लमजुङका ९०% विद्यालय भवन पुनर्निर्माण सम्पन्न

वैशाख २०, लमजुङ । गोरखा भूकम्प गएको ६ वर्षको अवधिमा यहाँ ९० प्रतिशत विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षति बनाएका १५६ ओटा विद्यालयमध्ये १०६ ओटा विद्यालयका भवन पुनर्निर्माण भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले जानकारी दिएको छ ।  एकाइका प्रमुख अशोक पराजुलीले जिल्लामा १० प्रतिशत अर्थात् ५७ ओटा विद्यालय भवन मात्र पुनर्निर्माण गर्न बाँकी रहेको जानकारी दिए । कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/२०७७ मा २२ ओटा, आव २०७५/७६ ६८ ओटा, आव २०७४/७५ मा आठ ओटा र आव २०७३/२०७४ मा ८ ओटा विद्यालय भवन पुनर्निर्माण सम्पन्न भएको थियो ।  जिल्लामा ६९ शौचालय पुनर्निर्माण गर्नुपर्नेमध्ये ४० शौचालय पुनर्निर्माण भएको छ भने २९ शौचालय निर्माणाधीन रहेको छ । त्यस्तै ३६ ओटा खानेपानी पुनर्निर्माण गर्नुपर्नेमध्ये पाँच खानेपानी धारा सम्पन्न भएको र २९ वटा खानेपानी निर्माणाधीन रहेका छन् ।  ती निर्माणाधीन सबै योजना यस चालू आर्थिक वर्षको असार महीनाभित्रै सम्पन्न गर्दै विद्यालय पुनर्निर्माणको कार्य सम्पन्न गर्ने एकाई प्रमुख पराजुलीले बताए । रासस

सम्बन्धित सामग्री

विद्यालय भवन पुनर्निर्माण सम्पन्न

गत २०७२ को भूकम्पमा परी भत्किएको दोलखाको सदरमुकाम चरीकोटस्थित पशुपति कन्या माध्यमिक विद्यालयको भवन पुनर्निर्माण सम्पन्न भएको छ। एसियाली विकास बैङ्कको अनुदानमा चार करोड ६२ साल ८५ हजार ९६० (भ्याटबाहेक) रुपियाँको लागतमा पुनर्निर्माण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक गोविन्दनारायण मानन्धरले जानकारी दिनुभयो।

५ करोड ४५ लाखको लागतमा पुरातात्विक शैलीमा विद्यालय भवन पुनर्निर्माण

जेठ १६, दोलखा । यस जिल्लाको भीमेश्वर नगरपालिका २ मा रहेको राजकुलेश्वर आधारभुत विद्यालय भवनको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । दाताको ५ करोड ४५ लाख १६८ रुपैयाँको लगानीमा विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको हो । हेल्प नेपाल नेटवर्क नामक गैह्र सरकारी संस्थाको लगानीमा भवन निर्माण सम्पन्न भएको राजकुलेश्वर अधारभूत विद्यालयका प्रधानअध्यापक प्रकाश दहालले जानकारी दिए । विसं २०७२ सालमा भुकम्पले विद्यालय भवन ध्वस्त भएपछि विद्यार्थीरु टहरोमा अध्ययन गरिरहेका थिए । दाताको सहयोगका कारण अब भने विद्यार्थीहरुले अध्ययन गर्न सुविधा सम्पन्न भवन पाएको प्रधानाध्यापक दाहालले बताए । भवन निर्माणको समन्वय स्थानीय राजहिटी समाज दोलखाले गरेको थियो भने मुख्य सहयोगीहरुमा रोटरी क्लव अफ पाटन दरवार स्क्वायर र नेप्लीज सोसाईटी अफ टेक्सास रहेका थिए । उपभोक्ताहरुबाटै विद्यालय भवनको निर्माण गरिएको थियो । नवनिर्मित भवनको आइतवार भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले उद्घाटन गरेका छन् । उक्त अवसरमा मेयर मानन्धरले  दाता तथा सहयोगीहरुलाई सहयोग गरेकोमा धन्यवाद दिंदै अवका दिनमा विद्यालय परिवार शैक्षिक गुणस्तर सुधारमा केन्द्रित हुनु पर्नेमा जोड दिएका थिए । नवनिर्मित विद्यालय भवनमा एक बैठक कक्षसहित २६ ओटा कोठाहरु रहेका छन् । भुईंतला सहित तीन तल्ला रहेको उक्त भवन पुरातात्विक शैली झल्कने गरि निर्माण गरिएकोले दोलखा शहरको सौन्दय समेत बढेको स्थानीयहरुको भनाइ छ ।  विद्यालयमा बाल कक्षादेखि कक्षा आठसम्म अध्यापन हुने  गरेको छ ।

