धनगढीमा भइरहेको मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेका छन् । बुधबार दुवै टोली जित निकाल्दै अन्तिम चारमा पुगे । आर्मीले प्रदेश १ टिमलाई २५–१७, २५–२१, २५–९ को सोझो सेटले हरायो । खेलका म्यान अफ द म्याच आर्मीका दुर्गा खड्का भए ।