काठमाडौं : यतिवेला देशभर डेंगु संक्रमण निरन्तर उकालो लागिरहेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार आइतबारसम्म देशभर ९ हजार ८ सय ३५ जनामा डेंगु संक्रमित भइसकेका छन्।काठमाडौं, ललितपुर लगायतका १० वटा जिल्ला उच्च जोखिममा रहेको सरकारी तथ्यांकले देखाएको छ। तर सरकारले डेंगु नियन्त्रणका लागि खासै पहल गरेको देखिँदैन। डेंगु जोखिम कायम रहँदा पनि संघीय तथा स्थानीय सरकारले पहल गरेका छैनन्। डेंगुको संक्रमण उच्च रहेको काठमाडौंमा महानगरपालिकाले नियन्त्रण