आगामी आवको नीति तथा कार्यक्रमको तयारीमा सेबोन

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) आगामी आर्थिक वर्ष २०७८/७९ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रमको तयारीमा जुटेको छ । यस क्रममा सेबोनले पहिलो चरणमा शुक्रवार सरोकारवालाहरूसँग अन्तरक्रियामार्फत सुझाव संकलन गरेको छ । नेपालको पूँजी बजारको विकासका लागि चारवर्षे रणनीतिक योजना नै तर्जुमा गरी अगाडि बढेको जानकारी दिँदै बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले आगामी आवमै उक्त रणनीतिको करीब ४० प्रतिशत कार्यान्वयन हुने दाबी गरे । उनका अनुसार सम्बद्ध सबै पक्षको साथ भए आगामी केही वर्षमा नेपालको पूँजी बजारमा ठूलो संरचनात्मक परिवर्तन र सुधार भएर अन्तरराष्ट्रियस्तरको बन्ने बताए । कार्यक्रममा बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्कीले कर्पोरेट मोडेलमा नयाँ स्टक एक्सचेञ्जलाई अनुमति दिनुपर्ने, सूचीकृत कम्पनी बढाउन पहल गर्नुपर्ने, बजारको स्थायित्वमा जोड दिनुपर्नेतर्फ ध्यानाकर्षण गराए । ‘अब नेपाल स्टक एक्सचेञ्जको क्षमता बढाउनुपर्छ,’ उनले भने, ‘स्टक ब्रोकरलाई डिलरशिप र कर्पोरेट एड्भाइजरी कार्य गर्न पाउने, इक्विटी डेरिभेटिभ्सको व्यवस्था र बोर्डलाई आयकर नलाग्ने व्यवस्था गर्नुपर्छ ।’ कार्यक्रममा बोर्डका पूर्वअध्यक्ष दीपकराज काफ्लेले मर्जर तथा प्राप्ति, एड्भाइजरी भूमिकाका सम्बन्धमा व्यवस्था गर्नुपर्ने र बजारको स्थायित्वका लागि जोड दिनुपर्ने धारणा राखे । प्राडा. राधेश्याम प्रधानले पूँजी बजारसम्बन्धी अध्ययन अनुसन्धान कार्यलाई विशेष प्राथमिकता, अनुसन्धानमूलक लेख समेटिएको जर्नल प्रकाशनलाई निरन्तरता र कम्प्लायन्सको पक्षलाई विशेष ध्यान दिनुपर्ने लगायत विषयमा धारणा राखे । बोर्डका पूर्वसदस्य नरबहादुर थापाले पूँजी बजारलाई राष्ट्रिय अर्थतन्त्र एवं अन्तरराष्ट्रिय बजारसँग आबद्ध हुनेगरी विकास, लगानीको औजारको विविधीकरण, ऋणपत्र बजारको विस्तार गर्नुपर्ने र बजारको गहिराइ बढे अनुसार दायरा बढाउनुपर्ने सुझाए । अर्का वक्ता डा. केशव श्रेष्ठले बोर्डले आफ्नो नियमन संरचना सुदृढ बनाउनुपर्ने, बजारमा प्रवेश गरेका नयाँ लगानीकर्तालाई बजारबाट विकर्षित हुन नदिने र प्रि–आईपीओको व्यवस्था शीघ्र गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष सन्तोष मैनालीले बजारको पहुँच विस्तारका लागि आधिकारिक प्रतिनिधिको शीघ्र व्यवस्था गर्नुपर्ने, धितोपत्र दलाललाई सार्वजनिक कम्पनीमा रूपान्तरण गर्दा निश्चित प्रतिशत शेयर सार्वजनिक निष्कासन गर्न दिनुपर्ने तथा ऋणपत्र बजारको विकास गर्नुपर्ने बताए । मर्चेन्ट बैंकर्स एशोसिएशनका अध्यक्ष मेखबहादुर थापाले बजार सहभागीको क्षमता अभिवृद्धि गर्नुपर्ने, स्वस्थ प्रतिस्पर्धालाई जोड दिनुपर्ने एवं प्रशिक्षण संस्था स्थापना गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा नेप्सेका कार्यकारी प्रमुख चन्द्रसिंह साउदले इन्ट्राडे ट्रेडिङ, ओटीसी बजार प्रभावकारी बनाउने तथा एसएमइज बजारको स्थापना गर्नुपर्नेमा जोड दिँदै संस्थागत ब्रोकर राख्नुपर्ने, पेमेन्ट गेटवे स्थापना गर्नुपर्ने बताए । यस्तै, सीडीएससीका कार्यकारी प्रमुख पुण्यप्रसाद आचार्यले सरकारी ऋणपत्रको अभौतिकीकरण गर्ने अवस्था बनेकोबारे ध्यानाकर्षण गराए । कार्यक्रममा लगानीकर्ता संघसंस्थाका प्रतिनिधि उत्तम अर्याल, छोटेलाल रौनियार, हरि ढकाल लगायत वक्ताले भित्री कारोबार नियन्त्रण गर्नुपर्ने, सीडीएस र टीएमएस प्रभावकारी बनाउनुपर्ने, नेप्सेको वेबसाइट थप स्तरीय बनाउनुपर्ने, धितोपत्र बजारको प्रविधि लगानीकर्तामैत्री बनाउनुपर्ने, बोर्डले नियमनको पाटोलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने, बजार विकास तथा विस्तारका लागि नियमनकारी निकायबीच समन्वय हुनुपर्ने र तथ्यहीन र भ्रामक समाचार प्रसारण हुने सञ्चार माध्यम तथा सामाजिक सञ्जाल नियन्त्रण गर्नुपर्ने जस्ता सुझाव दिएका छन् । कार्यक्रमको समापन गर्दै बोर्डका कार्यकारी निर्देशक निरज गिरीले प्राप्त सुझावहरू बोर्डका लागि मार्गदर्शक भएको बताए ।

