आज सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको दृष्टिकोणबाट मतदान प्रक्रियाको अनुगमन गरेको छ । अनुगमनको क्रममा मतदाता शिक्षाको प्रभावकारिता र मतदान केन्द्रको सुव्यवस्थापनमा कमी समेत देखिएकोले आगामी निर्वाचनमा मतदाता शिक्षालाई प्रभावकारी बनाउन, मतदान केन्द्र एवं मतदान सामग्रीको व्यवस्थापनमा सुधार गर्न, गराउन आयोगले नेपाल सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएकाे छ । निर्वाचनमा निष्पक्ष, स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणको सुनि