दाङमा फूलखेती गरेका किसानलाई अहिले फूल टिपेर माला गाँस्न भ्याइनभ्याइ भएको छ । तिहार नजिकिएसँगै किसानले फूल टिपेर माला बनाउन थालेका हुन् । घोराही उपमहानगरपालिका–१४, झिगौरामा व्यावसायिकरूपमा फूलखेती गरेका लोकेन्द्र रोका मगर अहिले फूल टिपेर माला बनाउन थालेका छन् । घोराही उपमहानगरपालिका–१३ मा सामूहिक फूलखेती गरेका इन्द्रा बुढा मगरले पनि तिहारका लागि फूलको माला बनाउन सुरु गरेका छन् । उनीहरू जस्तै जिल्लामा अहिले फूलखेती गरेका किसानले तिहारका लागि तयारी सुरु गरिरहेका छन् । फूलको मालाको