देउवाको अग्रता कायमै, पछ्याउँदै शेखर

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सभापति पदको जारी मतगणनामा शेरबहादुर देउवाले अग्रता कायम राखेका छन् । राष्ट्रियसभा गृहमा जारी मतगणनामा उनले अग्रता लिएका हुन् ।  १२०० मतगणना हुँदा देउवाको पक्षमा  ७११ मत खसेको छ । उनका प्रतिस्पर्धी डा. शेखर कोइरालाका पक्षमा ४७७ मत खसेको निर्वाचन समितिले जनाएको छ ।  मंगलबार अबेर...

सम्बन्धित सामग्री

कांग्रेस निर्वाचन : सभापतिमा देउवाको अग्रता कायमै, कोइराला पछ्याउँदै

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदको मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ । सभापति पदको ४०० भोट गणना हुँदा शेरबहादुर देउवाले २२९ मत ल्याएका निर्वाचन समितिले जनाएको छ । सभापतिका अर्का उम्मेदवार डा. शेखर कोइरालाले १५८ मत ल्याएका छन् ।  सभापति पदको मतगणना मंगलवार राति सवा ११ बजेदेखि शुरू भएको हो । सोमवार भएको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने देउवा र कोइरालाबीच मंगलवार दोस्रो चरणको  ...

अपडेट– देउवाको अग्रता कायमै, पछ्याउँदै कोइराला

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसारको पछिल्लो परिणम यस्तो छ– गणना– १७०६ । शेरबहादुर देउवा– ८११, शेखर कोइराला– ६२६, प्रकाशमानसिंह १३१, विमलेन्द्र निधि– ९७, कल्याण गुरुङ– ५ ।

९५० मत गणना हुँदा देउवाको अग्रता कायमै, शेखर पछ्याउँदै

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन जारी सभापतिको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । उनलाई शेखर कोइरालाले पछ्याइरहेका छन् । ९५० मतगणना हुँदा ४५६ मत प्राप्त गरेका छन् । कोइरालाले ३५७ मत पाएका छन् ।  जम्मा ४६८९ मत खसेको थियो ।