पाणिनी गाउँपालिका उपाध्यक्ष एमाले छाडेर कांग्रेसमा प्रवेश

अर्घाखाँची – २०७४ सालको पालिका चुनावमा अर्घाखाँचीको पाणिनी गाउँपालिकामा एमालेबाट उपाध्यक्षमा निर्वाचित लक्ष्मी गौतम नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।  नेपाली कांग्रेस पाणिनी गाउँपालिकाले आज साेमवार दुर्गाफाँटमा गरेकोे आमसभा कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गाैतमसहित अन्यलाई पार्टीमा प्रवेश गराउनुभएको हो । गौतम गाउँपालिका महासङ्घको केन्द्रीय सदस्यसमेत हुनुहुन्छ । नेकपा एमाले, नेकपा माओवादीका केही नेता/कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।  यस आमसभामा महामन्...

सम्बन्धित सामग्री

पाणिनी गाउँपालिका उपाध्यक्ष गौतम कांग्रेसमा प्रवेश

अर्घाखाँची । एमालेबाट पाणिनी गाउँपालिका उपाध्यक्षमा निर्वाचित लक्ष्मी गौतम नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । कांग्रेस पाणिनी गाउँसमितिले सोमबार दुर्गाफाँटमा आयोजना गरेको एक कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले गौतमलाई पार्टी प्रवेश गराएका हुन् । गाउँपालिका महासंघको केन्द्रीय सदस्यसमेत रहेकी नेतृ गौतमले एमाले विभाजन हुँदा नेकपा एसको पक्षमा सनाखत गरेकी थिइन् । गौतमसँगै नेकपा एसमा सनाखत […]

पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम एमाले छाडेर कांग्रेसमा

अर्घाखाँचीको पाणिनी गाउँपालिका उपाध्यक्ष कांग्रेस प्रवेश गरेकी छिन् । एमालेबाट उपाध्यक्षमा निर्वाचित गौतम सोमबार दुर्गाफाँटमा आयोजित एक कार्यक्रमका बीच कांग्रेस प्रवेश गरेकी हुन् ।

पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम एमाले छाडेर कांग्रेसमा

अर्घाखाँचीको पाणिनी गाउँपालिका उपाध्यक्ष कांग्रेस प्रवेश गरेकी छिन् । एमालेबाट उपाध्यक्षमा निर्वाचित गौतम सोमबार दुर्गाफाँटमा आयोजित एक कार्यक्रमका बीच कांग्रेस प्रवेश गरेकी हुन् ।

गाउँपालिका उपाध्यक्षसहितका एमाले जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा

अर्घाखाँचीको पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमसहितका जनप्रतिनिधिले शुक्रबार नेकपा (एकीकृत समाजवादी) पार्टीका पक्षमा सनाखत गराएका छन् । एमालेबाट निर्वाचित उपाध्यक्ष गौतमसहित अर्घाखाँचीका ४ जना जनप्रतिनिधिले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेको जिल्ला निर्वाचन अधिकारी सुरेश भण्डारीले रातोपाटीलाई बताए ।नेकपा एकीकृत समाजवादीका अर्घाखाँची जिल्ला कमिटी अध्यक्ष रामबहादुर चौहानका अनुसार पाणिनी गाउँपालिका उपाध्यक्ष गौतम, सोही गाउँपालिका–३ का वडा सदस्य ओमप्रकाश भुसाल,

अर्घाखाँचीको पाणिनी गाउँपालिका अध्यक्ष कांग्रेस, उपाध्यक्ष एमाले विजयी

पाणिनी गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ । अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमाले उम्मेदवार जीवनारायण कोइरालालाई ४ सय ९२ मत अन्तरले हराउँदै कांग्रेसका उम्मेदवार अच्युत गौतम विजयी भएका छन् । गौतमले ५ हजार ९ सय ७७ मत ल्याए । कोइरालाले ५ हजार ४ सय ८५ मत ल्याए ।