चितवन- भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२ हजार ९४७ भुक्तानी पाएको छ । बिमा गरेका सेवाग्राहीसँग अस्पतालले असुल गर्नुपर्ने उक्त रकम बिमा बोर्डले उपलब्ध गराएको हो । स्वास्थ्य संस्थाका बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेल उपचारवापत अझै रु ३६ करोड असुल हुन बाँकी रहेको जानकारी दिए । संस्थाले विसं २०७४ भदौबाट स्वास्थ्य बिमा कार्यक्रम […]
उदयपुर (गाईघाट)- उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै ठगी गर्ने बिहारी गोविन्द साह र सचिन साहलाई प्रहरीले पक्राउ गरेको छ । दुई भारतीयले ग्रामीण महिलाका सुनको गहना सफा गरिदिने भन्दै लुटपाट गरेको तथा स्थानीय पेसलकुमारी मगर र मनमाया तामाङको घरमा गहना सफा गर्ने बहानामा सुन चोरी गरेकाले प्रहरीले कारबाहीका लागि नियन्त्रणमा लिएको हो । […]
आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमा विद्युतीय सवारी (EV) सम्बन्धी एउटा मात्र महत्वपूर्ण नीतिगत व्यवस्था आएको छ। यो व्यवस्था विशेषगरी सार्वजनिक प्रयोजनका ठूला विद्युतीय सवारीसाधन लक्षित छ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमार्फत सार्वजनिक प्रयोजनका ठूला विद्युतीय सवारीसाधन (ईभी) खरिदका लागि कर्जा प्रवाह सहज बनाउने घोषणा गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको […]
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको पुनर्वर्गीकरण गर्दै व्यवसायको आकार र प्रकृतिअनुसार विशिष्टीकृत बैंकिङ सेवा विकास गर्ने नीति लिएको छ। आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थालाई उनीहरूको व्यवसायको आकार र प्रकृतिअनुसार पुनर्वर्गीकरण गरी विशिष्टीकृत सेवासहितको बैंकिङ अवधारणामा अघि बढाइने बताए। गभर्नर पौडेलका […]