सीमानाका बन्द हुँदा याक बढे

ताप्लेजुङ । पछिल्लो समय ताप्लेजुङमा याकको संख्या बढेको छ । हिमाली क्षेत्रका बासिन्दाले पुख्र्यौली पेशाका रूपमा याकपालन गर्दै आएका छन् । पछिल्लो २ वर्षदेखि कोरोनाका कारण चीनतर्फ याक निर्यात नहुँदा यसको संख्यामा वृद्धि भएको बताइएको छ । जिल्लाको फक्ताङलुङ गाउँपालिका–७ याङ्माका कान्दे ग्याबु शेर्पासँग २ वर्ष अगाडि ३२ याक थिए, अहिले ६४ छन् । ‘२ वर्ष भयो, याक विक्री भएको छैन । कोरोनाका कारणले चीनसँगको नाका बन्द छ,’ उनले भने । समुद्री सतहदेखि ३ हजर ५०० मिटर उचाइदेखि ५ हजारसम्मको उचाइमा याक र डीको चरन क्षेत्र मानिन्छ । याक विगतदेखि नै चीनका भिन्न बजारमा बिक्री हँुदै आएको याङ्माका स्थानीय टाँसी फिन्जो शेर्पाले बताए । कञ्चजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आर्थिक तथा प्राविधिक सहयोगमा याङमा ४००, ओलाचुङगोला ४३५ र घुन्सा ३६ गरी ८७१ याकको बीमा गरिएको छ । परिषद्का कार्यक्रम संयोजक जितेन चेम्जोङले बीमालाई उच्च प्राथमिकताका साथ सञ्चालन गरिरहेको बताए । चीनका विभिन्न विभिन्न क्षेत्रमा नेपाली याक, याकका बाछा र चौरीबाट उत्पादित छुर्पी, घ्यू लगायत वस्तु विक्री हुने गरेको याङ्माका स्थानीयवासी सोनाम शेर्पाले बताए । चीनका बजारमा प्रतियाक ६० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्ममा विक्री हुने गरेको स्यानीयवासीको भनाइ छ । यस्तै छुर्पी र घ्यू प्रतिकिलो १ हजार २०० मा विक्री हुने गरेको बताइएको छ । कोरोनाका कारणले २ वर्षयता टिप्ताला र किमाथाङ्का नाका बन्द हुँदा याक विक्री नभएको मिक्वाखोला गाउँपालिका–५ पापुङका याक व्यवसायी रिङ शेर्पाले बताए । मिक्वाखोला–५ तोक्पेगोला क्षेत्रमा रहेको याक चौरी लायक पशुजन्य वस्तु किमाथांका नाका हुँदै चीका विभिन्न बजारमा विक्री हुने गरेको उनको भनाइ छ । तोक्पेकोला क्षेत्रमा ३५ चौरी याकका गोठ रहेको मिक्वाखोला–५ पापुङका वडाध्यक्ष डण्डु लामाले बताए ।      जिल्लाका ९ स्थानीय तहमध्ये फुङ्लिङ नगरपालिका र पाथीभरा याङ्वरक गाउँपालिकाबाहेक सात पालिकामा चौरी याकपालन हुँदै आएको छ । उचित मूल्यमा चीनमा निर्यात हुने भएकाले हिमाली समुदाय याकपालनतर्फ आकर्षित हुने गरेको फक्ताङलुङ–६ घुन्साका स्थानीयवासी पेमा शेर्पाले बताइन् । हिमाली क्षेत्रमा याक संख्यामा वृद्धि हुँदै गएको मेरिङदेन गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले बताए । रासस

सम्बन्धित सामग्री

भारतसँग जोडिएका सीमानाका तीन दिन बन्द

बारा : यही वैशाख १० गते बारा क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनलाई ध्यानमा राखी शुक्रबारदेखि तीन दिनसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय बाराले सूचना जारी गरी राति १२ बजेदेखि आइतबार राति १२ बजेसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द रहने जनाएको छ। उपनिर्वाचनलाई मध्यनजर गरी सीमानाका बन्द गर्न लागेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए। यस्तै मतदान सम्पन्न नभएसम्म जिल्लाभरि मादक पदार्थ ओसारपसार, बिक्री–वितरण र सेवनमा र

सीमानाका तीन दिन बन्द

यही वैशाख १० गते बारा क्षेत्र नं २ मा हुन गइरहेको उपनिर्वाचनलाई ध्यानमा राखि आजदेखि तीन दिनसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द गरिने भएको छ।...

