अर्थ मन्त्री महतलाई शेयर बजारको रातो झण्डा, २० अङ्कले घटेर १९ सय विन्दुभन्दा तल

काठमाण्डाै – हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार दोहोरो अङ्कले घटेको छ । नयाँ अर्थ मन्त्री डाक्टर प्रकाशशरण महतले जिम्मेवारी सम्हालेपछि खुलेको पहिलो कारोबारमा बजार घटेर राताम्मे भएको हो । शेयर बजार परिसूचक नेप्से आज आइतवार २० अङ्कले घटेर एक हजार आठ सय ८८ दशमलव ५५ विन्दुमा झरेको छ । आज दुई सय ६० वटा कम्पनीका ३७ लाख ८७ हजार कित्ता शेयर एक अर्ब २० करोड ७१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको पाँच करोड रुपैयाँको शेयर किनबेच भयो । आज सबै समूहकाे शेयर घटेकाेमा व्यापार, बीमा,...

सम्बन्धित सामग्री

मन्त्रीका कारण शेयर बजार घटबढ हुँदैन - जनार्दन शर्मा

काठमाण्डाै – अर्थ मन्त्री जनार्दन शर्माले शेयर कारोबारमा संलग्न लगानीकर्ताको हितलाई रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । आज मङ्गलवार अर्थ मन्त्रालयमा नेपाल धिताेपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानामाथि जाँचबुझ गर्न गठित समितिको प्रतिवेदन बुझ्दै अर्थ मन्त्री शर्माले शेयर कारोबारमा ठूलो सङ्ख्यामा नागरिक सहभागी भइरहेको भन्दै शेयर कारोबारमा आउने सर्वसाधारणको हितको रक्षा गर्नु सरकारको दायित्व भएको बताउनुभएको हो ।उहाँले मन्त्रीका कारणले शेयर बजार घटबढ नहुने बताउनुभएको छ । शेयर बजार आफ्नै नियम र पद्ध...

‘अर्थ मन्त्री बाहिरिने हल्लाले नेप्से बढेको हैन, सबैतिर सुधार भएको हो’

काठमाण्डौ – पछिल्ला केही दिनयता शेयर बजार लगातार उकालो लागिरहेको छ । कारोबार रकमले पनि इतिहास रच्दै गएको छ । गएको आइतबार शेयर बजार परिसूचक नेप्से २६ महिनाकै उच्च बिन्दु अर्थात् १५ सय ४ अङ्कमा पुग्यो, तीन अर्ब ६० करोड रुपैयाँको कारोबार भएर एकै दिन धेरै कारोबार हुने इतिहास पनि बन्यो । सोमबार नेप्से सामान्य घट्यो तर क...