काठमाण्डाै – नेकपा एमालेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा आज शुक्रवार बसेको स्थायी कमिटी बैठकले सरकारलाई समर्थन नगर्ने निर्णय गरेको हो ।बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूको मात्र उपस्थिति रहेको थियो । एमालेका माधवकुमार नेपाल समूहको कार्यदल सदस्यहरूले बैठकलाई रोक्न माग गरेका थिए । साथै उनीहरूले यसअघि भएको १० बुँदे सहमतिअनुसार अगाडि बढ्न पनि आग्रह गरेका थिए ।बैठकपछि पार्टीका प्रवक्ता प्रदी...