बिर्तामोडमा आजको खोप कार्यक्रम स्थगित

झापा । झापाको बिर्तामोड नगरपालिकामा आजको खोप कार्यक्रम स्थगित भएको छ । नगरपालिकाले खोप अभाव भएको भन्दै सूचना निकालेर कार्यक्रम स्थगित गरेको जनाएको हो । सरकारले चीनमा उत्पादित भेरोसिल खोप ६२ देखि ६४ बर्ष उमेर समुह तथा अग्रभागमा रहेर काम गर्ने सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मी  लगायतका मानिसलाई लगाउने गरि जेठ २६ र २७ गते दुई दिनको तालिका सार्बजनिक गरेको थियो । सरकारको तालिका अनुसार स्वास्थ्य कार्यालय झापाले बिर्तामोड नगरपालिकालाई १ हजार ५ सय ९६ खोप उपलब्ध गराएको तर २६ गते बिहानै देखि

सम्बन्धित सामग्री

पर्याप्त खोप नहुँदा ललितपुरमा रोकियो कोरोना खोप कार्यक्रम

खोपको अभाव भएपछि ललितपुरमा कोरोना खोप कार्यक्रम रोकिएको छ। असार ९ गतेदेखि सुरु भएको खोप कार्यक्रम पर्याप्त खोप उपलव्ध नभएपछि बीचमै रोकिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। स्वास्थ्य कार्यालयका प्रमुख...

ललितपुरमा खोप कार्यक्रम स्थगित

काठमाडौँ । सरकारबाट आवश्यक मात्रामा खोप उपलब्ध नभएपछि ललितपुरमा खोप कार्यक्रम स्थगित गरिएको छ । ५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई लगाउन थालिएको पहिलो मात्राको कोभिड १९ विरुद्धको खोप अभाव भएपछि मंगलबारदेखि अनिश्चितकाका लागि खोप कार्यक्रम स्थगित गरिएको ललितपुर महानगरपालिकाले जानकारी दिएको छ । विज्ञप्ति जारी गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले भनेका छन्, ‘असार […]

ललितपुरमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित

काठमाडौं, १४ असार । ललितपुरमा गत असार १० गतेदेखि सुरु गरिएको कोरोना भाइरसविरुद्धको फाईजर खोप कार्यक्रम स्थगित भएको छ । खोप पर्याप्त मात्रामा उपलब्ध नभएपछि तत्कालका लागि खोप कार्यक्रम स्थगित गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ । मंगलबारदेखि अर्को सुचना प्रकाशित नभएका सम्मका लागि खोप कार्यक्रम स्थगित भएको महानगरले सुचनामा उल्लेख गरेको छ । महानगरको अनुसार […]

ललितपुरमा कोरोना खोप कार्यक्रम रोकियो

ललितपुर – ललितपुरमा कोरोना खोप कार्यक्रम बीचमा रोकेको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार पर्याप्त खोप उपलव्ध नभएपछि तत्कालका लागि खोप कार्यक्रम रोकिएको हो । कार्यालयका प्रमुख सतिस विष्टले ललितपुर महानगर, गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकामा खोप कार्यक्रम रोकिएको बताए । उनले भने, ‘दक्षिण ललितपुरका बागमती, महांकाल र कोञ्ज्योसोम गाउँपालिकामा पुग्ने खोप पठाएका छौं ।’ […]

काठमाडौंमा दसैंलक्षित कोभिड खोप कार्यक्रम सुरू

काठमाडौं महानगरपालिकाले दसैं लगायतका चाडपर्वलक्षित कोभिडविरूद्धको खोप कार्यक्रम सुरू गरेको छ।

कलाकारका लागि खोप कार्यक्रम सञ्चालन

काठमाडौं, साउन २४ । नेपाल चलचित्र कलाकार संघले कोभिडविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको छ । आइतबार ललितपुरको जिल्ला स्वास्थ्य कार्यालयमा संघले कोभिडविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले कोभिड १९ विरुद्धको खोप लगाएकाहरुलाई कोरोना संक्रमण भएपनि सामान्य रहने बताउनुभयो । संघले गरेको सो कार्यक्रमको प्रशंसा गर्दै उपमेयर सत्यालले कलाकारितामा […]

आज काठमाडौं महानगरपालिकाका वडाहरुमा खोप कार्यक्रम संचालन नहुने

महानगरपालिकालाई दिइएको खोप हिजो नै सकिएकोले  आज खोप कार्यक्रम संचालन नहुने भएको छ। आज बुढानिलकण्ठ र गोकर्णेश्वरमा पनि खोप कार्यक्रम संचालन हुने छैन।

काठमाडौंको खोप कार्यक्रम स्थगित

काठमाडौं महानगर पालिकाले संचालन गरेको खोप कार्यक्रम स्थगीत हुने भएको छ । गएको मंगलबार देखि महानगरको ३२ वटै वडामा सञ्चालन हुँदै आएको खोप कार्यक्रम सरकारले खोप उपलब्ध नगराउने भए पछि स्थगीत हुनपुगेको हो । काठमाडौं महानगर सहरी जनस्वास्थ्य प्रमुख हरि कुँवरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप महाशाखाले काठमाडौं महानगरलाई थप खोप उपलब्ध गराउन नसक्ने भने […]

जापानमा कोरोना खोप कार्यक्रम सुरु

५ फागुन, काठमाडौं । जापानमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । फाइजर र बायोएनटेकले विकास गरेको कोरोना खोपबाट जापानमा कोरोना खोप कार्यक्रम सुरु गरिएको हो । केही दिनअघि जापानले फाइजरको कोरोना खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको थियो । बुधबादेखि जापानले प्राथमिकताको आधारमा कोरोना खोप लगाउन सुरु गरेको हो । कोरोना खोप […]