एक सय ६१ विद्यालय भवन पुनर्निर्माण

लमजुङ । गोरखा भूकम्प गएको करीब आठ वर्षको अवधिमा यहाँ १६१ विद्यालयको भवन पुनर्निर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षति बनाएका १६३ विद्यालय भवन पुनर्निर्माण गर्नुपर्नेमा हालसम्म १६१ विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको शिक्षा विकास तथा समन्वय एकाइ एवं साविक राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)का इञ्जिनीयर दीपकराज कँडेलले बताए । उनले भने, ‘अब जिल्लामा दुई विद्यालयका एक/एक भवन निर्माण गर्न बाँकी रहेको र निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।’ बेँसीशहर नगरपालिका–१० बाङ्गेको बालज्योति माध्यमिक विद्यालय र मध्य नेपाल नगरपालिकास्थित डढुवा दुच्र्छा माध्यमिक विद्यालयमा चार कोठे विद्यालय भवन निर्माण गर्न बाँकी रहेको उनको भनाइ छ । ती बाँकी रहेका विद्यालय भवन एक महिनाभित्रमा सम्पन्न हुने बताइएको छ । जिल्लामा उक्त विद्यालय भवनमध्ये ९१ चार कोठे, १९ तीन कोठे र दुई कोठे ५३ विद्यालय भवन पुनर्निर्माण गर्नुपर्नेमा उक्त दुई विद्यालयका चार/चार कोठे एक/एक विद्यालय भवन निर्माण सम्पन्न हुन बाँकी रहेको छ । रासस

भूकम्पले भत्काएका १४६ विद्यालय भवन पुनर्निर्माण

खोटाङमा २०७२ सालको भूकम्पले भत्काएका १ सय ६२ विद्यालयका भवनमध्ये १ सय ४६ वटाको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बजेटमा १ सय ३० र गैरसरकारी संस्थाको बजेटमा १६ गरी १ सय ४६ वटा विद्यालय भवन पुनर्निर्माण सम्पन्न भएको हो ।दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा १६ वटा […]

काभ्रेका ६ वटा विद्यालय भवन पुनर्निर्माण सम्पन्न

१३ असोज, काठमाडौं । भूकम्पले क्षतिग्रस्त बनाएका काभ्रेका ६ वटा विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको छ । भारत सरकारको आर्थिक अनुदानमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरेका ६ वटा विद्यालय भवनको बुधबार उद्घाटन गरिएको छ । पुनर्निर्मित विद्यालय भवनहरुको बुधबार भारतीय विदेश मन्त्रालयका उत्तरी महाशाखाका संयुक्त सचिव अनुराग श्रीवास्तव, काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य […]

