दक्षिण कोरिया जानेहरुको लागि कोरोना विरुद्धको जोनसन एण्ड जोनसन खोप लगाइँदै

काठमाण्डौ – रोजगारी तथा अन्य काममा दक्षिण कोरिया जानेहरुको लागि कोरोना विरुद्धको जोनसन एण्ड जोनसन खोप दिन थालिएको छ । काठमाण्डौको महाराजगञ्जमा रहेको नेपाल प्रहरी अस्पताल र सैनिक अस्पताल छाउनीमा कोरिया जानेहरुलाई खोप दिन सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप लगाउन जाँदा अनिवार्य मास्क र भौतिक दुरी कायम गर्न भनिएको छ । यस्तै कोरियन भाषा परीक्षा उत्तिर्ण गरेको प्रमाण तथा कोरिया जान लागेको भनेर जनाउने कुनै पनि कागजात साथमा लिनुपर्ने हुन्छ । दक्षिण कोरियाले भने कोरोनाको जोखिममा रहेका नेपाल लगायत क...

सम्बन्धित सामग्री

जर्मनीले दियो नेपाललाई ४१ लाख ४२ हजार बढी डोज कोरोना खोप

१ पुस, काठमाडौं । जर्मनीले नेपाललाई कोभ्याक्स सुविधा अन्तर्गत कोभिड–१९ विरुद्धको ४१ लाख ४२ हजारभन्दा बढी डोज खोप उपलब्ध गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ लाख ६५ हजार ६ सय डोज मोडेर्ना र २१ लाख ७६ हजार ६५० डोज जोनसन एण्ड जोनसन खोप गरी कुल ४१ लाख ४२ हजार २५० डोज खोप […]

बागमतीमा १८ लाखले लगाए कोरोना विरुद्धको खोप

बागमती प्रदेशमा हालसम्म १८ लाख ७० हजार ७०० भन्दा बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ३२ प्रतिशतले कोरोनाविरुद्ध खोप लगाएको बताइएको छ । प्रदेशमा तीन लाख ४७ हजार १०१ ले कोभिसिल्ड, ११ लाख ७६ हजार २०४ ले भेरोसेल तथा तीन लाख ४७ हजार ४१४ ले जोनसन एण्ड जोनसन खोप लगाएको जानकारी दिइएको छ । प्रदेशमा १८ वर्र्षभन्दा माथिका ३२ लाख ७८ हजार १७७ ले कोरोनाविरुद्ध हालसम्म खोप लगाउन सकेका छैनन् । बागमती प्रदेशमा २५ लाख ३८ हजार २२५ को

संरक्षण गृहमा रहेका बृद्धबृद्धालाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

मोरङ– प्रदेश सरकारले कोरोना भाइरसविरुद्धको खोप विभिन्न संरक्षण गृहमा आश्रित बृद्धबद्धालाई लगाउन सुरु गरेको छ। बिहीबार विराटनगरस्थित मानव सेवा आश्रममा सामाजिक विकास मन्त्री उषाकला राईले बृद्धबृद्धा तथा कार्यरत कर्मचारीलाई अमेरिकाको जोनसन एण्ड जोनसन खोप अभियानको सुरुआत गरेकी हुन्। महानगरपालिका वडा १० र ३ स्थित आश्रममा रहेका बृद्धबृद्धालाई खोप लगाउने क्रममा मन्त्री राईले संरक्षण गृहमा आश्रितसँगै […]

धरानमा पहिलो दिन जोनसन एण्ड जोनसन खोप १ हजार ८ जनाले लगाए

धरान- धरानमा कोरोना विरुद्धको अमेरिकी खोप जोनसन एण्ड जोनसन १ हजार ८ जनाले लगाएका छन् । उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार आज पहिलो दिन कोरोना विरुद्धको जोनसन एण्ड जोनसन खोप ५०७ जना पुरुष र ५०१ जना महिलाले लगाएका हुन् । बुधबार वडा नं. २ को सिंहदेवीस्थित पुरानो बालिका स्कुलमा १२०, वडा नं. ३ को भानु स्मृति […]

ललितपुर महानगरमा ४५ वर्षभन्दा माथिकालाई कोरोनाविरुद्धको खोप लगाइँदै

काठमाण्डाै - ललितपुर महानगरपालिकाले आज, भोलि र पर्सि ४५ वर्षभन्दा माथिका नागरिकलाई खोप लगाउने भएको छ ।  कोरोना विरुद्धको भेरोसेल खाेपकाे पहिलो मात्रा लगाउने कार्यक्रम रहेको महानगरपालिकाले जनाएको छ । ४५ वर्षभन्दा माथिका व्यक्तिका लागि महानगरपालिकाका २९ वडाहरुमा सञ्चालन खोप कार्यक्रम हुनेछ ।  साथै १८ गते जोनसन एण्ड जोनसन खोप लगाउने कार्यक्रम पनि सञ्चालन हुन गइरहेको र त्यसको विस्तृत कार्यक्रमपछि सार्वजनिक गरिने महानगरपालिकाले जनाएकाे छ।

कोरोना खोप लगाएको सवा दुई घण्टाको अन्तरालमा एक वृद्धको मृत्यु

८ साउन, काठमाडौं । धादिङमा कोभिड-१९ विरुद्धको जोनसन एण्ड जोनसन खोप लगाएका एक वृद्धको मृत्यु भएको छ । यद्यपि उनको मृत्युको कारण भने खुल्न सकेको छैन । धादिङको निलकण्ठ नगरपालिका–६ का ७८ वर्षीय वृद्धको खोप लगाएको झण्डै सवा २ घण्टा पछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङका स्वास्थ्य प्रमुख डा. भुवन पौडेलले जानकारी दिए । […]