काठमाडौँको तारकेश्वर नगरपालिकामा मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ । तारकेश्वर नगरपालिकाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदातालाई सही मतदान गर्न सिकाउन आजदेखि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको हो ।नगरपालिकाका निर्वाचन सम्पर्क अधिकृत राजन फुँयालले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बदर मत सङ्ख्या घटाउन समुदाय र घरदैलो कार्यक्रममार्फत मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको जानकारी दिए ।निर्वाचन आयोगद्वारा जारी मतदाता शिक्षा निर्देशिका, २०७९ बमोजिम नगरपालिका