बागलुङमा १७९ ओटा विद्यालय भवन पुनर्निर्माण सम्पन्न

वैशाख १४, बागलुङ । बागलुङमा भुकम्पले भत्काएका १७९ विद्यालय भवन ठडिएका छन् । बागलुङमा विसं २०७२ को भूकम्पबाट क्षति पुगेका १७९ विद्यालय भवनको पुनर्निर्माण भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यालय बागलुङले जानकारी दिएको छ ।  भूकम्प गएको ६ वर्ष बितिसक्दा विद्यालय पुनर्निर्माणले अन्तिम रुप लिन थालेको छ । बागलुङमा भूकम्पले भत्काएका करीब सबै विद्यालय पुनर्निर्माण भएको पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाले विद्यालय पुनर्निर्माणमा तदारुकता दिएपछि विद्यालय भवन ठडिएका हुन् । बागलुङमा पुनर्निर्माण कार्यालय (शिक्षा) स्थापना भएपछि आव २०७३/७४ मा १४, २०७४/७५ मा १४, २०७५/७६ पहिलो चरणमा ४०, दोस्रो चरणमा ३८, २०७६/७७ को पहिलो चरणमा आठ, दोस्रो चरणमा ६५ ओटा विद्यालय पुनर्निर्माण गरिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का प्रमुख मतिलाल चपाईंले जानकारी दिए ।  आव २०७६/७७ को दोस्रो चरणका विद्यालयको भौतिक प्रगति ८० प्रतिशत पुगेको र यसअघिका सबै विद्यालय निर्माण सम्पन्न भई विद्यालयलाई हस्तान्तरण गरिसकिएको छ ।  ‘अन्तिम चरणका केही भवन हस्तान्तरण हुन बाँकी रहेको र केही भवन दुर्गमका हिसाबले ढिलागरी निर्माण भइरहेकाले केही प्रतिशत बाहेक १७९ विद्यालय पुनर्निर्माण भइसकेको छ’, चपाईंले भने, ‘अब विद्यालयको पुनर्निर्माण लगभग सकिएको छ, सरकारले अब बन्ने विद्यालयको जिम्मा स्थानीय तहलाई दिने माथिको कार्यविधि छ ।’ बन्दाबन्दीमा भवन निर्माणले गति लिएपछि भौतिक प्रगति सन्तोषजक देखिएको छ ।  यसैगरी प्राधिकरणले आव २०७५/७५ को दोस्रो चरणमा २५, २०७६/७७ को पहिलो चरणमा आठ र ६ खानेपानी आयोजना र २०७६/७७ को दोस्रो चरणमा २५ शौचालय र २५ ओटा खानेपानी आयोजना निर्माणधीन अवस्थामा रहेको तथा यसको भौतिक प्रगति ८० प्रतिशत भइसकेको छ ।  बागलुङमा निर्माण भएका १७९ विद्यालयमा ८२ ओटा चार कोठे, २९ ओटा तीन कोठे र ६८ ओटा दुई कोठे विद्यालय निर्माण गरिएको हो । भूकम्पले क्षति पुर्‍याएका २१५ विद्यालय मध्येबाट दुर्गम, विद्यार्थी संख्या तथा मौजुदा भवनको अवस्था हेरेर नयाँ भवन निर्माण गरिएको हो ।  प्राधिकरण शिक्षाका इञ्जिनीयर रामानन्द देवका अनुसार चार कोठे भवनका लागि रू. ७० लाख ४० हजार, तीन कोठे भवन निर्माणका लागि रू. ३५ लाख ७० हजार, दुई कोठे भवन निर्माणका लागि रू. २३ लाख ९० हजार, शौचालय निर्माणका लागि रू. १५ लाख र खानेपानी आयोजनाका लागि सात लाख बजेट विनियोजन हुँदै आएको छ । भौगोलिक अवस्था तथा ढुवानी खर्च हेरेर केही बजेटमा हेरफेर पर्न सक्ने एकाइले जानकारी दिएको छ । रासस

खोटाङमा भूकम्पपछि १०६ सामुदायिक विद्यालय भवन पुनर्निर्माण

भूकम्पपछि खोटाङमा १०६ वटा सामुदायिक विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको छ

विद्यालय पुनर्निर्माण अझै एक वर्ष लाग्ने

भूकम्पले क्षति पुयाएका जिल्लाका २८ सामुदायिक विद्यालयका भवन एशियाली विकास बैंक (एडिबी)को करिब एक अर्ब २९ करोड रुपैयाँ ऋण सहयोगमा निर्माण सम्पन्न भएका छन् । सरकारको आपतकालीन परियोजनाअन्तर्गत चार वर्षमा ती संख्यामा विद्यालय भवन पुनर्निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)ले जनाएको छ । पुनर्निर्माण सम्पन्न भएका ती विद्यालय हस्तान्तरण भइसकेको एकाइ प्रमुख द्वारिका पोखरेलले जानकारी दिए । उनका अनुसार दाताको ऋण सहयोगमा विद्यालयका भवन तथा शौचालय निर्माण भएका हुन् । धुलिखेलस्थित सञ्जीवनी नमूना मावि र चौरीदेउरालीस्थित प्रभा नमूना माविमा आवासीय भवन तथा केही विद्यालयमा दुई भवनसमेत निर्माण भएका छन् ।