३३५ ओटा स्थानीय तहको मत परिणाम सार्वजनिक : कुन दलले कति स्थानमा जिते ?

जेठ ३, काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन, २०७९ को जारी मतगणनाको परिणाम आउने क्रम जारी छ । मंगलवार साँझ ७ः०० बजेसम्म निर्वाचनको आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ३३५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मुलुकभर ७५३ ओटा पालिकाका लागि ३५ हजार २२१ ओटा पद छन् । वैशाख ३० गते भएको निर्वाचनमा स्थगन भएका १७ जिल्ला, २८ स्थानीय तहका ४४ मतदानस्थल बाहेकबाट मत परिणाम आउने क्रम जारी रहेको छ ।            मतगणना भइरहेका नगरपालिकामध्ये प्रमुख पदमा नेपाली कांग्रेसले ३६ ओटा मा जित हासिल गरी ७१ ओटा स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा (एमाले) ले १८ स्थानमा जित हासिल गरी ५५ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले प्रमुख पदमा आठ स्थानमा जित र १७ स्थानमा अग्रता कायम गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सो पदमा एक स्थानमा जित र नौ स्थानमा अग्रता कायम गरेको छ । अन्यले तीन स्थानमा विजय हासिल गरी २९ स्थानमा अग्रता कायम गरेका छन् ।            मतगणना भइरहेका नगरपालिकामध्ये उपप्रमुख पदमा कांग्रेसले २७ स्थानमा जित हासिल गरी ६३ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा (एमाले) ले २२ स्थानमा जित हासिल गरी ६७ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले उपप्रमुख पदमा ११ स्थानमा जित र २२ स्थानमा अग्रता कायम गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सो पदमा तीन स्थानमा जित र सात स्थानमा अग्रता कायम गरेको छ । अन्यले दुई स्थानमा विजय हासिल गरी २२ स्थानमा अग्रता कायम गरेका छन् ।            मतगणना भइरहेका गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसले ११७ स्थानमा जित हासिल गरी ६८ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा (एमाले) ले ७७ स्थानमा जित हासिल गरी ४० स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले अध्यक्ष पदमा ६६ स्थानमा जित र २० स्थानमा अग्रता कायम गरेको छ । नेकपा (एकीकृत समाजवादी) ले चार स्थानमा जित र चार स्थानमा अग्रता कायम गरेको छ । अन्यले आठ स्थानमा विजय हासिल गरी २६ स्थानमा अग्रता कायम गरेका छन् ।            मतगणना भइरहेका गाउँपालिकाको उपाध्यक्ष पदमा नेपाली कांग्रेसले १२० स्थानमा जित हासिल गरी ६६ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा (एमाले) ले ७२ स्थानमा जित हासिल गरी ४३ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले उपाध्यक्ष पदमा ६७ स्थानमा जित र २१ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (एकीकृत समाजवादी) ले सात स्थानमा जित र तीन स्थानमा अग्रता कायम गरेको छ । अन्यले सात स्थानमा विजय हासिल गरी २४ स्थानमा अग्रता कायम गरेका छन् ।            मतगणना भइरहेका स्थानीय तहका वडाध्यक्ष पदमा नेपाली कांग्रेसले १ हजार ७२२ ओटामा जित हासिल गरी ९५ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा (एमाले) ले १ हजार ३१९ मा जित हासिल गरी ११४  ओटा स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले वडाध्यक्ष पदमा ७४२ ओटा स्थानमा जित र ३१ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा ११३ स्थानमा जित र १७ स्थानमा अग्रता कायम गरेको छ । अन्यले ३४७ स्थानमा विजय हासिल गरी २३ स्थानमा अग्रता कायम गरेका छन् ।            महिला सदस्य पदमा नेपाली कांग्रेसले १ हजार ६९५ मा जित हासिल गरी १०६ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा (एमाले)  ले १ हजार ४२७ स्थानमा जित हासिल गरी ११३ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले महिला सदस्य पदमा ६९१ स्थानमा जित र ३२ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा ११५ स्थानमा जित र १९ स्थानमा अग्रता कायम गरेको छ । अन्यले ३०६ स्थानमा विजय हासिल गरी २० स्थानमा अग्रता कायम गरेका छन् ।            दलित महिला सदस्य पदमा नेपाली कांग्रेसले १ हजार ६४० मा जित हासिल गरी १०४ ओटा स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा (एमाले) ले १ हजार ४०१ स्थानमा जित हासिल गरी ११३ ओटा स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले दलित महिला सदस्य पदमा ७१० ओटा स्थानमा जित र ३२ ओटा स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा १८५ स्थानमा जित र १७ ओटा स्थानमा अग्रता कायम गरेको छ । अन्यले २९६ ओटा स्थानमा विजय हासिल गरी २० स्थानमा अग्रता कायम गरेका छन् ।            वडा सदस्य पदमा नेपाली कांग्रेसले ३ हजार ३८८ मा जित हासिल गरी १०३ ओटा स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा (एमाले) ले २ हजार ८८८ ओटा स्थानमा जित हासिल गरी १२३ ओटा स्थानमा अग्रता कायम गरेको छ ।  नेकपा (माओवादी केन्द्र) ले वडा सदस्य पदमा १ हजार २९४ ओटा स्थानमा जित र ३१ ओटा स्थानमा अग्रता कायम गरेको छ । नेकपा (एकीकृत समाजवादी) ले सो पदमा २४४ ओटा स्थानमा जित र छ ओटा  स्थानमा अग्रता कायम गरेको छ । अन्यले ६२५ ओटा स्थानमा विजय हासिल गरी ३२ स्थानमा अग्रता कायम गरेका छन् ।            निर्वाचन कसूरमा कारवाही गर्न निर्देशन            यसैबीच निर्वाचन आयोगले वैशाख ३० गतेको निर्वाचनका क्रममा गैरकानूनी रूपमा हुलदङ्गा, ढुङ्गामुढा, तोडफोड गर्ने, हातहतियारसहित मतदान केन्द्रमा प्रवेश गर्ने जस्ता कार्य गर्नेहरुलाई निर्वाचन कसूर तथा सजय ऐन, २०७३ कारबाहीबारे नेपाल प्रहरीलाई आज स्मरण गराएको छ । कारबाहीबारे आयोगले मंगलवार गरेको सो निर्णयका आधारमा नेपाल सरकार गृह मन्त्रालयमार्फत ७७ ओटै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइएको र सोको जानकारी प्रहरी प्रधान कार्यालयलाई दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । रासस

