सहकारी पीडित धर्नामा

सङ्घीय सरकारको सहकारी विभाग र बागमती प्रदेश सरकार संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, सहकारी महाशाखाले दिएको निर्देशनअनुसार बचत फिर्ता नगर्ने सहकारीका पीडितले धर्ना र विरोध प्रदर्शनलाई जारी राखेका छन्।...

सम्बन्धित सामग्री

बचत फिर्ताको माग गर्दै सहकारी पीडित पनि काठमाडौंमा

१ चैत, काठमाडौं । काभ्रेकी ७० वर्षीया महालक्ष्मी महर्जनले अनेक दुःख गरेर परस्पर बचत तथा ऋण सहरकारी संस्थामा २ लाख रुपैयाँ जम्मा गरिन् । बुढेसकालमा सजिलो होला भनेर उनले सहकारीमा बचत गरेको रकम फिर्ता नपाएपछि रुँदै सडकमा आइपुगेकी छन् । ‘सञ्चालकहरु अफिसमा ताला लगाएर भागेका छन्, एक्लो बुढीमान्छे कहाँ खोज्न जाऔं’, उनले दुखेसो पोखिन् । […]

बचत फिर्ताको माग गर्दै देशभरका सहकारी पीडित काठमाडौंमा (तस्वीरहरु)

१ चैत, काठमाडौं । देशका विभिन्न स्थानबाट भेला भएका सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरूले बिहीबार कालिमाटी, गोंगबु नयाँ बसपार्क, शंखपार्क, सिफल चौर र जावलाखेलबाट प्रदर्शन गर्दै भृकुटीमण्डप पुगेर कोण सभा गरेका हुन् । पीडितहरूले ठगी गरेका सहकारीका संचालकहरूलाई कारबाही र बचत गरेको रकम फिर्ता पाउनुपर्ने माग राखेका प्लाकार्ड बोकेका छन् । भृकुटीमण्डपबाट […]

सहकारी पीडित प्रहरीको शरणमा

नेपालगञ्ज – बाँकेमा थप दुई ठूला सहकारीका पीडित जाहेरी लिएर प्रहरी कार्यालय, नेपालगञ्जमा पुगेका छन्। करोडौ रकम हिनामिना गरेर सञ्चालक फरार भएपछि बचतकर्ता प्रहरीको शरणमा पुगेका हुन्। प्रहरीले ठगिएका र जाहेरी दिन बाँकी रहेका अरु बचतकर्तालाई जाहेरी लिएर आउन सार्वजनिक सूचना जारी गरेको छ। गितेन्द्रबाबु राईलगायतले सञ्चालन गरेको समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडका […]

सहकारी पीडित भन्छन्: ‘बचत फिर्ता लिन कहाँ जाऊँ’

मोरङ बुढीगंगा–३ बाँसवारीकी बुधनी राजवंशीले छोरीको बिहे गर्न सहकारीमा राखेको पैसा फिर्ता नपाएपछि उनको छोरीको बिहे नै रोकिएको छ।...

सहकारी पीडित र सरकारबीच ७ बुँदे सहमति, आन्दोलन स्थगित

१८ साउन, काठमाडौं । सहकारी पीडितसँग सरकारले ७ बुँदे सम्झौता गरेको छ । बिहीबार सिंहदरबारमा भएको छलफलमा ७ बुँदे सहमति गर्दै माइतीघरमा २ महिनादेखि आन्दोलनमा रहेका सहकारी पीडितले आन्दोलन स्थगित गर्ने भएका छन् । बिहीबार सिंहदरबारमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ, सचिव गाेकर्णमणि दुवाडी, सहकारी विभागका रजिष्टार नवराज घिमिरे समेतको उपस्थितिमा […]

बिजुली बजारमा सहकारी पीडित र प्रहरीबीच ठेलमठेल (तस्बिरहरु)

सहकारीबाट पीडित भएकाहरुले बिहीबार काठमाडौंंमा प्रदर्शन जारी राखेका छन्। लामो समयदेखि माइतीघर मण्डलमा आन्दोनरत पीडितहरु विभिन्न नारा सहितकाे प्ले कार्ड बोकेर सडकमा उत्रिएका हुन्।...

सहकारीमा डुबेको जनताको ६० अर्ब बचत कसरी फिर्ता हुन्छ ?

सहकारीका सदस्यहरूको दुई वर्ग निर्माण भएको छ- बचतकर्ता र सञ्चालक । अहिले तिनै बचतकर्ताहरू ‘सहकारी पीडित बचतकर्ता महासंघ’ गठन गरेर सडकमा उत्रेका छन् । उनीहरूको आन्दोलन जायज छ ।

सहकारी पीडित बचतकर्ताको माइतीघरमा धर्ना

२५ वैशाख, काठमाडौं । देशभरीका सहकारी पीडित बचतकर्ताहरुले काठमाडौंको माइतीघरमा धर्ना दिएका छन् । बचतकर्ताको रकम अपचलन गर्दै सहकारी व्यवस्थापक र सञ्चालकले पैसा फिर्ता नगरेपछि सहकारी बचतकर्ताहरु काठमाडौंमा भेला भएर धर्ना दिइरहेका छन् । सहकारी संस्थालाई राष्ट्र बैंकको निगरानी र नियन्त्रणमा राख्ने व्यवस्था गर्नुपर्ने, सहकारीको बचत रकम फिर्ता पाउनुपर्ने माग सहित सहकारी पीडितहरुले माइतीघरबाट बानेश्वरसम्म […]

धरानका मेयर हर्क साम्पाङसँग किन आक्रोशित भए सहकारी पीडित?

मोरङ – धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाको कारोबार तथा सम्पत्ति रोक्काका लागि धरान उपमहानगरपालिकाले विभिन्न निकायमा पत्राचार गरेको छ। सर्वसाधारणको रकम फिर्ता गर्न नसकेर विवादमा मुछिदै आएको उक्त सहकारीका सञ्चालक, कर्मचारी र लगानी भएको ११ वटा कार्यक्रमको बैंक खाता र सम्पत्ति रोक्का गर्न उपमहानगरको छानबिन समितिले मालपोत कार्यालय, वित्तिय संस्था तथा बैंकहरुमा सिफारिस […]