भारतीय सुरक्षा बल एसएसबीले धार्चुला प्रवेश गर्ने नेपालीलाई पीसीआर रिपोर्ट अनिवार्य गरेको छ । पछिल्लो समय भारतको धार्चुलाबाट नेपाली आउन दिए पनि धार्चुला जाने नेपालीलाई कडाइ गरेको छ
काठमाडौं। सरकारले भारत र चीन बाहेक अन्य देशका नागरिकलाई स्थलमार्ग हुँदै नेपाल प्रवेशमा रोक लगाएको छ। देश भित्र कोरोना संक्रमण बढेपछि सरकारले भारत र चीनबाहेक अन्य देशका नागरिकलाई स्थलमार्गबाट प्रवेशमा रोक लगाएको हो। भारत र चीनका नागरिक स्थलमार्गबाट प्रवेश गर्न पाउने भएपनि अनिवार्य १० दिन होटल क्वारेनटाइनमा बस्नुपर्ने हुन्छ। उनीहरुले ७२ घण्टा अवधि भएको नेगेटिभ पीसीआर रिपोर्ट पनि देखाउनुपर्छ।
काठमाडौं। सरकारले भारत र चीन बाहेक अन्य देशका नागरिकलाई स्थलमार्ग हुँदै नेपाल प्रवेशमा रोक लगाएको छ। देश भित्र कोरोना संक्रमण बढेपछि सरकारले भारत र चीनबाहेक अन्य देशका नागरिकलाई स्थलमार्गबाट प्रवेशमा रोक लगाएको हो। भारत र चीनका नागरिक स्थलमार्गबाट प्रवेश गर्न पाउने भएपनि अनिवार्य १० दिन होटल क्वारेनटाइनमा बस्नुपर्ने हुन्छ। उनीहरुले ७२ घण्टा अवधि भएको नेगेटिभ पीसीआर रिपोर्ट पनि देखाउनुपर्छ।
पूर्वी नाकाबाट भारतीय यात्रीको प्रवेशलाई पूर्ण रूपमा बन्देज गरिएको छ ।
कोरोना विपद् व्यवस्थापन केन्द्रको निर्णयअनुसार पीसीआर रिपोर्ट भएका भारतीयलाई समेत प्रवेश निषेध गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए ।
‘भारतीयलाई मंगलबारबाट लागू हुने गरी प्रवेशमा रोक लगाइएको हो,’ प्रजिअ तिम्सिनाले भने, ‘नेपालीहरूलाई समेत पारि नजान अनुरोध गरिरहेका छौं ।’ नेपालले भारतीयलाई रोक लगाएपछि भारतीय अधिकारीले समेत नेपालीलाई रोक लगाउने तयारी गरिरहेको बुझिएको छ ।
&ls...
विराटनगर / भारतीय नागरिकलाई पूर्वी नाका काँकरभिट्टाबाट नेपाल प्रवेशमा रोक लगाइएको छ । नेपालमा कोरोना सङ्क्रमण बढ्दै गएपछि भारतीय नागरिकलाई काँकरभिट्टा नाका प्रवेशमा रोक लगाइएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी सुनिल दाहालले जानकारी दिए । उनका अनुसार भारतबाट आउने नेपालीलाई भने पीसीआर रिपोर्ट हेरेर छोड्ने गरिएको छ । झापामा कोराना सङ्क्रमण अत्यधिक बढ्न थालेपछि सीमानाकामा...
