प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ : प्रचण्ड

११ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभा विघटनलाई बदर गर्दै संसद पुनर्स्थापना गर्न आदेश दिएपछि चितवनमा रहेका प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुले खुसी मनाएका छन् । अध्यक्षद्वय प्रचण्ड र माधवले एकअर्कालाई मिठाई खुवाउनुका साथै अबिर माला गरेका छन् […]

सम्बन्धित सामग्री

रास्वपाका मन्त्रीको राजीनामा स्विकृत, प्रधानमन्त्री प्रचण्डसँग पाँच मन्त्रालय

काठमाडौं, २३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले बुझाएको राजीनामा स्विकृत भएको छ । रास्वपाले सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाएको थियो । पार्टीले फिर्ता बोलाएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर रास्वपाका मन्त्रीहरु डोलप्रसाद अर्याल, शिशिर खनाल र राज्यमन्त्री डा. तोसिमा कार्कीले राजीनामा गरेका थिए । उनीहरुको राजीनामा राष्ट्रपति विद्यादेवी […]

महान्यायाधिवक्ता खम्मबहादुर खातीले दिए राजीनामा

काठमाडौं- महान्यायाधिवक्ता खम्मबहादुर खातीले पदबाट राजीनामा दिएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा नयाँ सरकार गठन भएसँगै सरकारका कानुनी सल्लाहकार (महान्यायाधिवक्ता) खातीले पदबाट राजीनामा दिएका हुन् । सरकार फेरिएसँगै सरकारको कानुनी सल्लाहकार (महान्यायाधिवक्ता) पनि फेरिने प्रचलन छ । महान्यायाधिवक्ता खातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा पेस गरेका हुन् । निवर्तमान प्रधानमन्त्री […]

महान्यायाधिवक्ता खातीद्वारा राजीनामा

सरकारका कानूनी सल्लाहकार खम्मबहादुर खातीले महान्यायाधिवक्ता पदबाट राजीनामा दिएका छन् । महान्यायाधिवक्ता खातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा पेस गरेका थिए। राजीनामा बुझाएसँगै महान्यायाधिवक्ता कार्यालयले उनलाई बिदाइ गरेको छ । बिदाइ कार्यक्रममा उनले आफूले महान्यायाधिवक्ताका रूपमा काम गर्दा परिवारको सदस्यजस्तो भएर काम गरेको, आफूले सकेको काम गरेको र गर्नका लागि अधिकतम प्रयास गरेको बताए […]

महान्यायाधिवक्ता खातीले दिए राजीनामा

काठमाडौँ– सरकारका कानूनी सल्लाहकार खम्मबहादुर खातीले महान्यायाधिवक्ता पदबाट राजीनामा दिएका छन् । महान्यायाधिवक्ता खातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा पेस गरेका थिए । राजीनामा बुझाएसँगै महान्यायाधिवक्ता कार्यालयले उनलाई बिदाइ गरेको छ । बिदाइ कार्यक्रममा उनले आफूले महान्यायाधिवक्ताका रूपमा काम गर्दा परिवारको सदस्यजस्तो भएर काम गरेको, आफूले सकेको काम गरेको र गर्नका लागि अधिकतम प्रयास […]

माधव नेपाल पक्षधर सांसदहरु राजीनामा दिनेबेलामा प्रचण्ड पुगे सिंहदरबार

काठमाडौं, २७ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरु राजीनामा दिनेगरि सिंहदरबारमा छलफलमा छन् । उनीहरुले अहिले केही बेरमा सामूहिक राजीनामा दिँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदैछन् । त्यो भन्दा अघि नै नेपाल पक्षधर सबै सांसदले राजीनामा दिन लागेका हुन् । यसअघि नेपाल पक्षले आज विहान […]

ओलीले राजीनामा दिएर निकास दिनुपर्छ, नत्र अविश्वास प्रस्ताव लैजान्छौँ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन सुझाव दिएका छन् । शुक्रबार आफू पक्षीय सांसदहरुले पार्टीको संसदीय दलको नेता चयन भएपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्रीले राजीनामा नदिने विकल्पमा अविश्वासको प्रस्ताव दर्ता गर्ने जानकारी दिए ।आफूलाई बहुमत सांसदहरुले पार्टीको संसदीय दलको नेता चयन गरेको बताउँदै प्रचण्डले भने, ‘अब केपी ओलीले सर्वोच्च अदालतको नि

