हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा डेंगु नियन्त्रण गर्न सुरु गरिएको किटनाशक औषधिसहितको स्प्रे नगरका सबै वडामा पुगेको छ । डेंगुको जोखिम उच्च हुँदै गएपछि उपमहानगरले स्प्रे अभियानलाई थप गर्दै लगेको जनस्वास्थ्य शाखाले जनाएको छ । असार अन्तिम साताबाट डेंगुका बिरामी देखिन थालेपछि उपमहानगरले स्वास्थ्य कार्यालय मकवानपुरको समन्वयमा नगरभर लामखुट्टेको लर्भा नष्ट गर्ने कार्यक्रमसँगै स्प्रे अभियानलाई […]