दार्चुला । भारतीय सुरक्षा बल एसएसबीले धार्चुला प्रवेश गर्ने नेपालीलाई पीसीआर रिपोर्ट अनिवार्य गरेको छ । पछिल्लो समय भारतको धार्चुलाबाट नेपाली आउन दिए पनि धार्चुला जाने नेपालीलाई कडाइ गरेको छ । आजदेखि धार्चुला प्रवेशमा नेपालीलाई पीसीआर रिपोर्ट अनिवार्य गरिएको खलंगा पुलघाटका प्रहरी सहायक निरीक्षक गगनसिंह भाटले जानकारी दिए ।
उत्तराखण्ड सरकारले जारी गरेको स्वास्थ्य निर्देशिकाअनुसार अन्य राज्यबाट उत्तराखण्ड प्रदेशमा प्रवेश गर्न ७२ घण्टाको कोरोना रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने आदेश जारी गरेको छ । सोही निर्देशिकाअनुसार धार्चुला तहसिलले नेपाल–भारत जोड्ने झोलुंगे पुलमा आवतजावत गर्ने व्यक्तिकोे कोरोना नभएको प्रमाणित हुने रिपोर्ट अनिवार्य गरिइएको हो ।
भारतमा कोरोना दर उच्च रहेका कारण उसले सीमा प्रवेशमा कडाइ गरेको छ । दार्चुलामा पीसीआर परीक्षण गर्ने उपकरण छैन । यस्तो अवस्थामा दैनिक उपभोग्यका लागि भारतीय बजार धार्चुला पुग्ने नेपाली भने आइतवारदेखि मार्कामा परेका छन् ।
कोरोना संक्रमणको दर उच्च भइरहेका बेला भारतले धार्चुला बजारमा मास्कमा यसअघि नै कडाइ गरेको थियो । मास्कविना यसअघि पनि भारतले प्रवेश दिएको थिएन । यस्तै भारतीय क्षेत्रमा दिउँसो २ बजेदेखि बजार तथा यातायात बन्द गराएको छ । धार्चुला बजार क्षेत्रमा छ जनामा कोरोनाको नयाँ भेरिएन्ट भेट्टिएपछि दिउसो २ बजेदेखि साँझ ५ बजेसम्म बजार बन्द हुँदै आएको हो ।
भारतीय बजारमा प्रशासनले कडाइ गरे पनि दार्चुलामा भने अझै कडाइ गरिएको छैन । भारतले धार्चुलामा नेपालीलाई पीसीआर रिपोर्ट अनिवार्य गरेपछि नेपालमा के गर्ने भन्नेबारेमा बैठक पछि निर्णय गरिने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए । उनले भने, ‘हामी पनि आज बैठक बसेर सुरक्षा मापदण्डबारे छलफल गर्छौं ।’ कोभिड–१९ को संक्रमणलाई ध्यानमा राख्दै सार्वजनिक यातायातमा मास्क अनिवार्य गरिने भएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दरमा वृद्धि भएको भन्दै रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायातमा मास्क अनिवार्य गरिने भएको हो ।
दार्चुला। भारतीय सुरक्षा बल एसएसबीले धार्चुला प्रवेश गर्ने नेपालीलाई पीसीआर रिपोर्ट अनिवार्य गरेको छ । पछिल्लो समय भारतको धार्चुलाबाट नेपालीलाई आउन दिएपनि धार्चुला जाने नेपालीलाई कडाइ गरेको छ। आजदेखि धार्चुला प्रवेशमा नेपालीलाई पीसीआर रिपोर्ट अनिवार्य गरिएको खलङ्गा पुलघाटका असइ गगनसिंह भाटले बताए। भारतको उत्तराखण्ड सरकारले जारी गरेको स्वास्थ्य निर्देशिकाअनुसार उत्तराखण्ड प्रदेशमा प्रवेश गर्न कोरोना रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने छ। रासस
काठमाडौं । भारत सरकारले पीसीआर नेगेटिभ रिपोर्ट विना विदेशी नागरिकहरुलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ । विना परीक्षण तथा विना कोभिड–१९ प्रमाणीकरण मुलुकमा विदेशीहरुलाई प्रवेश दिँदा थप जोखिम बढेको जनाउँदै भारत सरकारले यस्तो प्रतिबन्ध लगाएको हो ।हालसम्मको खुल्ला प्रवेशलाई निषेध गर्दै भारत सरकारले देश भ्रमणमा आउने ज...
गुल्मीमा एकजना सुत्केरी महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि गुल्मी दरबार गाउँपालिकाका तीन वटा गाउँ पूर्ण बन्द (सिल) गरिएको छ । गाउँपालिका–७ की २१ वर्षीया सुत्केरीमा शनिबार कोरोना पुष्टि भएपछि अन्य व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नआउँदासम्म उक्त वडाका तीन वटा गाउँ सिल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभएको छ । ।
सुत्केरीको प्रत्यक्ष सम्पर्कमा रहेका अन्य व्यक्तिहरूको आजदेखि कन्ट्याक्ट ट्रेसिङको प्रक्रिया शुरु गर्न थालेको छ । गाउँपालिका–७ अन्तर्गतका रोटेपानी, उखाप र रिपाहाका बासिन्दालाई सार्वजनिक रुपमा सूचना जारी गरी अत्यावश्यक कामबाहेक कोही पनि मानिसलाई घरबाहिर ननिस्किन तथा बाहिरी मानिसलाई समेत गाउँ प्रवेशमा रोक लगाइएको वडाध्यक्ष टोपबहादुर बस्नेतले बताउनुभएको छ । ती महिलालाई आरडीटी पोजिटिभ देखिएपछि गत साता आइतबार लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा रिफर गरिएको थियो । लुम्बिनी मेडिकल कलेज, प्रभासबाट स्वाब सङ्कलन गरेर भैरहवा पठाएकामा शनिबार पीसीआर रिपोर्ट पनि पोजिटिभ आएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिनुभयो ।