राधी विद्युत कम्पनीको आयोजनाबाट पुन: विद्युत् उत्पादन शुरु

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको आयोजनाले पुनः विद्युत उत्पादन थालेको छ । गत आसारमा राधी खोलामा बाढी आएपछि कम्पनीको आयोजनामा क्षति पुगेको थियो । आयोजना मर्मत गरि फागुन ६ गते दिउँसो ४ बजेबाट पुनः विद्युत् उत्पादन थालिएको कम्पनीले नेप्सेमार्फत जनाएको छ ।  गत असार २२ गते राधी खोलामा आएको बाढी र पहिरोको कारण कम्पनीले प्रवर्द्धन गरेको ४.४ मेगावाटको राधी साना जलविद्युत आयोजनामा क्षति पुगेको थियो ।  कम्पनीका अनुसार यही फाल्गुन ०५ आयोजनाको टेस्टिङ गरि विद्युत् उत्पादन थालिएको हो ।