आगामी बजेटमा प्राथमिकता क्षेत्र स्पष्टरूपमा तोक्न सांसदहरूको सुझाव

काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरूले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषय स्पष्टरूपमा उल्लेख गरिनुपर्नेमा जोड दिएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष ०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथिको छलफलका क्रममा सांसदहरूले बढी प्राथमिकता दिइएका विषय प्रष्ट पारिनुपर्ने बताएका हुन् ।   नेकपा एमालेका सांसद गोकर्ण विष्टले आधारभूत स्वास्थ्य सेवा महँगो भएकाले एउटा परिवारलाई कम्तीमा रू. तीन लाख बराबरको स्वास्थ्य बीमा गरिनुपर्ने आवश्यकता औंल्याए । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा सबै कुरा राखे पनि केही पनि प्राथमिकतामा नपरेको उनको भनाइ थियो । नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले सन्तुलित विकास गर्न सरकारले फजुल खर्च न्यून गर्नुपर्ने र पिछडिएको क्षेत्रलाई विकासमा प्राथमिकतामा राख्नुपर्नेमा सुझाव दिए ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराजभक्त श्रेष्ठले माटोको सुगन्ध आउने गरी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता निर्धारण गरिनुपर्ने बताए । समृद्धि हुने गरी विनियोजन विधेयकका सिद्धान्त तय गरिनुपर्ने र आध्यात्मलाई पनि प्राथमिकतामा राखिनुपर्ने उनको भनाइ थियो ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद राजेन्द्रप्रसाद लिङ्देनले सङ्कटकालमा अर्थतन्त्रलाई चलायमान बनाउने गरी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तय गरिनुपर्ने आवश्यकता औंल्याए । राष्ट्रिय गौरवका आयोजनामा ढिलाइ भइरहेको भन्दै उनले समयमै काम सक्ने गरी कानून संशोधनलगायत सुधारका काम गरिनुपर्नेमा जोड दिए । भ्रष्टाचारलाई कुनै पनि हिसाबले छुट गरिँदैन भन्ने विषयलाई प्राथमिकतामा राखिनुपर्ने सांसद लिङ्देनको प्रस्ताव थियो । जनता समाजवादी पार्टीका सांसद उपेन्द्र यादवले वित्तीय सङ्घीयतालाई कार्यान्वयन गर्ने अवसरका रूपमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतालाई उपयोग गरिनुपर्ने बताए । उत्पादन वृद्धिका लागि समाजवाद उन्मुख अर्थतन्त्रको विकास गरिनुपर्ने, आर्थिक विकासका लागि वित्तीय सङ्घीयतामै जानुपर्ने, उत्पादन वृद्धिका लागि बन्द भएका उद्योग पुनःस्थापना गरिनुपर्ने र पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो । रासस  

सम्बन्धित सामग्री

आगामी बजेटका सिद्धान्त र प्राथमिकता भोलि संसद्‍मा प्रस्तुत हुँदै

१३ फागुन, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसद्‍मा प्रस्तुत गर्ने भएको छ । अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माका अनुसार सोमबार ‘प्रिबजेट’ छलफलका लागि बजेट तथा कार्यक्रमका सिद्धान्त, आयोजना वा कार्यक्रमका प्राथमिकता संसद्‍मा प्रस्तुत गर्ने कार्यक्रम छ । अर्थमन्त्री डा. प्रकाशशरण महतको सचिवालयका अनुसार मन्त्री महतले प्रतिनिधिसभा […]

यस्तो छ बजेटका सिद्धान्त र प्राथमिकता

सरकारले विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकता संसद्मा प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताले अहिले सङ्कट उन्मुख रहेको अर्थतन्त्र सुधारलाई केन्द्रमा राखेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठकमा बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्नुभएको हो । आगामी आर्थिक वर्षको बजेट दिगो, फराकिलो एवम् समावेशी …

गठबन्धनका ३ दलको अपिल: आगामी सरकारको प्राथमिकता स्वास्थ्य [पूर्णपाठ]

सत्ता गठबन्धनका प्रमुख ३ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आगामी सरकारको प्राथमिकता सार्वजनिक गरेका छन्।

आगामी निर्वाचनमा कपिलवस्तुमा पुरानै नेताहरुलाई प्राथमिकता

कपिलवस्तुमा आसन्न मंसिर ४ गते हुने निर्वाचनमा ठूला दलहरुले पुरानै अनुहारलाई प्राथमिकता दिएका छन।...

आगामी निर्वाचनमा पूर्व म्यादी र पूर्व सुरक्षाकर्मीलाई ‘विशेष प्राथमिकता’

आगामी संघ र प्रदेश सदस्यको निर्वाचनका लागि म्यादी प्रहरी भर्नामा पूर्व म्यादी प्रहरी र पूर्व सुरक्षाकर्मीहरुले विशेष प्राथमिकता पाउने भएका छन्। बिहीवार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक...

बजेटका प्राथमिकता र सिद्धान्त सधैं एउटै

काठमाडौं, जेठ ५ । अर्थमन्त्री जनार्दन शर्माले मंगलवार संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता र सिद्धान्त प्रस्तुत गरे । संवैधानिक व्यवस्थाअनुसार नयाँ बजेट सार्वजनिक गर्नुअघि सरकारले संसद्मा पेश गर्ने बजेटका प्राथमिकता र सिद्धान्त सधैं एउटै हुने गरेको छ । नयाँपन भेट्टाउनै मुस्किल हुन्छ । सरकारले आगामी वर्षका लागि ल्याएको बजेटको सिद्धान्तमा समाजवादउन्मुख अर्थतन्त्र निर्माण […]

यी हुन् आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटका चार प्राथमिकता

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि आज प्रस्तुत गरेको बजेटमा मुख्य चारवटा उद्देश्य तथा प्राथमिकता निर्धारण गरेको छ। प्राथमिकता क्षेत्रमा कोरोना महामारीमा नागरिकको जीवनरक्षा, आर्थिक गतिविधि एवं विकास निर्माणलाई तीव्रता, राज्यको लोककल्याणकारी भूमिकालाई सुदृढ तथा सामाजिक सुरक्षा एवं संरक्षण प्रदान गर्ने र सार्वजनिक, निजी, सहकारी क्षेत्रमा उपलब्ध स्रोत र साधनलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने रहेका छन्।

आगामी बजेटमा आइसिटी क्षेत्रलाई प्राथमिकता: अर्थमन्त्री

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सूचना तथा सञ्चार प्रविधिलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र नेपाल दूरसञ्चार प्राधिकरणद्वारा यहाँ आज आयोजित ‘कूल ग्राहस्थ उत्पादनमा टेलिकम क्षेत्रको भूमिका’ विषयक अन्तक्र्रियामा उनले सूचना, सञ्चार र प्रविधिका कारण अन्य क्षेत्रमा समेत विकास हुने भएकाले सो क्षेत्रमा लगानी बढाउनुपर्ने बताए ।अर्थमन्त्री पौडेलले भने, “हरेक क्षेत्रमा सञ्चार क्षेत्रको