यस कारण बढ्यो राधी विद्युत कम्पनीको नाफा

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८३ दशमलव ७७ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू.४ करोड ७१ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा बढेर रू. ८ करोड ६४ लाख पुगेको हो । चालू आवमा कम्पनीको वित्तीय आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवमा कम्पनीको वित्तीय आम्दानी रू. २२ लाख २६ हजार रहेकोमा चालू आवमा बढेर रू. ४ करोड ७७ लाख पुगेको छ ।  कम्पनीले गत आवमा विद्युत् विक्रीबापत रू. १० करोड ९३ लाख आम्दानी गरेकोमा चालू आवमा रू. १० करोड ८२ लाखमा कायम भएको छ । कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ६७ करोड रहेको छ । त्यस्तै कम्पनीले जगेडामा रू. ३३ करोड ६८ लाख सञ्चित गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव ८७ (वार्षिक), मूल्य आम्दानी अनुपात ३८ दशमलव २६ गुणा र प्रतिशेयर नेटवर्थ रू. १२० दशमलव १० रहेको छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नूहोस 

सम्बन्धित सामग्री

राधी विद्युत कम्पनीको आयोजनाबाट पुन: विद्युत् उत्पादन शुरु

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको आयोजनाले पुनः विद्युत उत्पादन थालेको छ । गत आसारमा राधी खोलामा बाढी आएपछि कम्पनीको आयोजनामा क्षति पुगेको थियो । आयोजना मर्मत गरि फागुन ६ गते दिउँसो ४ बजेबाट पुनः विद्युत् उत्पादन थालिएको कम्पनीले नेप्सेमार्फत जनाएको छ ।  गत असार २२ गते राधी खोलामा आएको बाढी र पहिरोको कारण कम्पनीले प्रवर्द्धन गरेको ४.४ मेगावाटको राधी साना जलविद्युत आयोजनामा क्षति पुगेको थियो ।  कम्पनीका अनुसार यही फाल्गुन ०५ आयोजनाको टेस्टिङ गरि विद्युत् उत्पादन थालिएको हो ।

शेयर बजारमा १ महीनापछि फराकिलो अंकको वृद्धि, ब्याजदर नबढाउने सहमतिले हरियाली

वैशाख २८, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक ५६ दशमलव ०६ अंक बढेको छ । नेप्से परिसूचक २ हजार ३६९ दशमलव ६ बिन्दूमा पुगेको हो । यस अवधिमा कारोबारमा आएका २२९ धितोपत्रको ५३ लाख ३३ हजार १०९ कित्ता शेयर ३७ हजार ७७० पटकमा रू. २ अर्ब १६ करोड ३९ लाख ९० हजार ७४३ बराबरको शेयर खरीविक्री भएको हो । जेठ महीनाका लागि ब्याजदर नबढ्ने भएसँगै बुधवार शेयर बजारमा उछाल आएको हो । नेपाल बैकर्स सँघको सहमतिअनुसार बाणिज्य बैंकहरुले जेठ महीनामा ब्याजदर नबढाउने भएका हुन । केही दिन अगाडि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जेठ महीनामा ब्याजदर बढ्ने बताएका थिए । सोही कारण नेप्से परिसूचक केही दिन घटेको थियो । तर, वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँगको छलफलमा बैंकर्स संघले ब्याजदर नबढाउने सहमति भएको हो । निर्वाचनको लागि खर्च बढेको र सरकारको विकास खर्चसमेत बढ्ने क्रममा रहेकोले जेठ महीनामा ब्याजदर नबढाउने निर्णय भएको छ ।  वाणिज्य बैंकले एक वर्षको मुद्दति निक्षेपमा ११ दशमलव शून्य ३ प्रतिशत ब्याजदर दिनेछन ।  नेप्से परिसूचक बढेसँगै कारोबार रकममा पनि बढेको छ । मंगलवार रू. १ अर्ब ३५ करोड बराबरको शेयर खरीद विक्री भएको थियो ।  बुधवार कारोबारमा आएका २२९ धितोपत्र मध्ये ८ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेशनल हाइड्रोपावर,नेपाल फाइनान्स,सिनर्जी पावर डेभलपमेण्ट ,राधी विद्युत कम्पनी,युनिभर्सल पावर कम्पनी र जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बुधवार १० प्रतिशतका दरले र गणपति लघुवित्त वित्तीय संस्था र युनियन हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । त्यसैगरी बुधवार ८.५∞ सानिमा डिबेञ्चर २०८७ नामक ऋणपत्रको मूल्य १ दशमलव ६३ प्रतिशत घटेर रू. ८४५ कायम भएको छ । त्यसैगरी दोस्रोमा सानिमा इक्वीटी फण्डको इकाई मूल्य १ दशमलव ५१ प्रतिशत घटेर रू. १३ दशमलव ०६ कायम भएको हो ।  बुधवार सार्वधिक शेयरखरीद विक्री अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको छ । कम्पनीको रू. १० करोड ५९ लाख बराबरको शेयर खरीद विक्री भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४५० कायम भएको छ । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री गर्ने दोस्रोमा ङादी ग्रुप पावर कम्पनीको रू. ८ करोड ७३ लाख बराबरको भएको हो । कारोबारमा आएका १३ओटै समूहगत परिसूचक समग्र बढेसँगै नेप्से परिसूचक बढेको हो । १३ समूह मध्ये सबैभन्दा बढी हाइड्रोपावर समूहको परिसूचक ४ दशमलव ९७ प्रतिशत वृद्धि भएको छ । त्यसैगरी बैंकिङ्ग समूहको समूहगत परिसूचक १ दशमलव ४९ प्रतिशत,विकास बैंक समूहको ३ दशमलव ७५ प्रतिशत,वित्त समूहको ४ दशमलव ३५ प्रतिशत,होटल एण्ड टुरिजम समूहको १ दशमलव ७८ प्रतिशत,लगानी समूहको ३ प्रतिशत,जीवन बीमा समूहको १ दशमलव ८२ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको १ दशमलव २९ प्रतिशत,लघुवित्त समूहको ३ दशमलव २६ प्रतिशत,म्युचुअल फण्ड समूहको शून्य दशमलव ८३ प्रतिशत,निर्जीवन बीमा समूहको २ दशमलव ३९ प्रतिशत,अन्य समूहको १ दशमलव ७९ प्रतिशत र ब्यापार समूहको परिसूचक १ दशमलव ०२ प्रतिशका दरले बढेको हो ।