यस्ता छन् जसपाका उम्मेदवार (सूची)

जनता समाजवादी पार्टी (जसपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुङ्गो लगाएको छ ।     नेकपा (एमाले)सँग तालमेल गरेको जसपाले आज पार्टीकातर्फबाट उम्मेदवारको टुङ्गो लगाएको हो । जसपाका प्रवक्ता मनिष कर्णका अनुसार तराईका सङ्घीय परिषद् अध्यक्ष अशोक राई सुनसरी निर्वाचन क्षेत्र १ बाट उम्मेदवार बन्ने भएका छन् । पूर्वमन्त्री रेणु यादव मधेस प्रदेशसभाको उम्मेदवारका लागि सिफारिस गरिएको छ । उनी सिरहा–३ ख बाट प्रदेशसभा उम्मेदवार

सम्बन्धित सामग्री

एमाले–माओवादी गठबन्धनको सरकारमा सहभागी हुन जसपाले राख्यो तीन सर्त

काठमाडौं । एमाले–माओवादी केन्द्र गठबन्धनको सरकारमा संलग्न हुन जसपाले तीन सर्त अगाडि सारेको छ । जनता समाजवादी पार्टी (जसपा)को राजनीतिक समितिको बैठकले सरकारमा संलग्न हुन तीन सर्त अगाडि सारेको हो । यस्ता छन् जसपाका सर्त : पहिलो, संघीयता विरोधी, गणतन्त्र विरोधी, धर्मनिरपेक्षतालाई अस्विकार गर्ने, राजनीतिकविचार र सिद्दान्त प्रष्ट नभएका दलसमेत सत्ता साझेदार रहेको अहिलेको अवस्थामा […]

जसपाका तटस्थलाई फकाउँदै बाबुराम

जनता समाजवादी पार्टी नेपालको पछिल्लो विवादमा तटस्थ बसेका सांसद तथा केन्द्रीय सदस्यहरुलाई जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले फकाउने अभियान सुरु गरेका हुन् । जसपाको आन्तरिक विवादका कारण बाबुराम र उपेन्द्र पक्षको छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक जारी रहेको छ । काठमाडौँको जडीबुटीमा बाबुराम पक्षको बैठक चलिरहेको छ भने मधेस प्रदेशको वीरगञ्जमा उपेन्द्र यादव पक्षको बैठक बसिरहेको छ । दुवै बैठकमा केन्द्रीय सदस्य तथा सांसदहरु बाँडिएका छन् । तर कतिपय यस्ता सांसद तथा केन्द्रीय सदस्यहरु प

उपेन्द्रसँग छुट्टिएपछि बाबुरामले के गर्लान् ? यस्ता छन् तीन विकल्प

जसपाका अध्यक्ष उपेन्द्र यादवसँग सहमतिमा छुट्टिने प्रस्ताव गरेका डा. बाबुराम भट्टराईसँग तत्काल तीन विकल्प देखिएका छन् । एक- कम्युनिस्ट घटकसँग मिलेर समाजवादी केन्द्र बनाउने, दुई- वैकल्पिक भनिएका शक्तिहरूसँग सहकार्य गर्ने र तीन- आफ्नो छुट्टै पार्टी बनाउने ।

यस्ता छन् जसपाका मन्त्री : तीन मधेसी, एक जनजाति

जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा चार जना मन्त्री पठाएको छ । काठमाडौंका सांसद राजेन्द्रप्रसाद श्रेष्ठको नेतृत्वमा रेणुकुमारी यादव, रामसहाय प्रसाद यादव र महिन्द्र राय यादवलाई जसपाले सरकारमा पठाइएको छ । राजेन्द्र, महिन्द्र र रेणुकुमारी यसअघि पनि मन्त्री भएका थिए भने रामसहाय प्रसाद पहिलोपटक मन्त्री बनेका हुन् । मन्त्री छान्नका लागि निकै लामो सकसमा परेको जसपाले अन्तत  एकजना आदिवासी जनजाति र तीनजना मधेसी समुदायका नेताहरुलाई प्राथमिकता दिएको छ, जस

यस्ता छन् संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमका प्राथमिकता

गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएको छ । सिंहदरबारमा आयोजित कार्यक्रममा गठबन्धनका नेताहरू प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई तथा जसपाका उपाध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् । न्यूनतम साझा कार्यक्रम काँग्रेसका नेता तथा गठबन्धन कार्यदलका संयोजक पूर्णबहादुर खड्काले पढेर सुनाएका थिए । साझा कार्यक्रमका प्राथमिकता कोभिड १९ को महामारीमा नागरिकको

यस्ता छन् महन्थ ठाकुरलाई उपेन्द्रको ९ प्रश्न

काठमाडौं। जसपाका अध्यक्ष उपेन्द्र यादवले स्पष्टीकरण सोध्दै अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्रीको असंवैधानिक कदमलाई किन साथ दिएको,गुटबन्दीपूर्ण क्रियाकलाप किन गरेको,छुट्टै कार्यालय किन सञ्चालन गरेको,पार्टीको निर्णयबिना राष्ट्रपति,निर्वाचन आयोग र संसद सचिवालयमा किन पत्र लेखेको,८बुँदे सहमतिको पालना नगरेको,राजेन्द्र महतोलाई के आधारमा दलको नेता चयन गरेको, पार्टीलाई पकेट किन बनाएको,वार्ता कार्यदलमा पार्टीको निर्णयबिना लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई किन पठाएको भनी प्रश्न गरेका छन्।

प्रधानमन्त्रीको शपथ बदर गर्नुपर्नेसहित जसपाका तीन माग

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष तीनवटा माग राखेको छ । अध्यक्ष उपेन्द्र यादवले आज एक विज्ञप्ति जारी गर्दै शपथग्रहणमा भएको गल्ती सच्च्याउन, कोरोना नियन्त्रण प्रभावकारी बनाउन, राजदूत नियुक्ति संविधान बमोजिम समावेशी समानुपातिक सिद्धान्त अनुसार बनाउन माग गरेका हुन् । यस्ता छन् जसपाको माग : प्रधानमन्त्रीले वैशाख ३१...