सम्बन्धित सामग्री

नेपालगन्जको नीति तथा कार्यक्रम: पुरानै कार्यक्रमको निरन्तरता

शनिबार आगामी आर्थिक वर्ष २०८०/०८१ को प्रस्तुत नीति तथा कार्यक्रममा पनि हुबहु सोही कार्यक्रम ल्याएको छ।...

नीति तथा कार्यक्रमको टिप्पणी गर्नु आवश्यक छैनः गठबन्धन

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गरेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम पेस गरे । नीति तथा कार्यक्रममा रोजगारी उल्लेख्य वृद्धि गर्न स्थानीय तहसँग साझेदारीलाई प्राथमिकता दिइने, प्रदेश गौरवको आयोजना पहिचान गरिने, गरिबी निवारणका उपायको अध्ययन अनुसन्धान गरिनेलगायतका विषय उल्लेख छ […]

सुदूरपश्चिमको नीति तथा कार्यक्रम,पुरानै नीति तथा कार्यक्रमको नयाँ स्वरुप

सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरिएको छ । प्रदेश प्रमुख देवराज जोशीले बुधबार बसेको प्रदेश सभा बैठकमा सो नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले नयाँ आर्थिक वर्षका लागि पुरानै सरकारले ल्याएर कार्यान्वयन गरेको नीति तथा कार्यक्रमको नयाँ स्वरुपमात्रै दिएको छ । पुराना कार्यक्रमलाई […]

नीति तथा कार्यक्रमको पूर्णपाठ

काठमाडौँ– सरकारले आगामी आर्थिक वर्ष २०८०-८१का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति कार्यक्रम आज प्रस्तुत गरे ।  नीति तथा कार्यक्रमको पूर्णपाठ यस प्रकार छ–  प्रतिनिधि सभाका सम्माननीय सभामुख राष्ट्रिय  सभाका सम्माननीय अध्यक्ष संघीय संसद्‌का माननीय सदस्यहरू १- संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिको हैसियतले सम्मानित  संघीय संसद्को […]

हेर्नुहोस् आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको पूर्णपाठ

सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

सरकारको नीति तथा कार्यक्रमको (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

१० जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । नीति तथा कार्यक्रमको पूर्णपाठ पढ्नुहोस् :

संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न सुरु

प्रतिनिधि सभा र राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको प्रस्तुती सरू भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुती सुरू भएको हो ।सरकारले प्रत्येक वर्षको जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्छ । त्यसअघि, प्रतिनिधि सभा र  राष्ट्रिय सभामा राष्ट्रपतिले सरकारकोतर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।