दुईओटा ‘सुरसा’ आकारका भ्रष्टाचार र अख्तियार दुरुपयोगका मामिलाका भूकम्पमा अहिले सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षका करिब एक दर्जन नेताहरु सँगै उनीहरुले प्रतिनिधित्व गरेको राजनीतिक पद्धति थिलथिलो भएका छन्। ‘बजेटगेट’मा अर्थमन्त्री जनार्दन शर्माले ‘सीए साप’ भनेर चिनाउँदै बजेटमा उनको सुझाब मान्न अर्थ मन्त्रालयका उच्च अधिकारीहरुलाई निर्देशन दिएका व्यक्ति एक निजी व्यापारिक संस्था ‘इनफिनिटी होल्डिङ्स’ का प्रतिनिधि […]