माधव नेपाल र भीम रावल कारबाहीको भागिदारः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका नेताद्वय माधवकुमार नेपाल र भीम रावलले बुझाएको स्पष्टिकरण नकारात्मक भएकाले कारबाहीको भागिदार रहेको बताउनुभएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा(एमाले)को संसदीय दलको बैठकमा ओलीले अरु दुई जना (घनश्याम भुसाल) र सुरेन्द्र पाण्डेको स्पष्टिकरण सकारात्मक आउनेमा आफू विश्वस्त रहेको बताउनुभयो । एमालेले गुटबन्दीमा संलग्न भएको आरोपमा वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्टकरण सोधेको थियो । नेपाल र रावलले स्पष्टिकरण दिएपनि भुसाल र पाण्डेको आउन बाँकी रहेको एमालेले जनाएको छ । प्रधानमन्त्री ओलीलाई उदृत गर्दै संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भन्नुभयो, ‘दुई जनाको स्पष्टिकरण आएको छ । त्यो स्पष्टिकरण अत्यन्त नकारात्मक छ । त्यो कारबाहीको भागिदार छ । प्रधानमन्त्रीले भनेको शब्द त्यही नै हो । अरु बाँकी दुई जनाको त्यो कोणबाट नभइकन अत्यन्तै सकारात्मक कोणबाट र त्यो स्पष्टिकरणबाट चाहीँ पार्टीलाई एकढिक्का राख्न मद्दत पुगोस् । त्यस्ता आसयका साथ स्पष्टिकरण आउने अपेक्षा गर्दछु भनेर पनि प्रधानमन्त्रीले भन्नुभएकोछ त्यसकारण दुईवटा आएका स्पष्टिकरणहरु चाहीँ कारबाहीका भागिदार हुन्छन् भनेर उहाँले भन्नुभएको छ । कारबाही कुन प्रकृतिको हुन्छ भन्नेकुरा चाहिँ केन्द्रीय कमिटीको आधिकारीक बैठकले निर्णय गर्छ ।’ बैठकमा प्रधानमन्त्री ओलीले नेकपा(एमाले)ले फागुन २८ गतेपछि गरेका निर्णयहरु फिर्ता नहुने बताउनुभयो । चैत्र ५ गते र चैत्र ७ गतेको संसदीय दलको बैठकले गरेको निर्णयबाट पनि ब्याक हुन नसकिने उहाँको भनाई छ । उहाँले पार्टीको विधान केन्द्रीय कमिटीले अनुमोदन गरिसकेको भन्दै त्यसलाई परिवर्तन गर्न नसकिने स्पष्ट पारेको पनि प्रमुख सचेतक भट्टराईले बताउनुभयो । प्रधानमन्त्री ओलीले नेकपा(एमाले)मा कुनै गुट र समूह नरहेकोले समूहगत रुपमा कसैसँग डिलिङ नगर्ने बताउनुभएको पनि प्रमुख सचेतक भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो ‘२८ गते भएका निर्णयहरु र त्यसपछि भएका संसदीय दलका बैठकहरु चैत्र ५ गते र चैत्र ७ गते भएको संसदीय दलको बैठकले गरेका निर्णयहरुबाट ब्याक हुन सकिदैनँ । बैठकमा केही साथीहरु अनुपस्थित हुनुभयो तर पार्टी विधिसम्मत् तरिकाले निर्णय ...

सम्बन्धित सामग्री

भीम रावल ओलीसँग टिक्न नसक्नेमा माधव नेपाल ढुक्क

काठमाडौं, ६ भदौ । नेकपा एमाले विभाजन भएपनि दोस्रो तहका शक्तिशाली नेताहरुले फुटको पक्षमा लिएनन् । अध्यक्ष केपी शर्मा ओलीसँग माधव नेपाललाई साथ दिएर संघर्ष गर्दै आएका उपाध्यक्ष भीम रावललगायत नेताहरुले पार्टी फुट्दा कठोर निर्णय लिए । उनीहरुले माधव नेपाललाई साथ दिएनन् । भीम रावल, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, गोकर्ण बिष्ट, घनश्याम भुसाल, […]

भीम रावल र ईश्वर पोखरेलबीच छलफल

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष भीम रावल तथा महासचिव ईश्वर पोखरेलबीच छलफल भएको छ। आइतबार टोखास्थित पोखरेल निवासमा भएको भेटमा १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टी एकता गर्नेबारे छलफल भएको बताइएको छ। गत असार २७ गते एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षका कार्यदलबीच १० बुँदे सहमति भएको थियो। उक्त १० बुँदे […]

माधव पक्षको केन्द्रीय समिति बैठकमा भीम रावल सहभागी, सुरेन्द्र र योगेश अनुपस्थित

नेकपा एमालेको माधव नेपाल पक्षीय केन्द्रीय समिति बैठकमा नेता भीम रावल उपस्थित हुँदा सुरेन्द्र पाण्डे र योगेश भट्टराई अनुपस्थित भएका छन् । यस्तै केपी ओली निकट मानिए पनि शेरबहादुर देउवालाई विश्वासको मत दिँदा माधव नेपाल कित्तामा उभिएका प्रेम आले पनि बैठकमा सहभागी भएका छन् । नेपाल समूह निकट मानिने पाण्डे र भट्टराई पछिल्लो समय अलमलमा जस्तो देखिएको बेला आजको बैठकमा अनुपस्थित भएका हुन् ।  कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेका कारण उनीहरु बैठकमा सहभागी नभएको दावी गरिएको छ । माधव नेपालको सचिवालयले

