वीरगञ्ज – वीरगञ्जमा आउँदो शनिबारदेखि अल्पाइन टी २० क्रिकेट टुर्नामेन्ट हुने भएको छ। बिहीबार आयोजक अल्पाइन माध्यमिक विद्यालयले पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो। वीरगञ्ज महानगरका १६ वटा निजी विद्यालयको सहभागितामा क्रिकेट टुर्नामेन्ट अगामी २७ गतेदेखि फागुन १९ गतेसम्म हुने आयोजक अल्पाइन माध्यमिक विद्यालयका सञ्चालक एवं प्रतियोगिताका संयोजक विनोदकुमार उपाध्यायले जानकारी दिए। प्रतियोगितामा सहभागी […]