२७ औँ महानगर दिवस तीन दिन मनाउने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो २७ औँ महानगर दिवसमा ज्येष्ठ नागरिकलाई निःशुल्क निमोनियाको खोप लगाउने भएको छ । समारोहका संयोजक काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यका अनुसार समारोहमा ज्येष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप तथा स्वास्थ्य शिविर, विशेष सरसफाइ, खेलकुद र सांस्कृतिक कार्यक्रमसहित यही मङ्सिर २७, २८ र २९ गते महानगर दिवस मनाउन लागिएको हो । सो […]

सम्बन्धित सामग्री

महानगर दिवस सप्ताहव्यापी मनाउने तयारी

काठमाडौं : काठमाडौं महानगरपालिकाले २८ औं महानगर दिवस सम्पदा महोत्सवसहित सप्ताहव्यापी मनाइने भएको छ। राजधानीमा बुधबार महानगर दिवसबारे जानकारी दिइएको हो। महानगर दिवसको दिन मंसिर २९ गते महिला उद्यमी मेला र स्थानीय परिकारको प्रवर्द्धन गर्न भोजन मेला हुने भएको छ।महानगरका प्रवक्ता नविन मानन्धरका अनुसार दिवसको अवसरमा खुला क्षेत्रको सरसफाइ, महशुस यात्रा, चित्रकला, विशेष सरसफाइ, स्वास्थ्य शिविर, हाँडीगाउँ सम्पदा महोत्सव र सम्मान कार्यक्रमहरू हुने भएका छन्। महानगरले ७ जना जनप्रतिनिधि, ५ जना