सम्बन्धित सामग्री

स्थानीय तह निर्वाचनयस्तो छ इलाममा पार्टीगत मत परिणाम

काठमाडौं– गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा अधिकांश स्थानको मत परिणाम सार्वजनिक भइसकेको छ । मत परिणाम सार्वजनिक भएसँगै जनप्रतिनिधिले कार्यकाल सम्हाल्ने क्रम जारी छ । प्रदेश १ को इलाममा ४ नगरपालिका र ६ गाउँपालिका रहेका छन् ।निर्वाचन आयोगका अनुसार इलाममा नेकपा एमालेबाट नगरप्रमुखमा पुरुष २ जना, गाउँपालिका अध्यक्षमा ३ पुरुष, उपप्रमुखमा २ महिला, […]

६ सय १७ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत अहिलेसम्म ६ सय १७ गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। सार्वजनिक भएको मत परिणाममा नेपाली कांग्रेसले २ सय ७३ वटा स्थानीय तहमा विजयी भएको छ । नेकपा एमालेले १ सय ७१ वटा गाउँपालिकामा विजयी हासिल गरेकाे छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले १ सय ११ पालिकामा विजयी हुँदा […]

५३४ स्थानीय तहको मत परिणाम सार्वजनिक: कसले कति जिते ? (सूचीसहित)

काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ को मत गणनाको परिणाम आउने क्रम जारी छ । आज (बिहीबार) बिहानसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ५३४ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म सार्वजनिक भएको विवरणअनुसार नगर प्रमुखदेखि वडा सदस्यसम्म सबैमा नेपाली काँग्रेसले बलियो देखिएको छ । नगर प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र […]

