चुनावी गठबन्धन सिद्धान्तहीन, आदर्शहीन र गन्तव्यहीन राजनीतिक अभ्यास

नेकपा (एमाले) का नेता तथा प्रतिनिधि सभा सदस्य डा. भीम रावलले निर्वाचनमा दलहरुबीच गठबन्धन गरेर जानु देशलाई सिद्धान्तहीन, आदर्शहीन र गन्तव्यहीन राजनीतितर्फ धकेल्ने प्रयासको आरोप लगाउनुभएको छ । मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणा भएलगत्तै वर्तमान सत्ता गठबन्धनले चुनावी तालमेल गरेर जाने निर्णय गरेसंगै नेता डा. रावलले निर्वाचनमा गठबन्धन गरिनु संविधान विपरीत हुने …

सम्बन्धित सामग्री

अर्थतन्त्र उकास्ने अवसर र उपाय

प्रतिनिधिसभाको चुनावपछि पनि नेपालको राजनीति अनपेक्षित ढंगले अनिश्चित र अस्थिर रह्यो । तेस्रो ठूलो पार्टीले नेतृत्व गर्ने गरी यसबीचमै दुई फरक सत्ता गठबन्धन बने । सत्ता समीकरणमा एमालेको प्रवेशसँगै चुनावी गठबन्धन भत्किए पनि राष्ट्रपति चुनावसम्म आइपुग्दा पुरानै गठबन्धन सत्तामा फर्केको छ । यस्ता घटनाक्रमले नेपालको राजनीति थप अनिश्चित र अनपेक्षित हुने अशुभ संकेत गरेको छ ।

अस्थिरताका खेलाडी प्रचण्ड, राजनीति झन् झन् अविश्वसनीय

प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा एउटा, प्रधानमन्त्री छान्दा अर्को र राष्ट्रपति चुनावमा फेरि अर्कै गठबन्धन गरेर नेपालका दलहरुले विचार, मान्यता र आदर्शलाई मजाक बनाएका छन् । पछिल्लो राजनीतिक अस्थिरतामा प्रचण्ड मुख्य कारक छन् ।

सहज छैन नेपाली कांग्रेसलाई मोरङमा, के फर्काउला कोइराला परिवारको विरासत ?