राजीनामा लेख्दिन, अरु नै बाटा छन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन् । हिमालय टेलिभिजनको ‘यक्ष प्रश्न‘’ मा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा प्रचण्ड–माधव पक्षलाई आविश्वास प्रस्ताव ल्याएर देखाउन चुनौती समेत दिए ।  यदि अविश्वास प्रस्ताव ल्याए असफल पार्ने सामर्थ्य आफुसँग रहेको पनि प्रधानमन्त्री ओलीको भनाई छ ।  उनले अविश्वास प्रस्ताव आए आफुलाई नेपाली काँग्रेस र जसपाले साथ दिनेमा विश्वस्त रहेको दावी गरे । अविश्वास प्रस्ताव असफल पार्ने अंक गणित छ ? भन्ने प्र

प्रधानमन्त्री केपी ओलीद्वारा यसकारण राजीनामा दिन अस्वीकार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन अस्वीकार गरेका छन् । अहिलेकै अवस्थामा राजीनामा दिए देशमा अस्थिरता आउने उनको दावी छ । हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिए देशमा अस्थिरता आउने दावी गरेको सोही टेलिभिजनको अनलाइन संस्करणमा उल्लेख गरिएको छ । नेकपाको ओली समूहलाई बाहिर राखेर सरकार गठनको प्रयास भइरहँदा प्रधानमन्त्री ओलीले भने त्यस्तो संभावना नरहेको पनि बताएका छन् ।  प्रचण्ड–नेपाल पक्षलाई सरकार बनाउन नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले समर्थन नगर्...

प्रधानमन्त्रीलाई रामचन्द्र झाको सुझाव : ईज्जत जोगाउन राजीनामा दिनुस्

जनकपुरधाम : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल समूहका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रामचन्द्र झाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविलम्ब राजीनामा दिन सुझाव दिएका छन्। नेकपाको प्रचण्ड-नेपाल समूहले जनकपुरधाममा निकालेको विजय जुलुसको कोणसभालाई सम्बोधन गर्दै झाले प्रधानमन्त्री ओलीले ईज्जत जोगाउनका लागि पनि राजीनामा दिनुपर्ने सुझाव दिएका हुन्। उनले नेपाली जनताले…

राजीनामा नदिने ‘मुड’मा प्रधानमन्त्री, अविश्वासको प्रस्ताव सामना गर्ने

काठमाडौं । आफूले गरेको प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओलीले राजीनामा नदिने बरु अविश्वासको प्रस्ताव आए त्यसलाई सामना गरेर जाने बताउनुभयो । त्यस बारे निर्णय गर्न बुधबार ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक बसिरहेको छ । बीबीसीसँगको कुराकानीमा नेता थापाले ओलीले अहिले राजीनामा नदिने स्पष्ट पार्नुभएको हो । सर्वोच्च अदालतले गरेको फैसला मानेर अगाडि बढ्ने तर, राजीनामा नदिने थापाले बताउनुभयो । ‘फैसलाले प्रतिनिधिसभाको बैठक बोलाउने भनेको छ । प्रतिनिधिसभा भित्र यी कुराहरू जान्छन्’ थापाले भन्नुभयो, ‘प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन चाहने व्यक्तिहरूले ल्याउनु होला । प्रधानमन्त्रीज्यूले त्यसको सामना गर्ने कुरा हुन्छ ।’ प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि नेकपा प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेको छ । केही नेताहरुले प्रधानमन्त्रीले राजीनामा नदिए अविश्वासको प्रस्ताव पेश गर्ने र राष्ट्रपतिविरुद्ध पनि महाअभियोग लगाउने बताउँदै आएका छन् । अविश्वासको प्रस्ताव दर्ता भइसकेपछि के गर्ने भन्ने कुरा त्यसपछिको विषय भएको तर अहिले अदालतको फैसलालाई हेरेर राजीनामा दिनुपर्ने आवश्यकता नभएको थापाको भनाइ छ। सर्वोच्च अदालतले पुष ५ गते गरिएको प्रतिनिधि सभा विघटनको निर्णय मंगलबारको फैसलाले असंवैधानिक भएको ठहर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो । ओली पक्षीय नेताहरु अब संसद, सरकार र पार्टी पुष ५ अघिको अवस्थामा मात्रै पुगेको भन्दै सर्वोच्चको फैसलाले राजनीतिक निकास नदिने बताएका छन् । प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले अदालतको फैसला मान्य भएपनि यसले राजनीतिक निकास नदिने स्पष्ट पार्नुभएको छ ।