बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष डल्लाकोटी एमालेमा प्रवेश

काठमाडौँ । धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) एमाले प्रवेश गरेका छन् । उनी २०७४ सालको चुनावमा नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । उनी नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको सदस्यसमेत हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा भएको कार्यक्रममा डल्लाकोटीलाई एमाले प्रवेश गराएका हुन् ।

सम्बन्धित सामग्री

माओवादीबाट निर्वाचित गाउँपालिका अध्यक्ष डल्लाकोटी एमाले प्रवेश

धादिङ । नेकपा माओवादीबाट गाउँपालिका निर्वाचित बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष हरी डल्लाकोटी एमालेमा प्रवेश गर्नुभएको छ । नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सदस्य डल्लाकोटी जिल्लामा अब माओवादी केन्द्र छाड्ने लहर सुरु भएको र गाउँ गाउँबाट हजारौँ कार्यकर्ता एमाले प्रवेश गर्न सुरु भएको बताइएको छ । धादिङ जिल्लामा २०७४ को निर्वाचनमा माओवादीबाट निर्वाचित हुनुभएका अध्यक्ष […]

बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष एमाले फर्किए

धादिङवेशी। धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन्। अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि)लाई पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा भएको कार्यक्रममा एमाले प्रवेश गराएका हुन्।

बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष डल्लाकोटी एमालेमा प्रवेश

धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी नेकपा एमालेमा प्रवेश गरेका छन् ।