नेपाली कांग्रेस, कोइराला परिवार र मोरङ जिल्लालाई कतिपयले एकअर्काका पूरकमा रूपमा हेर्ने गरेका छन्। कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको निवास रहेको विराटनगर कुनै बेला नेपालको प्रजातान्त्रिक आन्दोलनको केन्द्र थियो।लामो समय आफ्नो दलको र २०६२/२०६३ सालको जनआन्दोलनको नेतृत्व गरेका गिरिजाप्रसाद कोइरालाले आफ्नो गृहनगरलाई उच्च महत्त्व दिएको देखिन्थ्यो।परम्परागत रूपमा नै कांग्रेसको उल्लेख्य राजनीतिक प्रभाव रहेको मोरङमा पछिल्ला निर्वाचनहरूमा उक्त दलले नराम्रो पराजय भोग्दै गएको छ।कतिपय विश्लेषकले त्यहाँ कांग्रेसको किल्ला तोडिएको र कोइराला परिवारको राजनीतिक विरासत समाप्त भएको भन्दै प्रश्न समेत गर्ने गरेका छन्।यसपालि कोइराला परिवारका दुई उम्मेदवारमङ्सिर ४ गते हुने संसदीय निर्वाचनमा मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये दुईवटा क्षेत्रमा पुन: कोइराला परिवारकै सदस्य चुनावी मैदानमा छन्।मोरङ क्षेत्र नं ६ मा डा. शेखर कोइराला उम्मेदवार बनेका छन्। कांग्रेस नेत्री स्वर्गीय नोना कोइरालाका पुत्र शेखर एमालेका नेता लालबाबु पण्डितसँग दोस्रो पटक प्रतिस्पर्धा गर्न लागेका हुन्।उनलाई २०७४ सालको निर्वाचनमा पण्डितले झिनो मतान्तरले पराजित गरेका थिए।यसपालि कोइराला आफ्नो गृहनगरमा गुमेको कांग्रेसको साख फर्काउनले दाउमा छन् भने पण्डित कांग्रेसको किल्ला यस पटक पनि तोड्ने कसरतमा देखिन्छन्।पूर्वसभापति गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता पनि आफ्ना बुवाको राजनीतिक विरासत फर्काउने दाउमा छिन्। उनी आफ्ना पिताको चुनावी क्षेत्र मोरङ क्षेत्र नं २ बाट उम्मेदवार बनेकी छन्।यसअघिको चुनावमा उक्त क्षेत्रमा मात्रै कांग्रेसले चुनाव जितेको थियो।मोरङमा प्रतिनिधिसभामा ६ र प्रदेशसभामा १२ वटा निर्वाचन क्षेत्र छन्।अघिल्लो निर्वाचनमा नेकपा एमालेले मोरङका तीनवटा क्षेत्रमा जित हासिल गरेको थियो।एमालेसँग तालमेल गरेका माओवादी केन्द्रका उम्मेदवारहरूले दुईवटा निर्वाचन क्षेत्रमा जितेका थिए।फेरिएको समीकरणमोरङका अधिकांश चुनावी क्षेत्रमा चिरपरिचित प्रतिस्पर्धी भए पनि यस पटक राजनीतिक समीकरण फेरिएको छ।अघिल्लो चुनावमा नेकपा एमाले र माओवादीले बनाएको वाम गठबन्धन यसपालि भत्किएकाले त्यसको प्रभाव यहाँको निर्वाचन पनि पर्ने देखिन्छ।हाल सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी पार्टीसहितका दलबीच चुनावी गठबन्धन रहेकाले आफ्ना उम्मेदवारलाई यस पटक सहज हुने अपेक्षा कांग्रेसका कतिपय नेताले गरेका छन्।तर गठबन्धनका कारण कतिपय आकाङ्क्षीहरूले टिकट नपाएका कारण देखिएको असन्तुष्टि र पार्टीभित्रको आन्तरिक गुटबन्दी आत्मघाती हुने सक्ने कतिपयको बुझाइ पाइन्छ।विरासत फर्किएला कि नफर्किएला?पछिल्लो कांग्रेस महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवालाई चुनौती दिएका डा. शेखर कोइरालाको भावी राजनीतिका लागि पनि यो चुनाव महत्त्वपूर्ण हुने ठानिएको छ।राजनीतिक विश्लेषक गिरीश भट्टराई मोरङमा कांग्रेस र कोइराला परिवारको साख पुन: फर्किन सक्ने ठान्छन्।उनी भन्छन्, 'कांग्रेसको नवौँ महाधिवेशनअघि एउटा केन्द्रीय सदस्यको रूपमा मात्र रहेका डा. शेखर कोइरालाको राजनीतिक उचाइ महाधिवेशनपछि निकै माथि पुगेको छ।काङ्ग्रेसभित्रका ४० प्रतिशत नेता तथा कार्यकर्ताको नेतृत्व गर्ने हैसियतमा उनी पुगेका छन्।चुनाव जितेर संसद्‌मा पुगेको अवस्थामा उनको राजनीतिक हैसियत अझै बढ्न सक्ने तर्क विश्लेषक भट्टराईको छ।उनले भने, 'उनको उम्मेदवारी र सम्भावनाका कारण गृहजिल्ला मोरङमा कांग्रेसले गुमाएको साख फर्काउन मद्दत पुग्छ जस्तो लाग्छ।'तर अर्का राजनीतिक विश्लेषक पुरञ्जन आचार्य विरासतको राजनीति अब समाप्त हुँदै गएको बताउँछन्।उनी भन्छन्, 'दक्षिण एशियाबाटै वंशसत्ता हराउँदै गएको सन्दर्भमा नेपालमा पनि त्यस्तै हुँदै गएको देखिएको छ। पहिला विगत हेरेर राजनीति हुन्थ्यो अब क्रमभङ्ग हुदैछ, भविष्य हेरेर राजनीति गर्नेहरू मात्र सफल हुन्छन्।'विराटनगर महानगर समेत समावेश भएको मोरङ ६ नं निर्वाचन क्षेत्रबाट चुनाव उठेका कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले भने आफू विरासतमा विश्वास नगर्ने बताउने गरेका छन्।विगतको परिणामबहलुदलीय व्यवस्था पुनर्बहाली भएपछि २०४८ सालयता भएका संसदीय निर्वाचनहरूमा मोरङ जिल्लामा नेपाली कांग्रेस र नेकपा एमालेबीच दह्रो प्रतिस्पर्धा देखिन्छ।विक्रम संवत् २०४८ को चुनावमा दुवै दलले तीन-तीनवटा सीट जितेका थिए भने २०५१ सालको मध्यावधि चुनावमा नेपाली कांग्रेसले तीन र एमालेले चार सीट जितेका थिए।विक्रम संवत् २०५६ को कांग्रेस र एमालेले तीन-तीन र नेपाल सद्‌भावना पार्टीले एक क्षेत्रमा जितेका थिए।तर २०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा माओवादीले एकछत्र जितेको बेला कांग्रेस सातमध्ये एउटा क्षेत्रमा मात्र विजयी भएको थियो।उक्त चुनावमा माओवादीले चार र उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनाधिकार फोरम नेपालले चार-चार क्षेत्रमा जित हात पारेका थिए।तर २०७० सालको संविधानसभा चुनावमा नौवटा निर्वाचन क्षेत्रमध्ये पाँच वटामा विजयी भएको कांग्रेसले संविधान जारी भएपछि भएको पहिलो संसदीय चुनावमा भने एउटा सीट मात्रै जित्न सक्यो।अघिल्लो चुनावमा मोरङ क्षेत्र नं २ बाट कांग्रेस नेता मीनेन्द्र रिजाल आफ्ना प्रतिस्पर्धीलाई झन्डै २,००० मतान्तरले हराएर निर्वाचित भएका थिए।उक्त चुनावमा कोइराला परिवारको विरासत थाम्ने ठानिएका डा. शेखर कोइराला र लामो समयदेखि मोरङमा राजनीति गरेका पूर्वअर्थमन्त्री महेश आचार्यको पराजयले कतिपयलाई आश्चर्यमा पारेको थियो।चुनौती के छन् ?यस पटकको चुनावमा आचार्य र रिजाल उम्मेदवार छैनन्। उनीहरूले टिकट नपाउँदा कतिपय नेता तथा कायकर्तामा असन्तुष्टि देखिएको छ।यसअघि क्षेत्र नं २ बाट विजयी भएका नेता रिजालले पार्टी सभापतिले टिकट वितरणका क्रममा आफूप्रति पूर्वाग्रह राखेको सार्वजनिक रूपमा नै बताएका छन्।कांग्रेसको संस्थापन पक्ष र संस्थापनइतर पक्षबीच टिकट वितरणदेखि समानुपातिक सूची तयार पार्दासम्म मतभिन्नताहरू प्रकट भएका विवरण आएका थिए।तर कुनै विवाद नरहेको सन्देश दिने प्रयासमा हालै नेता कोइरालाले पार्टी सभापति र आफूबीच कुनै किसिमको मतभिन्नता नरहेको बताएका थिए।मोरङको संसदीय चुनावमा प्राप्त हुने परिणामले कोइराला परिवारका दुई सदस्यको मात्रै नभई नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा समेत महत्त्वपूर्ण प्रभाव पार्ने कैयौँको विश्लेषण पाइन्छ। -बिबिसीबाट

