काठमाडाैँ- गोरखा नगरपालिका-५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ। बिहीबार साँझ भाइटीकापछि उनको एक्कासी लडेर निधन भएको हो। नेकपा एमाले गोरखा जिल्ला कमिटीका सचिव काजीराम रोकाका अनुसार राना लडेर बेहोस भएपछि उपचारका लागि गोरखा अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याउनु अघि नै उनको निधन भएको अस्पतालले जनाएको छ। राना एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।0 वडाध्यक्ष […]