भारत र चीनसँगको सीमानाका बन्द

आमनिर्वाचनका लागि बिहीबार मध्यरातिबाट छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द गरिएको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सरकारले सबै नाका बन्द गरेको हो । मतदान नसकिएसम्म अत्यावश्यक अवस्थाबाहेकमा आवातजावत बन्द हुनेछ । नेपाल र भारतबीच खुला सीमानाका रहे पनि चीनसँग भने निश्चित नाका मात्र खुला रहने गर्छन् । तर, चुनाव अवधिभर सबै नाका बन्द रहने गृह मन्त्रालयले जनाएको छ ।निर्वाचनलाई स्वच्छ, पारदर्शी, स्वतन्त्र, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्

तीन दिन भारतीय सीमानाका बन्द हुने

नेपाल भारत सीमानाका तीन दिन बन्द हुने भएको छ। मंसिर ४ गते भइरहेको निर्वाचनको क्रममा मंसिर १ देखि ४ गतेसम्म भारतीय सीमानाका बन्द हुने भएको हो।...

सुदूरपश्चिम प्रदेशका सीमानाका तीन दिन बन्द हुने

भारतसँग जोडिएका सुदूरपश्चिम प्रदेशका सीमानाका तीन दिन बन्द हुने भएका छन् ।

भारतसँगको सीमानाका चार दिन बन्द रहने

जिल्ला प्रशासन कार्यालय मोरङले १ मंसिरदेखि चारदिन सीमानाका बन्द रहने जनाएको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यले चार दिन सीमानाका बन्द रहने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । उनका अनुसार १ मंसिर बिहीबार बिहानदेखि ४ मंसिर ४ आइतबार राति ११ बजेसम्म सीमानाका बन्द गर्ने निर्णय भएको छ । निर्णय विरूद्ध गतिविधि गरे कारबाही गर्ने दाहालले जानकारी दिए ।

भारतसँगको सीमानाका चारदिन बन्द रहने

मोरङ–  जिल्ला प्रशासन कार्यालय मोरङले १ मङ्सिरदेखि चारदिन सीमानाका बन्द रहने जनाएको छ । ४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यले चारदिन सीमानाका बन्द रहने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।  उनका अनुसार १ मंसिर बिहीबार बिहानदेखि ४ मंसिर ४ आइतबार राति ११ बजेसम्म सीमानाका बन्द गर्ने […]

पश्चिमी सीमानाका गड्डाचौकी ४ दिन बन्द हुने

कञ्चनपुर : भारतको उत्तराखण्डको चम्पावत विधानसभा क्षेत्र ५५ को उप-निर्वाचनका लागि पश्चिमी सीमानाका गड्डाचौकी ४ दिन बन्द हुने भएको छ।जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीका अनुसार जेठ १४ गते बेलुकी ५ बजे देखि जेठ १७ गते बेलुकी ५ बजे सम्म सीमानाका बन्द हुने भएको हो।गड्डाचौकीलगायत भारतको चम्पावत जिल्लासँग जोडिएका क्षेत्रका सबै सीमानाका बन्द हुने जानकारी उनले दिए। सो समयमा स्वास्थ्य उपचारलगायत अन्य अत्यावश्यक सेवाका लागि भने आवतजावत अनुमति प्र

सीमानाका ७२ घण्टाका लागि बन्द हुने

मंगलबार राती १२ बजेदेखि कञ्चनपुरको सीमानाका ७२ घण्टाका लागि बन्द हुने भएको छ। ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनको सुरक्षाका लागि कञ्चनपुरस्थित नेपाल–भारत सीमानाका बन्द गर्न लागिएको हो। कञ्चनपुरका प्रमुख जिल्ला...

सीमानाका बन्द, तस्करी निर्वाध

कोभिड महामारी बढ्दै गएपछि २०७६ चैतमा बन्द भएको नेपाल–भारत सीमानाका अझै खुलेको छैन तर मधेसका जिल्लाहरुमा भने सीमानाकाबाट निर्बाध तस्करी भइरहेको छ।...