निर्वाचन प्रक्रिया रोक्न माग गर्दै प्रचण्ड-नेपाल पक्ष आयोगमा

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले निर्वाचन प्रक्रियाका काम रोक्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । सोमबार अध्यक्षद्वय प्रचण्ड र नेपालसहित केही शिर्ष नेताहरु निर्वाचन आयोग पुगेर निर्वाचन प्रक्रिया सम्बन्धी काम अगाडी बढाउँदा प्रतिनिधि सभा विघटन सम्बन्धी सर्वोच्च अदालतमा विचाराधिन रहेको मुद्दामा प्रभाव पार्ने भएकाले निर्वाचन प्रक्रियाका काम रोक्न माग गरेको हो । सर्वोच्च अदालतको अन्तिम फैसला नआउञ्जेल निर्वाचन प्रक्रियाका कार्यक्रम रोक्न माग गरिएको नेकपाका नेता लिलामणि पोखरेलले बताउनुभयो । साथै निर्वाचन आयोगमा रहेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सँग सम्बन्धित कागजातहरुको प्रतिलिपि पनि माग गरिएको नेता पोखरेलले बताउनुभयो । निर्वाचन आयोगले निर्वाचन घोषणा भइसकेपछि मतदाता नामावली थपघट रोक्ने र स्थायी प्रकृतिको काम, मतदान केन्द्रहरु टुंगो लगाउने प्रारम्भिक काम मात्रै गरिएको, अन्य काममा प्रवेश नगरेको स्पष्ट पारेको नेता पोखरेलले बताउनुभयो ।

सम्बन्धित सामग्री

काठमाडौंमा जारी एनआरएनएको ११औं महाधिवेशन स्थगित् गर्न दीपेश खत्रीको माग

काठमाडौं, १ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सदस्य दिपेश खत्रीले एनआरएनएको जारी महाधिवेशन र निर्वाचन प्रक्रिया रोक्न माग गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले कुन एनआरएनए वैधानिक हो भन्ने विषयको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अहिलेको निर्वाचन रोकिनुपर्ने बताएका हुन् । अहिले दुईवटा एनआरएनए रहेको र त्यसका […]

फुटको संघारमा गैरआवासीय नेपाली संघ

बुधबार बसेको कार्यसमिति वैठकले निर्वाचन प्रक्रिया रोक्न माग गरिरहेका अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा र जापानका निर्वाचित कार्यसमितिलाई भंग गरी नयाँ कार्यसमिति गठन गर्ने निर्णय गरेपछि झन् विवाद बढेको छ ।

किसानका माग सम्बोधन नभए निर्वाचन रोक्ने जनमत पार्टीको चेतावनी

सप्तरी, राजविराज । सिके राउत नेतृत्वको जनमत पार्टीले किसानसंग सम्बन्धित तथा निर्वाचन प्रक्रियामा सुधार सहितको पाँच बुंदे माग अघि सार्दै मंगलवार यहाँस्थित जिल्ला निर्वाचन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय, निर्वाचन आयोगको कार्यालय र मन्त्री परिषद्को कार्यालयलाई बोधार्थ दिइएको सो ज्ञापन पत्रमार्फत माग पुरा नगरी निर्वाचन प्रक्रिया अघि बढाइए सो प्रक्रिया रोक्न […] The post किसानका माग सम्बोधन नभए निर्वाचन रोक्ने जनमत पार्टीको चेतावनी appeared first on राजधानी राष्ट्रिय दैनिक.