्टै बस्न लागेको हो । दुवै समूहले आआफ्नो पक्षमा बहुमत पुर्‍याउनका लागि प्रयास गरिरहेका छ

जसपा उपेन्द्र यादव समूहको केन्द्रीय कार्यकारिणीको बैठक बस्दै

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा) अध्यक्ष उपेन्द्र यादव समूहको केन्द्रीय कार्यकारिणीको बैठक आज बस्दैछ। अर्का अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको भोलिपल्ट यादव समूहको बैठक बस्न लागेको हो। पार्टी कार्यालय बालकुमारीमा११बजे बस्ने बैठकमा काठमाडौंमा उपलब्ध केन्द्रीय कार्यकारिणी सदस्यहरु सहभागी हुने पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए। बैठकमा निर्वाचन आयोगको सनाखत र सर्वोच्च अदालतको मुद्दा लगायतमा छलफल गरिनेछ।

जसपा कार्यकारिणी समितिको बैठक बस्दै, ४३ जनालाई मात्र निम्तो

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । बिहीवार बिहान साढे ११ बजे उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षीय केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्न लागेको हो । अध्यक्ष यादवका अनुसार बैठकबाट वर्तमान राजनीतिक परिस्थितिको सन्दर्भमा विचार विमर्श गरी महत्त्वपूर्ण निर्णय लिइने छ ।जसपामा बहुमत पक्षको निर्णयलाई निर्वाचन आयोगले मान्यता नदिएपछि यादव पक्षीय बैठक बस्न लागेको हो । ठाकुरसहित नेता महतो, कार्यकारिणी सदस्य शरतसिंह भण्डारी, अनिकुमार झा, राजकिशोर यादव, सर्