पार्टी राजनीति सुध्रिनुको विकल्प छैन

चुनावी माहोलले नेपालको राजनीति तरंगित बनिरहेको छ । विभिन्न कोणबाट चुनावकेन्द्रित बहसहरू भइरहेका छन् । त्यस्ता बहसहरूमा स्थापित पार्टीका शीर्षस्थ नेताहरूलाई हराउनुपर्ने र चुनावी गठबन्धन गर्न हुने–नहुने विषयले सबैभन्दा बढी ठाउँ पाएका छन् ।

सत्ताधारी दल र चुनावी गठबन्धन

प्रारम्भःनेपाली कांग्रेस नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीलगायतका दलसँग गठबन्धन गर्दै सत्तामा छ । नेपालको राजनीति धेरै लामो समयदेखि मिलिजुली संस्कृतिबाट अघि बढिरहेको छ । सत्ताधारी दलबीचको यो गठबन्धन चुनावी नतिजा आफ्नो पक्षमा पार्न कामयावी हुने अनुमान प्रायः सबै दलका शीर्षस्थ नेताले गरिराखेका छन् । यही सोचका कारण नेपालमा केही वर्षदेखि अधिकांश समय मिलिजुली सरकार […] The post सत्ताधारी दल र चुनावी गठबन्धन appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्थानीय निर्वाचनमा गठबन्धन

स्थानीय तह निर्वाचनमा ठूलो दल बन्ने महत्त्वाकाङ्क्षी योजना बनाएको सत्ताधारी नेपाली कांँग्रेस तथा प्रमुख प्रतिपक्षी नेकपा एमाले आफ्नो तर्फबाट सम्भवसम्मको हुने पाइला चाल्ने दिशामा अग्रसर देखिन्छन् । २०७४ को निर्वाचनमा पहिलो शक्ति बनेको एमाले आसन्न निर्वाचनबाट पनि त्यो हैसियत कायम राख्ने महत्त्वाकाङ्क्षा राखेको छ तर झन्डै चार वर्षसम्म सङ्घीय सरकार, प्रादेशिक सरकार तथा स्थानीय तहमा नेतृत्व गरेको यस पार्टीको सम्भावना अपेक्षा गरेअनुसारको नरहने निश्चित छ । पार्टीमा आएको विभाजन र यसका वरिष्ठ नेताहरूद्वारा नेकपा (एकीकृत समाजवादी) को गठन गरिएका कारण ठूलो घाटा सहनु पर्नेछ । सत्ताधारी नेपाली कांँग्रेस पाँच दलीय गठबन्धनमार्फत चुनावमा जाने चर्चा व्यापक छ । स्थानीय स्तरमा राजनीति गर्नेहरूको निम्ति यो निर्वाचन एउटा महापर्वजस्तो सुखद अनुभूति गराउने अवसर पनि हो । राजनीतिक दलहरूले स्थानीय तहका नेता र कार्यकर्ताहरूको भावना र चाहनाविपरीत चुनावी गठबन्धन गर्ने निर्णय गर्छ भन्ने त्यसको परिमाण प्रत्युत्पादक पनि हुन सक्छ ।