तीनकुने पार्क बनाउछु भनेका विद्यासुन्दर शिलान्यास नै नगरी बिदा हुँदै

काठमाडौँ महानगरपालिकाले मंसिर २९ गते २७ औँ महानगर दिवस मनायो । तर, २०७४ सालको स्थानीय तहको निर्वाचन ताका तीनकुनेमा पार्क काम १ सय दिनभित्रै सुरु गर्ने दाबी गरेको मेयर विद्या सुन्दर शाक्यले आफ्नो साढे ४ वर्षे कार्यकाल बिताईसक्दा पनि अझै काम सुरु गर्न सकेका छैनन् ।शाक्यले आफूले १ सय दिनमा गर्ने कामका १०१ सूचीमा ‘तीनकुनेमा अत्याधुनिक पार्कको निर्माण शुरु गर्ने’ भनेर लेखेका थिए । तर, बल्ल आर्थिक वर्ष २०७६/०७७ मा बजेट ल्याउँदा यस विषय समेटियो । अर्को आर्थिक वर्ष २०७७/०७८ को बजेटमा पनि उनले यो विषय समावेश गराए । तर, तीनकुने चउरको एउटा सिन्को पनि भाँचिएन ।आफ्ना उपलब्धि सार्वजनिक गर्दै केही दिनअघि मेयर शाक्यले तीनकुनमा बुद्ध पार्क बनाउने आफ्नो योजना पूरा गर्न नसकेको स्वीकार पनि गरिसकेका छन् ।के हो विवाद ?तीनकुने चउर ४६ वर्षदेखि अलपत्र छ । त्यहाँ अत्याधुनिक बुद्ध पार्क बनाउन भनेर डिजाइन बनाइएको उहिल्यै हो । तर, मुआब्जाको विवाद भने टुंगिने संकेत नै देखिएको छ ।गत वर्ष नै मेयर शाक्यले मुआब्जामा देखिएको विवाद सुल्झाउन आफूले महानगरको तर्फबाट एक जना अधिकारी नै खटाएको दाबी गरेका थिए । ती अधिकारीले काम गरिरहेको र आर्थिक वर्ष २०७७/०७८ भित्रै मुआब्जा विवाद सकेर निर्माणको काम सुरु गर्ने दाबी मेयर शाक्यको थियो । तर, विवाद सुल्झिनुको सट्टा झन बल्झिएको छ । जग्गाधनीले चल्तीको मुल्यअनुसार मुआब्जा पाउनुपर्ने अडान छोडेका छैनन् । तत्कालीन नेपाल सरकारले २०३२ साल जेठ १४ गते जग्गाप्राप्ति ऐन अनुसार तीनकुनेको जग्गा अधिग्रह गरेपछि धेरै जग्गाधनीले पहिले नै मुआब्जा पाइसकेका छन् । तर, करिब २२ रोपनी जग्गाको मुआब्जा दिन बाँकी रहेको र उनीहरुले हाल चनलचल्तीको मूल्य अनुसार मुआब्जा पाउनुपर्ने माग गर्दा पहिला लिएकाहरुले पनि हालको मूल्य अनुसारको मुआब्जा दाबी गरेको महानगरको भनाई छ ।अहिले करिब १४ रोपनी जति जग्गाको मुआब्जा चनलचल्तीको भाउ अनुसार दिँदा पहिला मुआब्जा बुझेकाहरुले पनि अहिलेको भाउ अनुसार हामीलाई पनि थप मुआब्जा चाहिन्छ भनेका छन् । यस विषयमा सम्बोधन हुने गरी महानगरले बजेट ल्याउने भनिएपनि डीपीआरको लागि मात्रै बजेट ल्याएको छ । अब बैशाखसम्ममा स्थानीय तहको निर्वाचन गरिसक्नुपर्ने बाध्यतात्मक अवस्था छ । विद्यासुन्दरको कार्यकाल अब मुस्किलले ५ महिना छ । यो अवधिमा उनले तीनकुने पार्कको शिलान्यास गर्ने सम्भावना छैन११ रोपनीको पैसा नै फिर्ताविवाद रहेको ३५ रोपनीमध्ये २१ रोपनीको मुअब्जा दिईसकिएको महानगरको दाबी छ । पछिल्लो समय सरकारले पठाएको १५ करोडमध्ये १० करोड ८० लाख वितरण भएको र बाँकी रकम फिर्ता भएको थियो । २०३२ साल जेठ १४ गते जग्गा प्राप्ति ऐन अनुसार उक्त ठाउँको जग्गा अधिग्रहण गरेपनि २०५९ असार ३२ मा मात्रै मुआब्जाको रकम तोकिएको थियो । त्यतिबेला प्रतिरोपनी ५१ लाख २० हजार रकम तोकेर निकासा गरिएको थियो । मुआब्जा वितरणका लागि १५ करोड निकासा भए अनुसार २०६४ माघ १४ देखि २०६६ माघ मसान्तसम्म २१ रोपनी ११ आना २ पैसाको मुआब्जा वितरण भएको छ । बाँकी जग्गा धनीले मुआब्जा बुझ्न नमानेपछि २०७० साउन २४ गते महानगरपालिकाले बाँकी रकम फिर्ता पठाएको थियो ।

काठमाडौं महानगरमा ज्येष्ठ नागरिकलाई निःशुल्क निमोनिया खोप

काठमाडौं, मंसिर २६ । काठमाडौं महानगरपालिकाले यस वर्ष तीन दिन महानगर दिवस मनाउने भएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महानगरपालिकाले यस वर्ष आउँदो मंसिर २७ देखि २९ गतेसम्म तीन दिन महानगर दिवस मनाउने निर्णय गरेको हो । महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले २०५२ सालमा काठमाडौं महानगरपालिका घोषणा गरेदेखि यता हरेक वर्ष मंसिर २९ गतेलाई […]

काठमाडौँ महानगरपालिकाले २७ औँ महानगर दिवस तीन दिन मनाउने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो २७ औँ महानगर दिवसमा ज्येष्ठ नागरिकलाई निःशुल्क निमोनियाको खोप लगाउने भएको छ । समारोहका संयोजक कामपाका प्रमुख विद्यासुन्दर शाक्यका अनुसार समारोहमा ज्येष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप तथा स्वास्थ्य शिविर, विशेष सरसफाइ, खेलकुद र सांस्कृतिक कार्यक्रमसहित यही मङ्सिर २७, २८ र २९ गते महानगर दिवस मनाउन लागिएको हो ।