सल्यानको ९ पालिकाको मत परिणाम सार्वजनिक

सल्यान : सल्यानको दस स्थानीय तह रहेकोमा ९ पालिकाको मत परिणाम सार्वजनिक भएको छ। स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको हो।शारदा नगरपालिका कांग्रेस मेयर प्रकाश भण्डारीमत- ६२१७कांग्रेस उपमेयर सुस्मिता सापकोटा सुनार मत- ५३८०बनगाड कुपिण्डे नगरपालिका मेयर माओवादी कर्ण बहादुर बुढाथोकी मत- ७४६६उपमेयर कांग्रेस पुरुषोत्तम आचार्य मत- ५४३५कपुरकोट गाउँपालिका अध्यक्ष समाजवादी दुर्गा पुन मत- ३१६० उपाध्यक्ष माओवादी केन्द्र  प्रकाश भण्डारी मत- ३२४०सिद्ध कुमाख गाउँपालिकाअध्

४ सय १२ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत अहिलेसम्म ४ सय १२ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। सार्वजनिक भएको परिणाममा नेपाली कांग्रेस १ सय ८८ वटा स्थानीय तह विजयी भएको छ। नेकपा एमाले १ सय१७ पालिकामा विजयी भएको छ । त्यस्तै नेकपा माओवादी केन्द्र ८३ पालिकामा विजयी भएको छ। एकीकृत समाजवादी ७ ठाउँमा विजयी हुँदा जनता […]

२ सय ९० स्थानीय तहको मत परिणाम सार्वजनिक

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत अहिलेसम्म २ सय ९० पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणाममा नेपाली कांग्रेसले १ सय २९ वटा स्थानीय तह विजयी भएकाे छ । नेकपा एमाले भने ८२ पालिकामा विजयी भएकाे छ। त्यस्तै नेकपा माओवादी केन्द्र ६१ पालिकामा विजयी भएकाे छ । एकिकृत समाजवादी चार ठाउँमा विजयी […]

अहिलेसम्म २ सय ६० स्थानीय तहको मत परिणाम सार्वजनिक

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत अहिलेसम्म २ सय ६० पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। सार्वजनिक परिणाममा नेपाली कांग्रेसले १ सय २० वटा स्थानीय तह जितेको छ भने नेकपा एमाले ७० पालिकामा समेटिएको छ । त्यस्तै नेकपा माओवादी केन्द्र ५६ पालिकामा विजयी भएको छ । एकिकृत समाजवादी चार ठाउँमा विजयी हुँदा जनता समाजवादी पार्टीले […]

डोटीका छ स्थानीय तहको मत परिणाम सार्वजनिक, कांग्रेस अग्रस्थानमा

डोटी - डोटीका नौ वटा स्थानीय तह मध्ये छ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये बोगटान फुड्सिल गाउँपालिका, बडिकेदार गाउँपालिका, जोरायल गाउँपालिका, आदर्श गाउँपालिका, पूर्वीचौँकी गाउँपालिका र सायल गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको छ ।  बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का कमलबहादुर गड्सिलाले दुई हजार ५८ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ । यस्तै उपाध्यक्ष पदमा नेपाली कांग्रेसका विष्नादेबी बमले दुई हजार ६३ मत ल्याएर निर्वाचित हुनु भएको छ । यस गाउँपालिकाका अन्...

२ सय ३३ स्थानीय तहको मत परिणाम सार्वजनिक

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत अहिलेसम्म २ सय ३३ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणाममा नेपाली कांग्रेसले १ सय ८ वटा स्थानीय तह जितेको छ भने नेकपा एमाले ६२ पालिकामा समेटिएको छ। त्यस्तै नेकपा माओवादी केन्द्र ५० पालिकामा विजयी भएको छ । एकीकृत समाजवादी ४ ठाउँमा विजयी हुँदा जनता समाजवादी […]

बागलुङका ४० वडाको मत परिणाम सार्वजनिक, गठबन्धनको वर्चश्व

वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाममा बागलुङमा पाँच दलीय गठबन्धनले वर्चश्व कायम गरेको छ। सोमबार बिहानसम्म पूर्ण रुपमा मत परिणाम सार्वजनिक भएका ४० वडामध्ये अधिकाँसमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्।...