दाङ : तुलसीपुर उपमहानगरपालिका–१२ रझेनाका शशिराम विश्वकर्माले दुई वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएका छन्। करिब ११ वर्ष कतारमा बसेर आएपछि आफ्नै ठाउँमा केही गर्ने उद्देश्यलेयो व्यवसाय शुरु गरेको उनी बताउँछन् । उनी २०६३ सालमा कतार गएका थिए। त्यहाँ एउटा कम्पनी अस्पताल बनाउन लाग्दा अस्पतालको गार्डेन बनाउने बेला इन्जिनियर तथा प्राविधिकले फूलखेती गरेको देखेँ। ‘त्यसपछि आफ्नै ठाउँमा यस्तो गरे राम्रो हुन्थ्यो, होला जस्तो लागेपछि नेपाल आएर यो व्यवसाय शुरु गरेँ&rsqu