पाकिस्तानमा लामो समयदेखि चलेको राजनीतिक उथलपुथलपछि प्रधानमन्त्री इमरान खान विरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथिको मतदानका लागि शनिबार संसद्को अधिवेशन सुरु भएको छ । सभामुख असद कैसरले बैठक सञ्चालन गर्दैछन् । आइतबारको प्रस्ताव अस्वीकृत हुँदा उपसभामुख कासिम सुरीले सदनको कारवाही चलाएका थिए ।खान विरुद्धको अविश्वासको प्रस्तावमाथिको बहस सुरु भएपछि सदन दिउँसो १२ः ३० बजेसम्मका लागि स्थगित गरिएको छ । तर दलहरुबीच छलफलका कारण बैठक अझै सुरु हुन सकेको छैन । बिहीबार, पाकिस्तानको सर्वोच्च अदालतले संसद् निर्णय