माधव नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु, भीम रावल पनि सहभागी

न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु भएको छ । बुद्धनगरमा बैठक अहिले चलिरहेको छ । नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुले बैठक बोलाउन माग गरेपछि बैठक बोलाइएको हो । यस्तै बैठकमा नेता नेपालसँग असन्तुष्ट देखिएका उपाध्यक्ष भीम रावल पनि सहभागि भएका छन् । गत साउन […]

माधव नेपाल पक्षको बैठकमा भीम रावल गएनन्

काठमाडौं, ६ साउन । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावल माधव नेपाल समूहको स्थायी कमिटी सदस्यहरुको बैठकमा सहभागी भएका छैनन् । काठमाडौंको नयाँ बानेश्वरस्थित् एक होटलमा जारी बैठकमा अरु नेतारु भने गएका छन् । रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने दिन सांसद पदबाट राजीनामा दिएका थिए । त्यसपछि उनी माधव नेपालसँग सम्पर्कमा नभएको बुझिएको […]

माधव नेपाल पक्षको स्थायी कमिटी बैठक, भीम रावल अनुपस्थित

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी रणनीति बनाउन नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको बैठक बसिरहेको छ ।  नयाँ बानेश्वर बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बुधवार दिउँसो शुरू भएको बैठकमा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल हुने एक नेताले बताए ।  बुधवारको स्थायी कमिटी बैठकमा उपाध्यक्ष भीम रावल उपस्थित भएका छैनन् । पार्टी विवाद समाधान गर्न गठित कार्यदलका संयोजक समेत रहेका रावलले १० बुँदे सहमति कार्यान्वयन नभएकोमा असन्तुष्टि जनाएका छन् ।  अनैतिक राजनीतिमा सहभागी न...

एमाले स्थायी कमिटी बैठक– भीम रावल बालुवाटार पुगे

नेकपा एमालेको स्थायी कमिटी बैठकका लागि 'माधव नेपालपक्षीय' नेता भीम रावल बालुवाटार पुगेका छन् । सर्वोच्चले प्रतिनिधि सभा पुन:स्थापना तथा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि पूर्व आह्वान अनुसार नै एमाले स्थायी कमिटी बैठक बस्न लागेको हो । यसअघिका बैठकमा नेता रावल सहभागी भएका थिएनन् । एमाले विवाद समाधानका लागि गठित कार्यदलले १० बुँदे सहमति गरेपछि नेता रावल बालुवाटार पुगेका हुन् । कार्यदलमा रावलले माधव नेपाल पक्षबाट नेतृत्व गरेका थिए । रावल बालुवाटार पुग्दै गर्दा माधव नेपाल भन...

भीम रावल माधव नेपाल निवास पुग्दा कार्यदल बैठक पर धकेलियो

नेकपा एमालेका उपाध्यक्ष तथा नेपाल पक्षका कार्यदलका संयोजक भीम रावल वरिष्ठ नेता माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । उनी नेपाललाई भेट्न पुगेपछि कार्यदलको बैठक पर धकेलिएको छ । कार्यदलका अन्य सदस्यहरु सिंहदबारमा भेला भइसकेपनि रावल नआएकाले बैठक पर धकेलिएको एक नेताले जानकारी दिए । यसअघि बिहान ८ बजेका लागि तयको बैठक १० बजेलाई सारिएको थियो । तर,  रावल कोटेश्वरमा व्यस्त बनेपछि बैठक बस्न थप ढिलाइ भएको हो । पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल सम्मिलित १० सदस्य कार्यदल

माधव नेपाल पक्षको केन्द्रीय समितिको भर्चुअल बैठक जारी

काठमाडौं। माधवकुमार नेपाल समूहका एमाले केन्द्रीय सदस्यहरुको भर्चुअल बैठक सुरु भएको छ। जुममार्फत बसिरहेको बैठकमा योगेश भट्टराई,घनश्याम भुसाल,सुरेन्द्र पाण्डे र गोकण विष्ट पनि सहभागी छन्। आज बिहान साढे ११ बजेदेखि बैठक सुरु भएको केन्द्रीय सदस्य निरज आचार्यले देखापढीलाई बताए। “विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे माधव नेपाल,भीम रावल र घनश्याम भुसालले धारणा राखेका छन्”, उनले भने। उनले अनौपचारिक बैठक भएको प्रतिक्रिया दिए।

अध्यक्ष ओलीविरुद्ध अदालतसँग माधव नेपाल समूहको ५ माग

काठमाडौं : पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद पद 'जोखिम'मा पार्नेगरी प्रष्टीकरण सोधेपछि सर्वोच्च अदालत पुगेको नेकपा एमालेको माधव नेपाल समूहले दायर गरेको रिटमा ५ वटा माग गरिएको छ। अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले ६ महिनाका लागि निलम्बन गरेका नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी…