नेकपा एमाले बाजुराको अध्यक्षमा शाही सर्वसम्मत

बाजुरा, २८ पुस। नेकपा (एमाले) जिल्ला कमिटी बाजुराको सातौँ जिल्ला अधिबेशनबाट कालीबहादुर शाही जिल्ला कमिटी अध्यक्षमा दोस्रो कार्यकालका लागि चयन भएका छन् । नेकपा एमाले बाजुराको सातौँ जिल्ला अधिवेशनबाट शाही सर्वसम्मत चयन भएका हुन् । पहिलो कार्यकालमा सात बर्षसम्म अध्यक्ष रहेका शाही दोस्रो कार्यकालमा पनि अध्यक्ष चयन भएका हुन् । गत २३ पुसदेखि सञ्चालन भएको […]

सम्बन्धित सामग्री

एमाले पाँचथरको अध्यक्षमा विष्णु सापकाेटा सर्वसम्मत चयन

नेकपा एमाले पाँचथरको अध्यक्षमा विष्णुप्रसाद सापकोटा विमल सर्वसम्मत चयन भएका छन् । अध्यक्षमा मनोनय दर्ता गरेका मेघराज घिमिरेले फिर्ता लिएपछि सापकोटा सर्वसम्मत भएका हुन् ।

नेकपा एमाले रुकुम पूर्वको अध्यक्षमा ओली सर्वसम्मत

रुकुम (पूर्व) : रुकुम पूर्व नेकपा एमालेको नयाँ जिल्ला कार्य कमिटी सर्वसम्मत चयन गरिएको छ। एमालेको आठौँ जिल्ला अधिवेशनले टोपबहादुर ओलीको अध्यक्षतामा ९५ जना सदस्यीय सर्वसम्मत नयाँ जिल्ला कार्य कमिटी चयन गरिएको हो।ओली यस अघि पनि जिल्ला कार्य कमिटीका अध्यक्ष थिए। अधिवेशन उद्घाटन भएको चार दिन सम्म चलेको बन्द सत्रले सोमबार ओलीको नेतृत्वमा सर्वसम्मत नयाँ जिल्ला कार्य कमिटीको टुङ्गो लगाइएको हो।  उपाध्यक्षमा दामप्रसाद श्रेष्ठ, सचिवमा गोपाल रेउले, उप–सचिवमा भावना विसी र तेजेन्द्र बुढालाई च

एमालेको बाँके जिल्ला अध्यक्षमा कक्षपति सर्वसम्मत

२६ पुस, दाङ । नेकपा (एमाले) बाँके जिल्ला अध्यक्षमा किस्मतकुमार कक्षपति सर्वसम्मत चयन भएका छन् । निरक गुरुङले अध्यक्षको उम्मेदवारी फिर्ता लिएपछि कक्षपति सर्वसम्मत चयन भएका हुन् । उपाध्यक्षमा डिल्ली बिसी यसअघि नै सर्वसम्मत भइसकेका थिए । सचिवमा भने अझै टुंगो लागेको छैन । अध्यक्ष मडण्लले सचिव पदमा रत्न खत्रीलाई प्रस्ताव गरेको थियो । उनीसँगै […]

नेकपा एमाले खोटाङको अध्यक्षमा दंगाल र सचिवमा आचार्य

खोटाङ : नेकपा एमाले जिल्ला कमिटी खोटाङको अध्यक्षमा रामप्रसाद दंगाल निर्वाचित भएका छन्।शुक्रबारबाट सुरु भएको सातौँ जिल्ला अधिवेशनले दंगाललाई आज अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो।यस्तै समितिको उपाध्यक्षमा देवविक्रम राई, सचिवमा कुमार आचार्य, उपसचिवमा दिपनारायण रिजाल र सुरेन्द्र राई सर्वसम्मत निर्वाचित भएका छन्।

नेकपा एमाले अर्घाखाँचीको अध्यक्षमा पिताम्बर भुसाल

नेकपा एमाले अर्घाखाँचीको आठौं जिल्ला अधिवेशनबाट पिताम्बर भुसाल अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । आज सम्पन्न अधिवेशनले अध्यक्षसहित ९० सदस्यीय जिल्ला कमिटी पनि सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा ईश्वरा पोखरेल, सचिवमा तेजबहादुर रायमाझी उपसचिवमा शम्भुप्रसाद पोखरेल, भीम केसी रहेका जनाएको छ ।यस्तै जिल्ला समितिका सदस्यहरूमा उमानाथ पौडेल, दुर्गाप्रसाद अधिकारी, गोविन्दबहादुर क्षेत्री, ओमप्रकाश भुसाल, दिनेशकुमार भारद्वाज, माया भुसाल, शारदा नेपाली, पवित्रा बि.क. सुनार, लक्ष्मण नेपाली, झबिन सुन

थापाको नेतृत्वमा महानगर कमिटी सर्वसम्मत चयन

नेकपा एमाले विराटनगर महानगरपालिकाको प्रथम नगर अधिवेशनले सागर थापाको अध्यक्षतामा सर्वसम्मत महानगरकमिटी चयन गरेको छ।...

एमाले अधिवेशनः बाँकेमा ६ र बैतडीका ४ पालिकामा सर्वसम्मत

बाँकेमा नेकपा (एमाले)ले ६ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

एमाले अधिवेशन: बाँकेमा छ पालिकामा सर्वसम्मत

बाँकेमा नेकपा (एमाले) ले छ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ।

एमाले पालिका अधिवेशन: बागलुङका पाँच पालिकामा सर्वसम्मत नेतृत्व

नेकपा (एमाले) को दशौँ महाधिवेशनअन्तर्गत बागलुङको पाँच पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ।

एमाले वडा अधिवेशन : काठमाडौंमा सर्वसम्मत नेतृत्व चयन

नेकपा एमाले काठमाडौ जिल्लाका वडाहरूमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । जिल्लाका काठमाडौं महानगरपालिकासहित १० नगरपालिकाका सबै वडाहरूमा सर्वसम्मत नेतृत्व चयन भएको नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका सचिव दिपक निरौलाले जानकारी दिए ।जिल्लाका दक्षिणकाली र बुढानिलकण्ठ नगरपालिकामा निर्वाचित पदाधिकारीहरूको नाम समेत सार्वजनिक भइसकेको निरौलाले बताएका छन् । काठमाडौं महानगरपालिका र अन्य नगरपालिकाका वडामा निर्वाचित पदाधिकारीहरूको नाम सार्वजनिक हुने तयारी भैरहेको निरौलाले बताएका छन् ।  शनिबार नेकपा एमाले