सरकार ढलेपछि इमरान खानका समर्थकमाथि कारवाही

 पाकिस्तानमा सरकार ढलेपछि अब पूर्व प्रधानमन्त्री इमरान खानका सहयोगीमाथि कारवाही सुरु भएको छ ।इमरान खानका पूर्व सल्लाहकार र मुख्य सचिवलगायतका अधिकारीको नाम स्टप लिस्टमा राखिएको छ । यसैकारण उनीहरुलाई देश छोडेर जान अनुमति हुने छैन । पाकिस्तानको फेडरल इन्भेस्टिगेशन एजेन्सी (एफआईए) ले खानका विशेष सहयोगी भइसकेका शाहबाज गुल र शहजाद अकबरको नाम पनि स्टप लिस्टमा समावेश गरेको छ ।यसबाहेक पूर्व मुख्य सचिव आजम खान, अर्सलान खालिद र डाक्टर रिजवानको नाम पनि नो–फ्लाई सूचीमा राखिएको छ ।

सम्बन्धित सामग्री

पाकिस्तानको संसद्ले इमरान खानको भविष्यको फैसला गर्दै

पाकिस्तानमा लामो समयदेखि चलेको राजनीतिक उथलपुथलपछि प्रधानमन्त्री इमरान खान विरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथिको मतदानका लागि शनिबार संसद्को अधिवेशन सुरु भएको छ । सभामुख असद कैसरले बैठक सञ्चालन गर्दैछन् । आइतबारको प्रस्ताव अस्वीकृत हुँदा उपसभामुख कासिम सुरीले सदनको कारवाही चलाएका थिए ।खान विरुद्धको अविश्वासको प्रस्तावमाथिको बहस सुरु भएपछि सदन दिउँसो १२ः ३० बजेसम्मका लागि स्थगित गरिएको छ । तर दलहरुबीच छलफलका कारण बैठक अझै सुरु हुन सकेको छैन । बिहीबार, पाकिस्तानको सर्वोच्च अदालतले संसद् निर्णय